NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु शुक्रबार मंसिर १२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली शुक्रबार मंसिर १२ , २०८२
युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप शुक्रबार मंसिर १२ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ? बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

भीआईपीका लागि सडक खाली, के विदेशमा पनि यस्तै हुन्छ ?

शुक्रबार फाल्गुन २३ , २०८१
Reading Time: 1 min read
A A
भीआईपीका लागि सडक खाली, के विदेशमा पनि यस्तै हुन्छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ फागुन , काठमाण्डौ।

सार्वजनिक समारोहमा उपस्थित हुँदा विरोधका सामना गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुर्खेतमा पनि त्यस्तै अवस्थाको सामना गर्नुपरेको छ । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन, रंगशाला अवलोकन लगायतका कार्यक्रम तय गरेर सुर्खेत पुग्ने क्रममा प्रधानमन्त्रीले सर्वसाधारणबाटै विरोधको सामना गर्नुपरेको छ ।

प्रधानमन्त्री पुगेपछि सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो । सो क्रममा केहीबेर सवारी आवागमनसमेत अवरुद्ध भएपछि सास्ती भएको भन्दै स्थानीयले विरोध गरेका हुन् । उनीहरूले सडकमा अनावश्यक रुपमा रोकेको भन्दै हर्न बजाएर विरोध जनाएका छन् ।

LS Auto

उनीहरुले प्रधानमन्त्री सुर्खेत आउँदा सडक खाली गराएर दुःख दिने काम भएको भन्दै विरोध गरेका हुन् । प्रधानमन्त्रीको सवारीका क्रममा करिब २० मिनेट यातायात बन्द गर्नुका साथै बाटो हिँड्ने यात्रुलाई समेत कडाइ गरिएको थियो ।

गणतन्त्रमा पनि प्रधानमन्त्री आएकै कारण सडक खाली गराउने काम गलत भएको भन्दै विरोधमा सवारी चालकहरूले हर्न बजाएर विरोध गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले भने प्रधानमन्त्री आउनेबेलामा सुरक्षा व्यवस्था कडाइ गरिँदा सवारी रोक्नपरेको बताएका छन् ।

केही दिन अघि मात्रै केपी ओली कपको फाइनल खेलको क्रममा दशरथ रंगशालामा प्रधानमन्त्रीका विरुद्ध नाराबाजी भएको थियो । ओलीविरुद्ध नारा लगाएपछि केही युवा रंगशालामा नै एमालेकार्यकर्ताबाट कुटिएका छन् ।

साफ महिला च्याम्पियनसिपमा बङ्गलादेशसँग नेपाल पराजित भएपछि पनि आक्रोशित भएका दर्शकले दर्शकका रुपमा पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाएका थिए । आक्रोशित दर्शकले केपी ओली मुर्दावाद, केपी ओली पनौती लगायतका नारा लगाएका थिए ।

गएको १३ फागुनमा भने काठमाडौंमा नै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा पुगेर विरोध गर्ने आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसअघि काठमाडौंको टुंडिखेलमा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उपस्थित गौरा पर्वको कार्यक्रममा पनि युवाहरुले दुवै नेताविरुद्ध नारा लगाएका थिए ।

नेपाल डे मनाउने क्रममा पनि ओलीविरुद्ध नारा लगाउने आशंकामा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो । इन्द्र जात्राका अवसरमा ओलीका अघि बालेन शाहको टीसर्ट लगाएको आरोपमा केही युवालाई पक्राउ गरिएको थियो ।

स्वदेशमा मात्रै होइन प्रधानमन्त्री ओलीले अमेरिका पुग्दा समेत विरोधको समाना गर्नुपरेको छ । विरोधकै आशंकामा उनको अमेरिकामा रहेका नेपालीहरुसँगको कार्यक्रम नै स्थगित गरिएको थियो । कर्णालीको प्रदेश सभामा जस्तै प्रधानमन्त्रीले कोशी प्रदेशसभामा पनि यही २७ गते सम्बोधन गर्ने भएका छन् ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकल फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारीका लागिका प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीले बताएका छन् ।

गएको कात्तिकमा विराटनगर आएका समयमा समेत प्रधानमन्त्रीको सवारीमा सडक खाली गराएर निक्कै समय पर्खाएको भन्दै स्थानीय तीपैनीमा सर्वसाधारणले हर्न बजाएर विरोध जनाएका थिए ।

नेपालमा भीआईपी सवारीको क्रममा सुरक्षा व्यवस्था नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले मिलाउँछन्। प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, मन्त्री, विदेशी अतिथिहरू, विशिष्ट सरकारी पदाधिकारीहरूको सवारी हुँदा ट्राफिक व्यवस्थापन विशेष गरी कडाइ गरिन्छ।

सवारी जाम नहोस् भनेर बाटो क्लियर गरिन्छ, जसका लागि ट्राफिक प्रहरीहरूलाई विशेष निर्देशन दिइन्छ। सुरक्षा निर्देशिकाअनुसार सवारी सुरक्षा प्रोटोकल लागू हुन्छ, जसमा सडक खाली गराउने, ट्राफिक रोक्ने, एस्कर्ट गाडीको व्यवस्था, इमर्जेन्सी प्लान आदि समेटिएको हुन्छ।

काठमाडौँ लगायत मुख्य सहरमा प्रधानमन्त्री र राष्ट्रपतिको सवारी हुँदा मुख्य सडक खाली पार्ने चलन छ, जसले सर्वसाधारणलाई असहज बनाउँछ। तर विकसित देशहरूमा भने भीआईपी सवारी व्यवस्थापन नेपालभन्दा फरक छ।

विश्वकै शक्तिशाली अमेरिकी राष्ट्रपतिको कुरा गर्नुपर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पको सवारीका लागि विशेष सुरक्षा व्यवस्था हुन्छ, जसमा सीक्रेट सर्भिस, पुलिस, एफबीआई लगायत निकाय संलग्न हुन्छन्। “मोटरकेड” भनिने सुरक्षा गाडीहरूको समूह प्रयोग गरिन्छ।

राष्ट्रपति वा विशिष्ट भीआईपीको सवारी हुँदा मुख्य सडक केही बेरका लागि मात्रै रोक्न सकिन्छ, तर आम नागरिकलाई अत्यधिक असर पर्ने गरी लामो समय सडक बन्द गरिदैन । त्यसमा पनि एम्बुलेन्स, फायर ब्रिगेड र अन्य आपतकालीन सेवाहरूलाई रोकिँदैन।

यस्तै युरोपका ब्रिटेनमा प्रधानमन्त्री वा राजपरिवारका सदस्यहरूको सवारी हुँदा ट्राफिक कम अवरुद्ध पारिन्छ। साइरनसहितको एस्कर्ट गाडी प्रयोग गरिन्छ, तर सामान्य नागरिकको यात्रा प्रभावित हुने गरी सडक पूरै बन्द गरिँदैन।

जर्मनी र फ्रान्समा भीआईपीहरूले साधारण ट्राफिकमा नै सवारी गर्ने प्रवृत्ति छ। त्याहा मेट्रो, हेलिकप्टर वा अन्य वैकल्पिक उपायहरू बढी प्राथमिकतामा राखिन्छन्। क्यानडासहितका अन्य कतिपय युरोपेली राष्ट्रका सरकार प्रमुखहरु त सार्वजनिक सवारीमा समेत यात्रा गर्दछन् ।

छिमेकी राष्ट्र भारतमा राष्ट्रपति र प्रधानमन्त्रीका लागि जेड प्लस सुरक्षा प्रोटोकल लागू हुन्छ, जसमा एनएसजी (ब्ल्याक क्याट कमाण्डो), एसपीजी र राज्य प्रहरी संलग्न हुन्छन्। सडक खाली गराउने चलन भारतमा पनि छ, तर ट्राफिक रोक्ने समय कम राख्न प्रयास गरिदै आएको भारतीय संचारमाध्यामहरुले उल्लेख गर्ने गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयम विशेषगरी सवारी व्यवस्थापनलाई कम अवरोध हुने बनाउने प्रयास गरेका छन्। धेरै विकसित देशहरूमा भीआईपीहरू सामान्य नागरिकसरह ट्राफिकमा यात्रा गर्छन्, सडक पूरै खाली गराउने वा ट्राफिक अवरुद्ध पार्ने प्रथा छैन।

बेलायती प्रधानमन्त्री वा शाही परिवारका सदस्यहरू सामान्य ट्राफिकमा सवारी गर्छन्। लण्डनमा सडक बन्द गरिने प्रथा छैन, केवल सीमित सुरक्षा राखिन्छ। त्याहाका प्रधानमन्त्री कहिलेकाहीं साइकलमा नै सडकमा देखिन्छन् ।

जापानमा प्रधानमन्त्री वा अन्य विशिष्ट भीआईपीहरू सामान्य ट्राफिकमा सवारी गर्छन्। विशेष ल्यानको प्रयोग गरिन्छ, तर नागरिकलाई असहज बनाउने गरी सडक पूर्ण रूपमा बन्द गरिदैन् । जापानका प्रधानमन्त्री कतिपय अवस्थामा सार्वजनिक बस वा ट्रेन पनि प्रयोग गर्छन् ।

यस्तै नर्वे , डेनमार्क, फिनल्यान्ड, स्विडेन लगामयतका देशहरूमा प्रधानमन्त्री वा राष्ट्रपतिले नियमित ट्राफिकमै यात्रा गर्छन्। विशेष साइरन वा ट्राफिक रोक्ने चलन छैन। प्रधानमन्त्रीहरूले सार्वजनिक बस, ट्रेन वा साइकल समेत प्रयोग गर्ने गरेका छन्।

अहिले नेटो प्रमुख बनेका तत्कालीन डच प्रधानमन्त्री मार्क रुट्टे साइकल चलाएर कार्यालय पुग्ने गरेका थिए । स्विस राष्ट्रपति वा मन्त्रीहरूले विशेष सडक अवरुद्ध नगरी सवारी गर्छन्। स्विट्जरल्याण्डमा सुरक्षाका लागि सीमित एस्कर्ट मात्र दिइन्छ।

विश्वमा सार्वजनिक यातायात प्रयोग गर्नेमा केही भीआईपीहरू चर्चित छन् । नेदरल्यान्ड्सका प्रधानमन्त्री प्रायः साइकलमा कार्यालय जाने गर्छन्। सार्वजनिक यातायात (ट्राम, बस) प्रयोग गर्ने गर्छन्। सुरक्षा संयन्त्र न्यूनतम मात्रामा प्रयोग गरिन्छ ।

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन प्रधानमन्त्री हुँदा बेलाबेला सार्वजनिक बस वा साइकल चढ्ने गर्थे। लण्डनको मेट्रो समेत प्रयोग गरेका थिए । जोको विडोडो (इन्डोनेसियाका पूर्व राष्ट्रपति) उनी कहिलेकाहीं सार्वजनिक बस प्रयोग गर्दथे ।

उनले भीडभाडमा सर्वसाधारणसँग घुलमिल भएर यात्रा गरेका छन्। फिनल्यान्डकी पूर्वप्रधानमन्त्री सना मारिनले सार्वजनिक बस, ट्रेनमा यात्रा गर्थिन्। प्रधानमन्त्री हुँदा साधारण नागरिकसरह जीवन बिताउने कोशिश गर्थिन्।

यस्तै स्विजरल्याण्डका मन्त्रीहरू नियमित रूपमा सार्वजनिक ट्रेन वा बस चढ्छन्। त्याहा कुनै पनि विशेष सुरक्षाका कारण सडक बन्द गरिँदैन। नेपालमा पनि भीआईपी सवारी व्यवस्थापनका लागि वैकल्पिक मार्ग, स्मार्ट ट्राफिक व्यवस्था गर्न सकिन्छ।

राष्ट्रपति , प्रधानमन्त्री, मन्त्रीहरूले सार्वजनिक यातायात प्रयोग गर्न सक्ने संस्कार विकास गर्नुपर्छ। अत्यावश्यक सुरक्षा कायम राख्दै सर्वसाधारणलाई असुविधा नपर्ने उपाय अवलम्बन गर्न सकिन्छ।

यसरी नेपालमा पनि भीआईपी संस्कृति जनमुखी बनाउन सकेमा जनताको समर्थन बढ्न सक्छ। नेपालमा भीआईपीको सुविधाभन्दा नागरिकलाई प्राथमिकता दिने नीति अपनाइयो भने जनस्तरमा देखिने असन्तुष्टि हट्नेमा दुईमत छैन् । यसमा तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला ।

Tags: #ओलीविरुद्ध हर्न#नेपाल टाईम्स ट्रेन्डिंग#भीआईपीका लागि सडक खाली#सुर्खेतका जनता

लोकप्रीय

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

शुक्रबार मंसिर १२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

शुक्रबार मंसिर १२ , २०८२
युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

शुक्रबार मंसिर १२ , २०८२

विचार

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

शुक्रबार मंसिर १२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

शुक्रबार मंसिर १२ , २०८२
युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

शुक्रबार मंसिर १२ , २०८२

थप समाचार

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु
ताजा समाचार

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

शुक्रबार मंसिर १२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

शुक्रबार मंसिर १२ , २०८२
युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप
अन्तर्राष्ट्रिय

युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

शुक्रबार मंसिर १२ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?
अन्तर्राष्ट्रिय

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

शुक्रबार मंसिर १२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

शुक्रबार मंसिर १२ , २०८२
युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

शुक्रबार मंसिर १२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.