NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी बुधबार मंसिर १० , २०८२
कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ? बुधबार मंसिर १० , २०८२
बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ? बुधबार मंसिर १० , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

ओलीका सपना, उखान र यथार्थः जन्मदिनको शुभकामना

आइतवार फाल्गुन ११ , २०८१
Reading Time: 1 min read
A A
ओलीका सपना, उखान र यथार्थः जन्मदिनको शुभकामना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ फागुन , काठमाण्डौ ।

आज, फागुन ११ गते, नेपालका प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको ७३ औँ जन्मदिन । नेपाली राजनीतिमा एउटा चर्चित नाम खड्ग प्रसाद ओली अर्थातकेपी शर्मा ओली जसको उमेर ७३ पुगेको छ ।

नेपालको नक्सासहितको केक काटेर विगतमा जन्मदिन मनाएका प्रधानमन्त्री ओलीले यस पटकको जन्मदिनमा कुनै विशेष कार्यक्रम नरहेको भन्दै आफ्नै नामको ’केपी ओली कप फुटबल च्याम्पियनसिप’को खेल हेरेर एन्फा कम्प्लेक्स सातदोबाटोमै शुभकामना आदानप्रदान गर्ने बताएका छन् ।

उनले लेखेका छन्, आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ। खेल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु, त्यहीं भेटौँला, शुभकामना आदानप्रदान त्यहीं गरौंला।

आज प्रधानमन्त्रीलाई जन्म दिनको दिन शुभकामना दिइ रहँदा हिजोका दिनलाई सम्झनु आवश्यक हुन्छ । २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको आठराईमा जन्मेका ओलीले किशोरावस्थादेखि नै राजनीतिक यात्राको सुरुवात गरेका थिए ।

२०२३ सालमा माक्र्सवादी अध्ययन दलमा सामेल भई, २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका ओलीले पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षमा सक्रिय रहँदा, उहाँले १४ वर्ष जेल जीवन बिताए । २०३५ साल पुस ११ गते जेलमै रहँदा, नेपाल कम्युनिस्ट पार्टी (माले) को संस्थापक सदस्य बने ।

७३ वर्षका केपी शर्मा ओलीले चार पटक नेपालको प्रधानमन्त्री बनिसकेका छन् । पहिलो पटक २०७२ असोज २४ देखि २०७३ साउन २० गतेसम्म दोस्रो कार्यकालमा २०७४ फागुन ३ देखि २०७७ जेठ २० गतेसम्म र तेस्रो कार्यकाल २०७७ असार २९ देखि २०७८ साउन २८ गतेसम्म त्यस बेलाको समय अवधि जोड्ने हो भने कुल मिलाएर ३ वर्ष ७ महिना प्रधानमन्त्री बनी सकेका ओली चौथो पटक २०८१ असार ३० गते पुनः प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।

ओली देशका लागि दिएका महत्त्वपूर्ण योगदानहरू सम्झने हो भने प्रजातन्त्र हुँदै गणतन्त्र सम्म आइ पुग्दाका उनको नेतृत्वदायी भूमिकालाई कसैले भुल्नु हुदैन् । २०७२ सालमा नेपालको संविधान जारी गर्दा होस् या भारतको अघोषित नाकाबन्दी र नेपालको चुच्चे नक्सा जारी गर्दाको समयमा दृढतापूर्वक देशको नेतृत्व गर्दै राष्ट्रिय स्वाभिमानको पक्षमा चट्टा जस्तै भएर उभिँदाको क्षण आम नेपाली माझ घाम जस्तै छर्लङ छन् ।

प्रस्ट बोल्ने भविष्यका सपना देख्न सक्ने, अरूलाई अनौठो शैलीमा ब्यङवाण प्रहार गर्ने ओलीका थप कला हुन् । आफ्ना उखानटुक्कासहितका भाषणले उनी सबैलाई मोहित बनाउने कोसिस सदैव गर्दछन् । आफ्ना हरेक भाषणमा केही न केही उखान तथा टुक्का घुसाउन माहिर ओली आफ्नो यो शैलीलाई रुचाएकै कारण पनि होला हरेक भाषणमा केही न केही उखान टुक्का जोड्न छुटाउदैनन् ।

कडा, छुच्चो र उखान टुक्का प्रयोग गरेर ओली कुनै बेला धेरै रुचाइनेमा पर्दथे ।  ग्यासका सिलिन्डर काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिँड्नु पर्दैन । सिलिन्डरको युग समाप्त गरिदिन्छु । घर–घरमा चुला–चुलामा पाइप पु¥याइदिन्छु, नेपाली झण्डा अंकित पानीजहाज कुनै बेला उनले भनेका यी भनाइ उखान टुक्कामा परिणत भएका छन् ।

यद्यपि नेपालीको आफ्नै रेलको सपनालाई भने ओलीले जनकपुरजयनगरमा दौडाइदिएका छन् । भुरुरु धुवाँ छोड्ने डिजेलको बस होइन, इलेक्ट्रिक बस चलाउँछौँ । बिहान सहमति हुन्छ, दिउँसो ‘सहमति भएकै छैन’ भन्नेलाई कुन डाक्टरले उपचार गर्ने ? के दबाई खुवाउने ? संविधान रोक्न बाहिर कता सिन्को, त्यान्द्रो भेटिन्छ, त्यसलाई मिलाएर मोर्चा बनाइएको कुनै बेलाका उनका चर्चित बोली, नेवारी भाषामा एउटा उखान छ– ‘माकः फुइँ’ (बाँदरले फुर्ती लगाउने) भन्ने, त्यस्तै हो ।

बाँदरले हाँगा हल्लाउँदा रूख त हल्लिन्छ, तर रूख भाँच्ने सामथ्र्य राख्दैन । गोलो घोचेर बिच्केको अरिङ्गाल त होइनन् नि जनता, जसलाई पायो त्यसलाई चिल्ने । दुई माना दूध उम्लेर एक पाथी जाने डेक्ची भरिएजस्तै हो माओवादी । दुई मानालाई एक पाथीको भ्रम परेको छ । हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती हुँदैन ।

सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँशु झार्छे, एक अर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन् । जब सिनेमा सकियो केको लभ पर्नु ? हिरो एकातिर, हिरोइन अर्कैतिर । हामीले जति राम्रो बनाउन खोजे पनि एमाले माओवादीको सम्बन्ध त्यस्तै भयो । गोरु नांगो देख्दा मलाई अहिलेसम्म लाज लागेको छैन ।

माओवादीलाई सुधार्नु अप्ठ्यारो काम रहेछ । औषधि खुवायो, निल्दैन । एक छिन मुखैमा राख्छ, यताउति हेरेर ओकलिहाल्छ । अनि, हामी के गर्नु त ? . गोगो साबुनको विज्ञापनमा भन्छ नि, ‘गाईले पनि तिमीलाई लखेट्ने, कुखुराले पनि तिमीलाई नै लखेट्ने’ भनेजस्तै एमालेजस्तो पार्टीलाई गाईले पनि लखेट्या छ, कुखुराले पनि लखेट्या छ । कुखुराको पनि ठुलो भाले होइन, चल्लाले लखेट्या छ । एमालेजस्तो पार्टीलाई अरूले गालामा चड्याम्म हान्छ, अनि ‘कस्तो दुख्ने गरी हानेको सहन्नँ है म’ भन्या छ ।

जबजलाई कहाँ टिको लगाइदिनुपर्छ, कहाँ गाजल लगाइदिनुपर्छ, कहाँ लिपस्टिक लगाइदिनुपर्छ भनेर बहस गर्ने कि जबजले भनेअनुसार उग्र वामपन्थी र दक्षिणपन्थीविरूद्ध लड्न थाल्ने ? बयल गाडा चढेर अमेरिका पुग्न सकिँदैन लगायतका ओलीका यी भनाइ सर्वाधिक चर्चामा आएका थिए ।

ओलीले जसरी अरूलाई ब्यङ गर्छन् आज उनका उखान टुक्का र ब्यङले उनैलाई गिज्याइ रहेका छन् । ओली प्रधानमन्त्री बनेको नै हिसाब गर्ने हो भने ४ वर्ष भन्दा माथि भई सकेको छ । समृद्ध नेपाल खुसी नेपालीको नारा दिएका ओलीले जनतालाई खुसी पार्न उखान टुक्का भनेर हँसाउने काम भन्दा अरू के गरे त भन्ने प्रश्न आम जनतामा छ ।

आज जन्म दिनका दिन ओलीले मैले ४ वर्षमा यो प्रधानमन्त्रीको कुर्सीमा बस्दा जनताका लागि के गरे त भन्ने सोच्ने दिन पनि हो । हाल, नेपाली राजनीति चुनौतीपूर्ण अवस्थामा रहेको छ । स्थिरता, सुशासन, र समृद्धिका लागि सबै राजनीतिक दलहरूबीच सहकार्य आवश्यक छ ।

ओलीजस्ता अनुभवी नेताहरूले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्यहरूको संरक्षण र विकासका एजेन्डाहरूमा जोड दिनु आजको आवश्यकता हो । नयाँ पुस्तालाई नेतृत्वमा अवसर प्रदान गर्दै, राजनीतिक संस्कारमा सुधार ल्याउने भूमिकामा प्रधानमन्त्रीको महत्त्वपूर्ण योगदान रहोस् जन्म दिनको हार्दिक मंगलमय शुभकामना सहित सुस्वास्थ्य, दीर्घायु र सफलताको कामना प्रधानमन्त्री ज्यु ।

Tags: #ओलीका सपना#केपी शर्मा ओली#केपी शर्मा ओलीको ७३ औँ जन्मदिनउखान र यथार्थ

लोकप्रीय

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

बुधबार मंसिर १० , २०८२
कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

बुधबार मंसिर १० , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

विचार

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

बुधबार मंसिर १० , २०८२
कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

बुधबार मंसिर १० , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

थप समाचार

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी
ताजा समाचार

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

बुधबार मंसिर १० , २०८२
कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?
ताजा समाचार

कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

बुधबार मंसिर १० , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
ताजा समाचार

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

बुधबार मंसिर १० , २०८२
कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

बुधबार मंसिर १० , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.