NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

प्रमुख प्रशासकीय अधिकृत प्रकरणःसरकार भर्सेस बालेन

सोमवार फाल्गुन १९ , २०८१
Reading Time: 1 min read
A A
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ फागुन , काठमाण्डौ ।

२ महिना भन्दा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि महानगरका कर्मचारीहरुको तलब सुविधा समेत रोकिएको अवस्थामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतमाथिको छानबिन प्रतिवेदन पठाउन पत्राचार गरेको छ ।

मेयर बालेन शाहले एकातिर प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउने र अर्कोतर्फ फेसबुकबाट प्रधानमन्त्रीलाई लाञ्छित गर्दै प्रशासकीय अधिकृत नपठाएकोमा स्टाटस पोष्ट गर्ने दोहोरो चरित्र देखाएको भन्दै मन्त्री राजकुमार गुप्ताले छानबिन प्रतिवेदन मागेका हुन् ।

LS Auto

मन्त्री गुप्ताले भनेका छन्– उहाँहरूले प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि के के आरोप लगाएर छानबिन समिति बनाउनु भएको रहेछ। बिचैमा ती कर्मचारी मन्त्रालयमा फिर्ता ल्याउँदा उहाँहरूको छानबिन प्रभावित होला भनेर हामीले छानबिन प्रतिवेदन पर्खिरहेका छौँ । छानबिन प्रतिवेदन चाँडो मन्त्रालयमा पठाउन पत्राचार पनि भइसकेको छ । उहाँ निर्दोष देखिनु भयो भने काममा निरन्तरता दिनु होला दोषी देखिए मन्त्रालयमा तानेर अर्को कर्मचारी पठाउँला ।

पुरानो बसपार्क क्षेत्रमा निर्माण भइरहेको ‘भ्यू टावर’को नक्सा स्वीकृतिको विषयमा महानगरपालिकाले अनुसन्धान सुरु गरेपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ बिदामा छन् । खासमा मेयर शाहले उनलाई कार्यालय आउन रोक लगाएको बताइएको छ ।

महानगरले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा छानबिन समिति गठन गरेकोमा पौडेलले बस्न अस्वीकार गरेपछि पूर्व सचिव शंकर प्रसाद पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन भएको भनिएको छ ।

तर छानबिन समिति गठनको निर्णय महानगरपालिकाको कार्यपालिका बैठकबाट नभई मेयरको सचिवालयबाट गरिएकाले त्यसको वैधानिकतामाथि प्रश्न उठेको प्रवक्ता नवीन मानन्धरले बताएका छन् ।

उपमेयर सुनिता डंगोलले पनि मेयरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन् । आफैँ प्रशासकीय अधिकृतलाई बिदामा राखेर छानबिन समिति बनाउने र आफैँले सामाजिक सञ्जालबाट प्रधानमन्त्रीलाई आरोपित गर्ने मेयरको शैलीप्रति उनले सार्वजनिक रुपमा नै असहमति राखेकी छन् ।

महानगरले २४ पुसमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गरेको थियो। तर, हालसम्म सङ्घीय सरकारले नयाँ अधिकृत पठाएको छैन, जसका कारण महानगरको प्रशासनिक र आर्थिक प्रक्रिया अवरुद्ध भएको छ।

सरकारले पछिल्लो पटक एकैपटक ७८ सहसचिवहरुको सरुवा गर्दा पनि काठमाडौं महानगरले सहसचिव पाउन नसकेपछि मेयर बालेन प्रधानमन्त्रीमाथि खनिएका छन् । मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत नपठाएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमार्फत पत्र लेखेका छन्।

स्टाटसमा उनले लेखेका छन्, “प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नुभाको छ। हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे। मलाई हराउने ताकमा देशलाई चाहिँ नडुबाउनु होला।“

तर, उपमेयर सुनीता डङ्गोल भने मेयर शाहको कार्यशैलीप्रति नै असन्तुष्टि जनाउँदै फेसबुकमा विरोध जनाउनु असान्दर्भिक रहेको टिप्पणी गरेकी छन्। शनिबार संचारकर्मीहरुसँगको कुराकानीमा डंगोलले भनेकी छन्, “छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरीकन प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै संघीय सरकारलाई दोष दिनु उचित होइन। आफ्नो कर्तव्य पूरा नगर्ने अनि अरुलाई आरोप लगाउने कुरा ठीक लाग्दैन।“

महानगरका तलब तथा अन्य खर्चहरू संघीय सञ्चित कोषबाट मात्र निकासा हुन सक्छ, जसको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन प्रमुखको संयुक्त दस्तखतबाट मात्र सम्भव छ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा खर्च कोषमा रकम स्थानान्तरण गर्न नसक्दा आर्थिक गतिरोध सिर्जना भएको हो। यस समस्याको समाधानका लागि महानगरले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन वा निमित्तलाई आर्थिक अधिकार प्रत्यायोजन गर्न सङ्घीय सरकारलाई अनुरोध गरिसकेको छ।

यता छानबिन समितिले भने काममा ढिलाइ गरिरहेको छ । महानगरमा प्रशासकीय अधिकृत भएर जान कोही पनि सहसचिव तयार नभएको मन्त्री गुप्ताले बताएका छन् । यद्यपि छानबिन प्रतिवेदन पठाएर एउटा टुंगो लागेपछि अर्को व्यवस्था गरिने उनले बताएका छन् ।

मन्त्रालयले गत बिहीबार महानगरपालिकालाई पत्र पठाएर छानबिन प्रतिवेदन मागेको हो । यता छानबिन प्रतिवेदन माग गरेको मन्त्रालयको पत्र पाएको बताउँदै महानगरले भन्यो, “हामी अहिले प्रतिवेदन पठाउँदैनौँ । पत्रको जवाफ मात्र पठाउँछौँ ।’ महानगरका अनुसार गुरागाईंमाथिको छानबिन प्रतिवेदन अझै तयार भइसकेको छैन ।

Tags: #प्रमुख प्रशासकीय अधिकृत प्रकरण#बालेनको स्टाटसको असर#सरकार भर्सेस बालेन

लोकप्रीय

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२

विचार

थप समाचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि
ताजा समाचार

अन्तर्राष्ट्रिय

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.