NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ? बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले बुधबार साउन २८ , २०८२
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ बुधबार साउन २८ , २०८२
Next
Prev

समाचार

ट्रम्पले मरुभूमिमा पुटिन भेट्ने, साथी दुश्मन बन्दा दुश्मन साथी बने

शुक्रबार फाल्गुन २ , २०८१
Reading Time: 1 min read
A A
ट्रम्पले मरुभूमिमा पुटिन भेट्ने, साथी दुश्मन बन्दा दुश्मन साथी बने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ फागुन , विराटनगर।

महिनौँदेखि युरोपेली र युक्रेनीहरूले शान्तिको कामना गरिरहेका बेला युक्रेनमा शान्ति पुनर्बहाली हुने संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हाल्नासाथ युक्रेन युद्ध अन्त्य गर्ने प्रतिवद्धता जनाएका थिए, र हालै उनले युक्रेनका लागि शान्ति योजना अघि सारेका छन्।

तर, उनले अचानक घोषणा गरेको यो योजनाका कारण युक्रेनका मित्रराष्ट्रहरू भने अक्क न बक्क परेका छन्। अमेरिकाले हालसम्म युक्रेनलाई ३ खर्ब डलरभन्दा बढीको मद्दत दिइसकेको छ। तर युरोपेली नेताहरूले ट्रम्पको सत्तारोहणसँगै अमेरिकाले ‘शान्तिवार्ता अघि नै रुसका सामु हतियार विसाएको’ आरोप लगाएका छन्।

हालका घटनाक्रमले संकेत गरेको छ कि यो युद्धबाट अमेरिका र रुसलाई फाइदा हुने देखिन्छ, जबकि युक्रेनले ठूलो मूल्य चुकाउनुपर्नेछ। अमेरिकाले क्राइमियासहितको भूभाग युक्रेनलाई फिर्ता दिलाउने सम्भावना असम्भव रहेको बताएको छ।

ट्रम्पले भनेका छन् कि यदि अमेरिकाले युक्रेनलाई आफ्नो भूभाग फिर्ता दिलाउने प्रतिबद्धता जनाएको खण्डमा युद्ध झन् चर्किन सक्छ। त्यसैले अब यो ‘बेकारको युद्ध’ अन्त्य गर्ने बेला आएको उनको भनाइ छ।

पछिल्लो समय ट्रम्प युक्रेनी राष्ट्रपति तथा उनका समर्थक राष्ट्रहरूको तुलनामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नजिकिएका छन्। ट्रम्प र पुटिनबीच लामो टेलिफोन संवाद भइसकेको छ, र उनीहरूले साउदी अरेबियामा प्रत्यक्ष वार्ता गर्ने तय भएको छ।

त्यस्तै, अमेरिकासँग वार्ताका लागि रुसले पनि वार्ता टोली गठन गर्ने तयारी गरिरहेको छ। पुटिन पछिल्लो पटक संयुक्त राष्ट्रसंघको वार्तामा भाग लिन २०१५ मा अमेरिका गएका थिए । ट्रम्पले साउदी अरबमा पुटिनसँग छिट्टै भेट हुन सक्ने संकेत दिएका छन् तर कुनै औपचारिक निर्णय नभएको स्पष्ट गरेका छन् ।

’हामी सम्भवतः साउदी अरबमा पहिलो बैठक गर्ने सोच्दैछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । ट्रम्पले साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले छलफलमा भूमिका खेल्न सक्ने जनाउँदै भने, ’हामी क्राउन प्रिन्सलाई राम्रोसँग चिन्छौं । त्यो ठाउँ उपयुक्त हुने मेरो ठहर छ ।’

बैठकको मिति तय नभएको भए पनि ट्रम्पले यसलाई धेरै टाढा नभएको संकेत दिए । तर ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की उक्त बैठकमा उपस्थित नहुने संकेत गरेका छन् । ’सम्भवतः हामी पहिलो बैठक बस्नेछौं र त्यसपछि दोस्रो बैठकबारे विचार गर्नेछौं ।

त्यसपछि म युक्रेन जानेबारे सोच्नेछु, कुनै समस्या छैन,’ उनले भनेका छन् । युक्रेन युद्ध सकिएमा युक्रेनले आफ्नो पाँचमध्ये एक भाग गुमाउने आकलन गरिएको छ। साथै, अमेरिकासँग लिएको ३ खर्ब डलरको ऋण चुक्ता गर्न उसले आफ्नो प्राकृतिक तथा खनिज स्रोतहरू सुम्पनु पर्नेछ।

हालसम्म युक्रेनका खनिज स्रोतहरूमध्ये करिब ४० प्रतिशत भूभाग रुसी नियन्त्रणमा पुगेको अनुमान गरिएको छ। बाँकी खनिज भण्डारमा अब अमेरिकाले आफ्नो दाबी राखेको छ। यसै विषयमा छलफल गर्न अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट बुधबार युक्रेनी राजधानी कीभ पुगेका छन्।

ट्रम्प प्रशासनले युक्रेनलाई दुर्लभ भू–खनिज (रेयर अर्थ मेटल) आपूर्ति गर्नुपर्ने दबाब दिइरहेको छ। ट्रम्पले सत्तामा आएको एक महिना नपुग्दै रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन संवाद गरिसकेका छन्।

अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले नेटो मुख्यालयमा भएको बैठकमा अमेरिकाको आधिकारिक धारणा स्पष्ट पार्दै क्राइमिया र पूर्वी युक्रेनी भूभाग फिर्ता ल्याउने सम्भावना कमजोर रहेको बताएका छन्। उनले भनेका छन्, “सन् २०१४ अघिको स्थितिमा युक्रेन फर्कन सक्दैन।“

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन देर लेयनले यसबारे कुनै प्रतिक्रिया दिएकी छैनन्, तर युरोपेली संघका कूटनीतिज्ञ काजा कालासले भने, “कुनै पनि वार्तामा युरोपको केन्द्रीय भूमिका रहनुपर्छ।“ उनले युक्रेनको स्वतन्त्रता र सार्वभौमिकता निःशर्त रहेको र युरोपेली संघको मूल प्राथमिकता युक्रेनलाई बलियो बनाउनु रहेको स्पष्ट पारे।

ट्रम्पको शान्ति योजनामा युक्रेनलाई पछि मात्रै समावेश गरिएको भन्दै युरोपेली राष्ट्रहरू असन्तुष्ट देखिन्छन्। युक्रेनका मित्रराष्ट्रहरूले ट्रम्पको यो रवैया ठाडै अस्वीकार गर्ने सम्भावना छ। नेटो बैठकपछि अमेरिकी रक्षा सचिव हेग्सेथले मस्को र कीभको चाहना बाहिरका शक्तिहरू पनि शान्तिवार्तामा संलग्न हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

तर नेटो महासचिव मार्क रुटले भने, “पुटिनको युक्रेनी भूमि हडप्ने योजना सफल हुन दिनुहुँदैन।“ क्राइमियामाथि एकतर्फी कब्जा जमाएको आठ वर्षपछि २०२२ मा रुसले व्यापक युक्रेनी भूभाग कब्जा गर्ने प्रयास गरेको थियो।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्रम्प–पुटिन वार्ताबारे कडा प्रतिक्रिया दिंदै आफूलाई सहभागी नगराए कुनै पनि सम्झौता अस्वीकार गर्ने बताएका छन्। यसैबीच, ट्रम्पले एकतर्फी ट्यारिफ लगाएर युरोपेली साझेदारहरूलाई चिढ्याउँदै भारतलाई भने आफ्नो पक्षमा ल्याउन खोजेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा ट्रम्पले उनको प्रशंसा गर्दै भनेका छन्, “हाम्रा सहयोगी राष्ट्रहरू हाम्रो शत्रुभन्दा पनि खराब छन्।“ ट्रम्पको यो भनाइ मुख्य रूपमा युरोपेली राष्ट्रहरूलाई लक्षित गरेको विश्लेषण गरिएको छ।

मोदीले युक्रेन युद्धमा भारत तटस्थ रहनुपर्ने भनाइलाई गलत ठहर गर्दै भने, “भारत शान्तिको पक्षमा छ। हामी दुवै पक्ष (रुस र युक्रेन) सँग वार्ता गर्नुपर्ने निष्कर्षमा पुगेका छौँ।“ मोदीले रुस–युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको प्रयासको प्रशंसा गरे।

ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग आफ्नो फोन संवाद भएको खुलासा गर्दै युक्रेनमा युद्ध अन्त्य हुनसक्ने आशा व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ अकाउन्टमा लेखेका छन्, “रुस र युक्रेनसँग उत्कृष्ट वार्ता भएको छ। युद्ध अन्त्य हुने सम्भावना धेरै छ।“

तर, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने युक्रेनबारे हुने कुनै पनि सम्झौतामा आफूलाई समावेश नगरिए त्यसलाई अस्वीकार गर्ने बताएका छन्। ट्रम्पको युरोपप्रति कडा नीति, पुटिनसँगको सम्बन्ध सुधार्ने चाहना, तथा भारतसँगको साझेदारी विस्तार गर्ने प्रयासले अमेरिका र युरोपबीचको दूरी बढाउँदै लगेको देखिन्छ। यसमा तपाईको टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

Tags: #ट्रम्पले गरे युरोपलाई बाइपास#ट्रम्पले मरुभूमिमा पुटिन भेट्ने#युक्रेनको खजानामा गिद्दे दृष्टि

लोकप्रीय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२

विचार

थप समाचार

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी
अन्तर्राष्ट्रिय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो
ताजा समाचार

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले
ताजा समाचार

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

बुधबार साउन २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

बुधबार साउन २८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२

हालका पोस्टहरू

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.