NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ बुधबार साउन २८ , २०८२
आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज बुधबार साउन २८ , २०८२
गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र बुधबार साउन २८ , २०८२
डोनारुम्माले पीएसजी छाड्ने, अब कहाँ जालान् ? बुधबार साउन २८ , २०८२
एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना बुधबार साउन २८ , २०८२
Next
Prev

समाचार

बालेन र हर्क प्रचण्डका सबैभन्दा नजिकका मान्छे

बुधबार फाल्गुन १४ , २०८१
Reading Time: 1 min read
A A
बालेन र हर्क प्रचण्डका सबैभन्दा नजिकका मान्छे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१४ फागुन, काठमाण्डौ ।

देशको प्रधानमन्त्री बनेका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पक्राउ गर्न तयार भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमहल दाहाल प्रचण्ड तिनै बालेनलाई आफ्नो मान्छे भन्दै देशकै कार्यकारी बनाउने पक्षमा उभिएका छन् ।

माओवादीले गत सोमबार झापाको कचनकवलबाट सुरु गरेको हुलाकी राजमार्ग केन्द्रित पूर्वपश्चिम तराई–मधेस जागरण अभियानको क्रममा तेस्रो दिन बुधबार प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसँगको प्रश्नोत्तरमा प्रचण्डले मेयर बालेन र धरानमा मेयर हर्क साम्पाङ आफ्ना मान्छे रहेको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाँदा बालेन शाह होस् वा हर्क साम्पाङ जो आएपनि केही फरक नपर्ने बताएका छन् ।

पत्रकार सम्मेलनमा प्रचण्डलाई सोधिएको प्रत्यक्ष राष्ट्रपति निर्वाचित हुँदा हर्क साम्पाङ, बालेन शाह जस्तो भयो भने के होला भन्नेहरू पनि छन् नि ? भन्ने प्रश्नमा उनले भनेका छन्, के फरक पर्छ ? हर्क आए पनि फरक पर्दैन । बालेन आए पनि फरक पर्दैन । के बिग्रन्छ र ? मैले त उनीहरूलाई लोकतन्त्रको फूल भनेको छु । त्यसबाट म दायाँबायाँ पनि छैन । उनीहरूलाई त म आफ्नै मान्छे ठान्छु ।

उनले आफूहरूले संविधान बनाउने क्रममा प्रत्यक्ष निर्वाचिन कार्यकारी चाहिन्छ भनेर नोट अफ डिसेन्ट राखेको पनि स्मरण गरेका छन् ।यसरी हर्क र बालेनलाई देशको कार्यकारी भएको हेर्न तयार रहेका प्रचण्ड भने गत वर्ष बालेनलाई नै पक्राउ गर्ने अन्तिम निर्णय पुगेका थिए ।

बालेनले गत वर्ष भदौ १६ गते सामाजिक संजालमा लेखेको थिए , ’आजको लागि केही भएन। भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु,’ । सार्वजनिक बिदाको दिन सरकारी नम्बरको प्लेट भएको सवारी साधन चलेको देखेपछि काठमाडौं महानगरपालिकाको गाडी कोटेश्वर ट्राफिक प्रहरीले रोकेको थियो।

मेयर शाहकी श्रीमती चढेको उक्त गाडीको कागजात मागेपनि ड्राइभरले महानगरको गाडी भन्दै कागज देखाउन आनाकानी गरेका थिए। ट्राफिक प्रहरीले केही समय रोकेर उक्त गाडी छोडेपछि मेयर शाहले उक्त स्टाटस लेखेका थिए ।

उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारलाई चोरको संज्ञा समेत दिएका थिए । पछि उनले सो स्ट्याटस मेटेका थिए । सो स्ट्याटसपछि तत्कालीन प्रधानमन्त्री प्रचण्ड र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले मेयर बालेनलाई पक्राउ गर्न खोजेको तत्कालीन समयमा पनि सत्तामा रहेको जनमत पार्टीका संयोजक सिके राउतले सार्वजनिक रुपमा नै खुलासा गरेका थिए ।

उनले भनेका थिए ’बडो गोप्य तरिकाले बैठक बसेको थियो। एजेन्डा थाहा थिएन,’ उनले एक टेलिभिजन अन्तर्वार्तामा भनेका थिएइ, ’बैठकमा प्रधानसेनापतिदेखि प्रहरी प्रमुख र उपत्यकाका तीनैवटा जिल्ला सिडिओहरू थिए ।त्यहाँ पुगेपछि थाहा पाए, काठमाडौंका मेयर बालेन शाहले लेखेको स्ट्याटसका कारण उनलाई पक्राउ गरौं भनेर बैठक डाकिएको रहेछ ।

राउतका अनुसार प्रचण्डले उक्त बैठकमा आफुसँग सल्लाह मागेको र आफुले त्यति बेला बालेनलाई कुनै हालतमा पक्राउ गर्न हुँदैन भनेर आफूले सल्लाह दिएको बताएका छन्।

उनले भनेका थिए, ’सम्माननीय प्रधानमन्त्रीजीले मलाई के गर्ने भनेर सोध्नुभयो । नयाँले नयाँलाई समर्थन गर्छ भन्ने उहाँलाई लागेको होला । मैले भनेँ, उहाँलाई कुनै हालतमा पक्राउ गर्न हुँदैन । उहाँको स्ट्याटसमा सवा लाखजति कमेन्ट आएका छन् । तीमध्ये ९५ प्रतिशतमा सरकारलाई नै गाली गरिएको छ, उहाँको समर्थन छ। तर उहाँहरूले ’के हामी चोर हौं, हामीलाई यस्तो भन्ने, पक्राउ त गर्नैपर्छ भन्नुभयो ।’

उनले अगाडी भनेका थिए – ’उहाँहरू जसरी पनि ठोक्नुपर्छ भन्ने भाषा प्रयोग गर्दै हुनुहुन्थ्यो ।’ अध्यक्ष राउतले सो बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र गृहमन्त्रीलाई रोकेको बताएका छन् । उनले भनेका थिए– ’लोकतन्त्र छ, यस्तो बोलिराख्छन् भनेर देउवाजीले भन्नुभयो । बोल्दैमा कहाँ आगो लगाइदियो त ! बोल्दैमा के हुन्छ ! बोल्न पाउनुपर्छ भन्ने उहाँको भनाइ थियो ।’

त्यति बेला नेपाली कांग्रेसको समर्थनमा प्रचण्डले सरकारको नेतृत्व गरिरहेका थिए । उनले सिंहदरबारमा आगो लगाउन धम्की दिएको स्टाटसलाई लिएर बालेनलाई पक्राउ गर्ने निर्णय गरेर तत्कालीन अवस्थाका सत्तारुढ दलहरुको बैठकमा प्रस्ताव लगेका थिए ।

बालेनको सामाजिक संजाल हेर्ने हो भने नेपालका राजनीतिक नेताहरु भित्र उनी सबैभन्दा बढी लोकप्रिय जनप्रतिनिधिमा पर्दछन् । नेपालमा कार्यकारी प्रमुखको बहस लामो समय देखि चलिरहेको छ। बालेन्द्र शाह (बालेन), रवि लामिछाने, हर्क साम्पाङ जस्ता जनप्रतिनिधिहरूको लोकप्रियता देखेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग बलियो बन्दै गएको छ ।

यद्यपि अहिले रवि भने सहकारी प्रकरणमा ठगीको आरोप खेपिरहेका छन् । माओवादी केन्द्रले पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप प्रभावकारी बनाउन कार्यकारी प्रमुख प्रणाली आवश्यक रहेको तर्क गर्दै आएको छ।

स्थिर सरकार, जिम्मेवार नेतृत्व र प्रत्यक्ष जनमतको सम्मान हुने भन्दै यस प्रणालीको पक्षमा बहस जारी छ। अब यो बहस राजनीतिक वृत्तमै सीमित रहनेछ वा संविधान संशोधनमार्फत संस्थागत रूप लिनेछ भन्ने चाँही समयले नै बताउनेछ।

Tags: #बालेन र हर्क प्रचण्ड#मेयर बालेन्द्र शाह बालेन

लोकप्रीय

लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

बुधबार साउन २८ , २०८२
आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज

आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज

बुधबार साउन २८ , २०८२
गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२

विचार

थप समाचार

लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ
ताजा समाचार

लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

बुधबार साउन २८ , २०८२
आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज
संगीत

आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज

बुधबार साउन २८ , २०८२
गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र
Breaking news

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डोनारुम्माले पीएसजी छाड्ने, अब कहाँ जालान् ?
खेलकुद

डोनारुम्माले पीएसजी छाड्ने, अब कहाँ जालान् ?

बुधबार साउन २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

World News:स्पेनले अमेरिकी एफ ३५ नकिन्ने, पुटिनसंग वार्ता गर्न ट्रम्पको शर्त || Nepal Times

00:14:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२
एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

बुधबार साउन २८ , २०८२

हालका पोस्टहरू

लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

बुधबार साउन २८ , २०८२
आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज

आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज

बुधबार साउन २८ , २०८२
गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.