NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

अब ५० लाख डलरमा अमेरिकी नागरिकता

बुधबार फाल्गुन १४ , २०८१
Reading Time: 1 min read
A A
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१४ फागुन,एजेन्सी ।

अवैध आप्रवासीहरुलाई खोजीखोजी लखेटिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब मोटो रकम ल्याउन सक्ने धनी आप्रवासीका लागि भने नयाँ भिसा कार्यक्रम घोषणा गरेका छ । उनले ’ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन् ।

यसलाई ५० लाख डलरमा किन्न सकिने छ । ट्रम्पले यसलाई अमेरिकी नागरिकता पाउने बाटोको रूपमा वर्णन गरेका छन् । अमेरिकी राष्ट्रपतिले ’ट्रम्प गोल्ड कार्ड’ लाई इबी–५ भिसा कार्यक्रमको विकल्पको रूपमा वर्णन गर्दै भविष्यमा १० लाख गोल्ड कार्डहरू बेचिने बताए ।

उनले यो पहलले राष्ट्रिय ऋण चाँडै चुक्ता गर्न सक्ने पनि दाबी गरेका छन् । हाल अमेरिकामा नागरिकता प्राप्त गर्न इबी–५ भिसा कार्यक्रम छ । यो १९९० देखि लागू भएको हो । यस भिसा कार्यक्रमको उद्देश्य विदेशी लगानी आकर्षित गर्नु हो ।

उक्त भिसा कार्यक्रममा सामेल हुने मानिसले कम्तिमा १ मिलियन डलर बराबरको लागानी गर्नुपर्नेछ जसले कम्तिमा १० रोजगारी सिर्जना गर्ने हुनुपर्ने प्रावधान रहेको छ । नयाँ भिसा कार्यक्रमका लागि भने झन्डै ७० करोड नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ ।

सीएनएनका अनुसार ट्रम्पले मंगलबार गरेको घोषणा अनुसार धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्नेछ । यो भिसा पाएपछि उनीहरूले अमेरिकामा बस्न र काम गर्न अनुमति पाउनेछन् ।

साथै नागरिकता पाउने सहज बाटो खुल्नेछ ।‘हामी गोल्ड कार्ड बिक्री गर्दैछौं,’ ट्रम्पले ओभल अफिसबाट भने, ‘तपाईंहरूसँग ग्रिन कार्ड छ, तर यो गोल्ड कार्ड हुनेछ । हामी यसको मूल्य ५० लाख डलर तोक्नेछौं, जसले ग्रिन कार्डका विशेषाधिकारहरू प्रदान गर्नेछ र नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ । धनाढ्य व्यक्तिहरू यो कार्ड किनेपछि हाम्रो देशमा आउनेछन्।’

ट्रम्पका अनुसार गोल्ड कार्ड बिक्री दुई हप्ताभित्र सुरु हुनेछ र लाखौं कार्ड बिक्री हुन सक्ने अनुमान गरिएको छ । ‘के तपाईंले रूसी अर्बपतिहरूलाई पनि यो कार्ड बिक्री गर्ने विचार गर्नुभएको छ ?’ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हो, सम्भव छ। म केही रूसी अर्बपतिहरूलाई चिन्छु, जो निकै असल व्यक्ति हुन् ।’

ट्रम्पसँगै उभिएका व्यापार सचिवले गोल्ड कार्डले हालको ईबी–५ आप्रवासी लगानीकर्ता भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्ने बताए । ईबी–५ कार्यक्रम अन्तर्गत, विदेशी लगानीकर्ताहरूले अमेरिकी परियोजनाहरूमा लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्छ, त्यसपछि मात्र उनीहरू आप्रवासनका लागि भिसा आवेदन दिन सक्छन् ।

लुटनिकले भने, ‘उत्कृष्ट अन्तर्राष्ट्रिय नागरिक हुन् भन्ने सुनिश्चित गर्न उनीहरू बारे हामी निश्चित रूपमा अनुसन्धान गर्नेछौं ।’ उता युरोपको एक देश जर्मनीले पनि अमेरिकाकै नक्साकदम पछ्याउँन थालेको छ ।

जर्मनीमा अब फ्रेडरिक मत्र्ज देशको नयाँ प्रमुख अर्थात् चान्सलर बन्न सक्ने जनाइएको छ । उनलाई अमेरिकाको ठूलो समर्थक मानिन्छ तर युरोप र युक्रेनका सम्बन्धमा ट्रम्पका पछिल्ला भनाइका कारण अब उनले अमेरिकाबाट टाढिने कुरा गरिसकेका छन् ।

यद्यपि, मत्र्ज र ट्रम्पबीच ठूलो समानता पनि छ । ट्रम्प जस्तै उनी पनि ‘नेशन फस्र्ट’ भन्ने सोच्छन् । गैरकानुनी आप्रवासीहरूप्रति उनको दृष्टिकोण ट्रम्पको जस्तै कट्टरपन्थी रहेको छ, उनी आप्रावासी प्रति ट्रम्प जस्तै अनुदार रहेका छन् ।

जर्मन चुनावको नतिजा बाहिर आएपछि ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा भने, ‘जर्मनीमा कन्जरभेटिभ पार्टीले जित हासिल गरेको छ । अमेरिकाजस्तै जर्मनीका जनता पनि विचारहीन एजेन्डाबाट दिक्क थिए । विशेष गरी ऊर्जा र आप्रवासीको मुद्दामा।

आज जर्मनीको लागि ठूलो दिन हो।’ अमेरिका र धेरै युरोपेली देशहरू जस्तै जर्मनीमा पनि ठूलो संख्यामा अवैध आप्रवासीहरू आउँछन् । यो समस्या समाधान गर्न मत्र्जले अध्यागमन कानूनलाई कडा बनाउने प्रतिबद्दता जनाइसकेका छन् ।

गोल्डेन भिसा’ कार्यक्रमहरू संसारभरका विभिन्न देशहरूले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सञ्चालन गरेका विशेष भिसा योजनाहरू हुन्। यी कार्यक्रमहरू अन्तर्गत, निश्चित मात्रामा लगानी गर्ने विदेशी नागरिकहरूलाई ती देशहरूमा बसोबास र काम गर्ने अनुमति प्रदान गरिन्छ।

तथापि, पछिल्ला वर्षहरूमा केही देशहरूले भने यी कार्यक्रमहरूमा परिवर्तन गरेका छन्। पोर्चुगलले ’गोल्डेन भिसा’ कार्यक्रममार्फत विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्दै आएको छ। यो कार्यक्रम अन्तर्गत, न्यूनतम दुई लाख ८० हजार युरोको लगानीमा आवासीय अनुमति प्राप्त गर्न सकिन्छ।

पाँच वर्षपछि, आवेदकहरूले नागरिकताको लागि आवेदन दिन सक्नेछन्। यस्तै ग्रीसले पनि ’गोल्डेन भिसा’ कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसमा दुई लाख ५० हजार युरोको न्यूनतम लगानीमा आवासीय अनुमति प्राप्त गर्न सकिन्छ।

यो कार्यक्रम विशेष गरी तीव्र प्रक्रियाका लागि परिचित छ, जहाँ आवेदन दिएको ६० दिनभित्र अनुमति प्राप्त गर्न सकिन्छ। सन् २०२३ मा, ग्रीसले पाँच हजार ७०१ गोल्डेन भिसा अनुमति दिएको थियो। इन्डोनेसियाले पनि आफ्नो राष्ट्रिय अर्थतन्त्रलाई वृद्धि गर्न विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्ने रणनीतिस्वरूप ’गोल्डेन भिसा’ योजना ल्याएको छ।

यो कार्यक्रम अन्तर्गत, विदेशी लगानीकर्ताहरूलाई ५ देखि १० वर्ष अवधिको लागि भिसा प्रदान गरिन्छ । यसबाहेक खाडी लगायतका अन्य राष्ट्रहरुले पनि विभिन्न प्रावधानसहित गोल्डेन भिसा जारी गर्दै आएका छन् ।

Tags: #’ट्रम्प गोल्ड कार्ड’#अब ५० लाख डलरमा अमेरिकी नागरिकता#अमेरिकी नागरिकता

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.