सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

१३ फागुन, काठमाण्डौ ।

नेपाली बजारमा सुनको मूल्यले आज ‘रेकर्ड ब्रेक’गरेको छ । सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार तीनसय रुपैयाँ पुगेको छ ।

यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । हिजो सुनको मूल्य एकलाख ७० हजार आठसय रुपैयाँ थियो । हिजोको मूल्यमा प्रतितोला पाँचसय रुपैयाँ वृद्धि भएपछि सुनले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको महासंघले जनाएको छ ।

गएको शुक्रबार तोलामा एक हजार रुपैयाँ घटेको सुनको मूल्य त्यसयता लगातार बढ्दै आएको छ । गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । गत कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो । चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा १५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ७० रुपैयाँ कामय भएको महासंघले जनाएको छ ।

हिजो चाँदीको मूल्य एक हजार नौसय ८५ रुपैयाँ थियो । सन् २०२२ देखि विश्वका केन्द्रीय बैंकहरूले ठूलो मात्रामा सुन खरिद गरिरहेका छन्। सन् २०२३ मा मात्र, चीनसहितका मुलुकका केन्द्रीय बैंकहरूले १,०३७ टन सुन किनेका थिए, जसले अन्तर्राष्ट्रिय बजारमा माग बढाएर मूल्य वृद्धि गराएको छ।

भूराजनीतिक तनाव र आर्थिक अस्थिरताः रुस–युक्रेन युद्ध, अमेरिका–चीन व्यापार विवाद, र प्यालेस्टाइन–इजरायल संघर्षजस्ता घटनाहरूले विश्व अर्थतन्त्रमा अस्थिरता ल्याएका छन्। यस्तो अवस्थामा लगानीकर्ताहरू सुरक्षित लगानीको रूपमा सुनतर्फ आकर्षित हुन्छन्, जसले माग बढाएर मूल्य वृद्धि गराएको विश्लेषण गरिन्छ ।

यस्तै चीनले अमेरिकी डलरको प्रभुत्वलाई चुनौती दिँदै अन्य मुद्रामा कारोबार बढाएको छ। यसले पनि सुनको माग बढाएर मूल्यमा असर पारेको छ बताइन्छ भने अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर कमजोर हुँदा, आयातित सुनको मूल्य स्वाभाविक रूपमा बढ्ने गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.