NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा शनिबार साउन ३१ , २०८२
मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर शनिबार साउन ३१ , २०८२
काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ शनिबार साउन ३१ , २०८२
झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ शनिबार साउन ३१ , २०८२
सर्लाहीमा गोली हानेर शिक्षकको हत्या शनिबार साउन ३१ , २०८२
Next
Prev

समाचार

मस्कटमा समकक्षीहरुसंग आरजु व्यस्त, जयशंकरसंग भेट

सोमवार फाल्गुन ५ , २०८१
Reading Time: 1 min read
A A
मस्कटमा समकक्षीहरुसंग आरजु व्यस्त, जयशंकरसंग भेट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

५ फागुन , काठमाण्डौ।

ओमान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा त्यहाँ विभिन्न देशका समकक्षीहरुको भेटघाटमा व्यस्त रहेकी छन् । सोहीक्रममा उनले भारत, भुटान, कतार लगायतका समकक्षीहरुसंग भेटवार्ता गरेकी छन् ।

आइतबार राणासँग भारतीय समकक्षी एस. जयशंकर र भुटानी विदेशमन्त्री डीएन ढुंगेलको भेट भएको हो । डेलिगेसन तहमा ओमानको राजधानी मस्कटमा भएको जयशंकरसँगको भेटमा नेपाल–भारत सम्बन्ध, जलश्रोत, व्यापार र पारवहनबारे छलफल भएको बताइएको छ ।

मस्कटमा भएको द्विपक्षीय भेटवार्तामा हालै काठमाडौँमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँ दिल्लीमा भएको उर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा पनि उनीहरुबीच कुराकानी भएको थियो ।

भेटमा मन्त्री डा देउवाले भारतसँग भएको उर्जा व्यापारसम्बन्धी सम्झौताले नेपालबाट भारत तथा भारत भएर बंगलादेश विद्युत निर्यात प्रवद्र्धनमा सहयोग पुर्याएको भन्दै भारत सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

पछिल्लो समयमा दुई देशका बीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएको प्रगतिका बारेमा उनीहरुबीच कुराकानी भएको थियो । भेटमा क्रस बोर्डर विद्युत व्यापार निर्माणको मोडालिटीका विषयमा भएको प्रगतिका बारेमा पनि कुराकानी भएको थियो ।

साथै नेपाल भारत बीचको व्यापार सन्धीको पुनरावलोकन, जनवरीमा काठमाडौँमा भएको नेपाल भारत इन्टर गभर्मेन्टल कमिटी बैठकमा धेरै क्षेत्रमा भएका उत्पादनमूलक छलफल र निर्णयका साथै धम्रा र मुन्द्रा थप बन्दरगाहको सञ्चालनका विषयमा पनि कुराकानी भएको थियो ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासँग सम्बन्धित प्रमुख प्राविधिक समस्याहरु समाधान भइसकेको तथा हालै भएको दुवै देशको मन्त्रीस्तरीय बैठकबाट यसलाई सकारात्मक रुपमा अघि बढाउने समझ्दारी भएको विषयमा उनीहरुबीच छलफल भएको थियो ।

आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहँदा भुटानी समकक्षीसँग पनि राणाले दुई देशको हितबारे छलफल भएको सामाजिक सञ्जालमा लेखेकी छन् । यसअघि राणाले आइतबार नै कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुरैखीसँगको भेटमा हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी थिइन्।

यस्तै आइतबार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री देउवाले ग्लोबल–साउथले बहुसङ्ख्यक मानवताको प्रतिनिधित्व गर्ने भएकाले यस क्षेत्रका बिचमा कनेक्टिभिटी सहितको सामूहिक सहकार्य आवश्यक रहेको बताएकी छन् ।

उक्त सम्मेलनको मुख्य विषयवस्तु ‘समुद्री साझेदारीको नयाँ क्षितिजको यात्रा’ खासगरी नेपालजस्ता भूपरिवेष्टित देशका लागि विशेष महत्वको रहेको उल्लेख गर्दै यसबाट हुने सामुद्रिक साझेदारीले कनेक्टिभिटी बढाउने र यसका माध्यमबाट मानवताको समावेशी र दिगो विकासका लागि माध्यम बन्ने उनले बताइन् ।

मन्त्री डा.देउवाले ग्लोबल साउथको पूर्ण सम्भावनालाई उजागर गर्न यस क्षेत्रले दक्षिण–दक्षिण सहयोग सुधारका लागि आवश्यक नीतिहरूको समीक्षा गर्दै क्षेत्रीय एकीकरणलाई सुदृढ पार्ने र पारस्परिक सहयोगलाई बढवा दिने कामलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन् ।

त्यसैगरी सडक, हवाई तथा समुद्र मार्फत क्षेत्रीय कनेक्टिभिटी बढाउने र आपसी ज्ञान, सीप र प्रविधिको हस्तान्तरण मार्फत क्षमता विकासको कामलाई सामूहिक रूपमा अघि बढाउने काम गर्नुपर्नेमा पनि उनको जोड थियो ।

असमानता, गरिबी, बढ्दो ऋण सङ्कट, द्वन्द्व, डिजिटल विभाजन एवं जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरूको सामना गर्न यस क्षेत्रमा सामूहिक सङ्कल्पका साथ दक्षिण–दक्षिण सहयोग र सहकार्य आवश्यक रहेको उनले बताइन् ।

उनले कम विकसित, भूपरिवेष्टित र साना टापु देशहरूमा उपलब्ध सीमित स्रोत र क्षमताको दबाब रहेकोले यसलाई पार लगाई बलियो भविष्य निर्माणका लागि सामूहिक सहकार्य आवश्यक रहेकोमा जोड दिँदै यसले सीमा पार तथा अन्तर्देशीय भौगोलिक क्षेत्रमा पर्न सक्ने चुनौतीहरूको सामना गर्न सहयोग पुग्ने धारणा राखिन् ।

यसैबीच यता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज बैंकक प्रस्थान गरेकी छन् । निजी भ्रमणका लागि जान लागेकी भण्डारीलाई विदाइ गर्न एमाले नेताहरू विमानस्थल पुगेका थिए ।

भण्डारीलाई विदाइ गर्न एमाले स्थायी समिति सदस्य भानुभक्त ढकाल, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, एमाले कार्यालय सचिव डा. भीष्मराज अधिकारीलगायत एमाले नेताहरू विमानस्थल पुगेका थिए ।

त्यस्तै, अनेरास्ववियुका अध्यक्ष समिक बडाल पनि उनलाई विदाइ गर्न विमानस्थल पुगेका थिए ।

Tags: #परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा#बैंकक उडिन् विद्या भण्डारी#मस्कटमा समकक्षीहरुसंग आरजु व्यस्त

लोकप्रीय

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२

विचार

थप समाचार

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा
अन्तर्राष्ट्रिय

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
ताजा समाचार

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ
अपराध

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी
अपराध

झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ

शनिबार साउन ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

00:16:16

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.