NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी मङ्लबार कार्तिक ४ , २०८२
गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी मङ्लबार कार्तिक ४ , २०८२
चीनलाई १५५% ट्यारिफ लगाउने ट्रम्पको ध म्की मङ्लबार कार्तिक ४ , २०८२
Next
Prev

समाचार

KIIT ले लखेटेका नेपाली विद्यार्थीलाई होस्टल फर्काउन तयार

मङ्लबार फाल्गुन ६ , २०८१
Reading Time: 1 min read
A A
भारतमा बी–टेक पढिरहेकी नेपाली छात्रा मृत फेला
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ फागुन ,  एजेन्सी ।

चौतर्फी विरोध र नेपाल सरकारको कुटनीतिक पहलपछि अन्ततः भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) ले नेपाली विद्यार्थीलाई होस्टलमा फर्काउन राजी भएको छ । केआइआइटीले विरोध प्रदर्शन गरेको भन्दै करिब १ हजारको संख्यामा रहेका नेपाली विद्यार्थीहरुलाई जबर्जस्ती लखेटेको थियो ।

उसले नेपाली विद्यार्थीहरुलाई अनिश्चितकालका लागि निलम्बित गरेको भन्दै नेपाल फर्किन आफैले गाडीमा हालेर रेलवे स्टेसनसम्म छाडेको थियो । तर नेपाली दूतावासहित प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासोकाबीच विश्वविद्यालयमाथि दबाब परेपछि नेपाली विद्यार्थीलाई फर्किन भनिएको हो ।

LS Auto

सोमबार रेलवे स्टेसनमा अलपत्र छाडिएका नेपाली विद्यार्थीलाई लिन साँझ भारतीय प्रहरी नै पुगेका थिए । विद्यार्थीमाथि ज्यादती गरिएको भन्दै चौतर्फी आलोचना भएपछि फर्काउन पहल गरिएको हो । सो कलेजमा अध्ययनरत छात्रा प्रकृति लम्साल मृत भेटिएपछि तनाव सुरू भएको थियो ।

घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै प्रदर्शनरत नेपाली विद्यार्थीहरू जबरजस्ती होस्टलबाट निकालिएका हुन् । नेपालतर्फको पहलपछि कलेजले विद्यार्थीलाई होस्टेलमा फर्काउन सहमति जनाएको छ ।

उक्त सहमतिपछि ओडिशाको बलेश्वरस्थित ट्रेन स्टेशनमा नेपाल फर्किन लागेका विद्यार्थीहरूलाई प्रहरीले होस्टल फर्कन दबाब दिएको केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थीहरुले बताएका छन् ।

सार्वजनिक सूचनाअनुसार केआइआइटीमा हाल एक हजारभन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत छन् । सोमबार दिउँसो विश्वविद्यालय प्रशासनले दबाब दिएसँगै नेपाली विद्यार्थीहरू नेपाल फर्किन वा अन्यत्र सर्न बाध्य भएका थिए ।

हाल केही विद्यार्थीहरू आफ्नै पहलमा नेपाल फर्किन लागेका छन् भने केही विद्यार्थीले भारतमै विश्वविद्यालय बाहिर विभिन्न होटलहरुमा आश्रय लिइरहेका छन् । सोमबार राती ११ बजे बलेश्वरमार्फत नेपालको यात्रा तय गर्न लागेका विद्यार्थीहरूलाई भारतीय प्रहरीले होस्टेल होस्टलको फर्कन जोडबल गरेपनि अवस्था शान्त नभएसम्म आफूहरुलाई होस्टल फर्किन त्रास भएको नेपाली विद्यार्थीहरुले बताएका छन् ।

उता केआइआइटीले भने सोमबार दिउँसो नै नेपाली विद्यार्थी होस्टल फर्किन सक्ने सूचना जारी गरेको थियो । यस घटनामा काठमाडौंस्थित भारतीय राजदूतावासले पनि नेपाली विद्यार्थीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

एक विज्ञप्ती जारी गर्दै दूतावासले भनेकोछ , यस कठिन समयमा दिवंगतका परिवारजनप्रति राजदूतावास हार्दिक समवेदना व्यक्त गर्दछ । राजदूतावास केआइआइटीका अधिकारीहरू तथा ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ ।

स्थानीय प्रशासनले यस दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान सुरू गरिसकेको जानकारी प्राप्त भएको छ । केआइआइटीले नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्कन, कक्षाहरू पुनः सुरु गर्न तथा छात्रावासमा बस्न अपिल गरेको छ ।

साथै, संस्थानले विद्यार्थीहरूको शैक्षिक क्षतिलाई सम्बोधन गर्ने आश्वासन दिएको छ । भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू नेपाल–भारतबीचको प्रगाढ जनस्तरीय सम्बन्धको एक महत्वपूर्ण पक्ष हुन् ।

भारत सरकार नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि आवश्यक सम्पूर्ण कदम उठाउने प्रतिबद्धता व्यक्त गर्दछ, भारतीय दूतावासले भनेको छ । यसअघि सोमबार भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले पनि नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो ।

दूतावासले सो इन्स्टिच्युटमा विकसित घटनाक्रमका सम्बन्धमा उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको सूचनाप्राप्त हुनासाथ संस्थाका रजिस्ट्रारलगायत प्रतिनिधिसँग छलफल गर्दै सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको दूतावासले जनाएको थियो ।

उक्त संस्थामा रहेका नेपाली विद्यार्थीहरूको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत दूतावासले अनुरोध गरेको छ । ’यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाइ कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी गराएको छ,’ दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, उक्त शैक्षिक संस्थाकी विद्यार्थी प्रकृति लम्सालको मृत्यु सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धानको विषयलाई संस्थाले गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको छ । ’यस घटनाका सम्बन्धमा राजदूतावासले नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको छ ।

प्रभावित नेपाली विद्यार्थी एवं अभिभावकले केही समस्या भएमा राजदूतावाससँग सम्पर्क राख्न सक्नुहुनेछ,’ विज्ञप्तिमा भनिएको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक संजालमा पोस्ट गर्दै जानकारी दिएका थिए कि भारतमा नेपाली दूतावासका २ अधिकारीहरुलाई नेपाली विद्यार्थीहरुको सहयोगका लागि ओडिशा पठाइएको छ ।

साथै उनले भनेका छन, विद्यार्थीहरुसंग उनीहरुको प्राथमिकता अनुसारका विकल्प छन्, जसमा उनीहरुले होस्टलमै रहन वा घर फर्किन सक्नेछन् । यस्तै परराष्ट्रमन्त्री डा. आरजÞू राणा देउबाले पनि यो मामिलामा कूटनीतिक पहल भइरहेको जानकारी दिएकी छन् ।

यसबीच यो घटनामा अनुसन्धान गर्न अखिल भारतीय विद्यार्थी परिषद्ले माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘अखिल भारतीय विद्यार्थी परिषद्ले ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको दुर्भाग्यपूर्ण मृत्युमा गहिरो समवेदना व्यक्त गर्दछ र घटनाको निष्पक्ष र पूर्ण अनुसन्धानको माग गर्दछ।’

यता नेपालमा पनि विद्यार्थी संगठनहरुले प्रकृति लम्सालको न्यायका लागि भन्दै विरोध प्रदर्शन जारी राखेका छन् ।

Tags: #नेपाली विद्यार्थी#भारतीय प्रहरी नै विद्यार्थी लिन स्टेसन पुग्यो

लोकप्रीय

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२

विचार

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२

थप समाचार

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
आर्थिक

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी
खेलकुद

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२
गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी
ताजा समाचार

गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी

मङ्लबार कार्तिक ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.