हुथीको महाकाल बन्दै ट्रम्प, नर्क बिर्साउने गरी खसाए बम

हुथीको महाकाल बन्दै ट्रम्प, नर्क बिर्साउने गरी खसाए बम

३ चैत , एजेन्सी ।

यमनमा रहेका हुथी विद्रोहीहरुका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाकाल झैं बनेका छन् । हुथीहरुले नर्क पनि बर्सिने धम्की दिएका ट्रम्पले उनीहरुलाई निशाना बनाएर यमनमा आक्रमण गर्न लगाएका छन् ।

शनिबार राति यमनमा हुथी विद्रोहीलाई लक्ष्य गरेर अमेरिकाले ठूलो आक्रमण गरेको हो । ट्रम्पले हुथीविरूद्ध सैन्य कारबाही चलाउन निर्देशन दिएपछि यमनमा आक्रमण भएको बताएका छन् ।

’हुथी आतंककारी विरूद्ध यमनमा शक्तिशाली र निर्णायक कारबाही गर्नका लागि मैले अमेरिकी सेनालाई निर्देशन दिएको छु । उनीहरूले डकैती, हिंसा र आतंकवादको निरन्तर अभियान चलाएका छन्,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ।

ट्रम्पको निर्देशनपछि यमनको राजधानी सना र उत्तरी राज्य सदामा अमेरिकी सेनाले आकाश र समुद्रबाट आक्रमण गरेको भनेर समाचार संस्था रोयटर्रसले लेखेको छ । यसले हुथीको प्रतिरक्षा प्रणाली, राडार, मिसाइल र ड्रोन प्रणालीहरूलाई निसाना बनाएको न्युयोर्क टाइम्सले जनाएको छ ।

आक्रमणमा परी सनामा १३ सर्वसाधरण मारिएका छन् भने ९ जना घाइते भएका छन् । सदामा ६ जनाको मृत्यु भएको हुथीको अल मसिरा टेलिभिजनलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

शनिबारको आक्रमणलाई ट्रम्पले दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति जिम्मेवारी सम्हालेपछिकै ठूलो आक्रमण भनिएको छ । उक्त आक्रमण इरानका लागि चेतावनी समेत रहेको भनिएको छ ।

इरानलाई न्युक्लियर कार्यक्रमहरूको सन्दर्भमा छलफल गर्न बाध्य बनाउनका लागि अमेरिकाले विभिन्न प्रतिबन्ध लगाइरहेको छ । शनिबारको आक्रमण पनि त्यसकै शिलशिला रहेको बताइएको छ ।

हुथीलाई समर्थन र सहायता तत्काल बन्द नगरे उनीहरूमाथि’ नर्क बर्सिनेछ’ भनेर ट्रम्पले इरानलाई चेतावनी समेत दिएका छन् । ’यदी इरान अमेरिकालाई धम्की दिन्छ भने त्यसको जबाफदेहीता उनीहरू नै हुनेछन् र अमेरिका यसपटक नरम हुन सक्दैन,’ ट्रम्पको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

हुथीको राजनीतिक विभागले यसलाई युद्ध अपराध भनेका छन् । उनीहरूले यसको पूर्ण रूपमा जबाफ दिन यमनी सशस्त्र बलहरू तयार रहेको पनि बताएका छन् । ’धमाकाहरु भयानक थिए । भूकम्पले जस्तै हल्लाएको थियो ।

बालबालिकाहरू अत्यन्त डराएका थिए,’ अब्दुल्लाह याहिया नाम गरेका एक स्थानीयले रोयटर्सलाई भने । रेड सी भएर चल्ने जहाजहरूमा हुथीले मिसाइल आक्रमण गर्ने गरेको बताउँदै अमेरिका र बेलायतले यसअघि पनि पटकपटक यमनमा आक्रमण गरेका थिए ।

हूथी विद्रोहीहरूले गाजामा हमाससँग इजरायलको युद्धमा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता जनाउन आक्रमण गरेको बताउँदै आएका छन् । रोयटर्सका अनुसार २०२३ यता हुथीले रेड सीमा १०० भन्दा बढी आक्रमण गरेका छन् ।

ट्रम्पले अमेरिकी तथा अन्य जहाज, विमान तथा ड्रोनविरुद्ध समुद्री डकैती, हिंसा तथा आतंकवादविरुद्ध यो अभियान चलाइएको पनि दाबी गरेका छन् । ट्रम्पले भनेका छन– विमानहरूमा कुनै पनि प्रकारको आक्रमण सैह्य हुने छैन ।

उनले हुथीहरूको समय सकिएको भन्दै आजदेखि आक्रमण बन्द गर्न चेतावनी दिएका छन् । ट्रम्पले भनेका छन– यदि उनीहरूले आक्रमण रोकेनन् भने उनीहरूमाथि यसअघि कहिलै पनि नदेखिएको नर्क बर्सनेछ ।

यसअघि हुथीहरूसँग जोडिएको अल मसिरा टीभीले यमनको सनामा आक्रमण भएको जानकारी दिइएको थियो । हुथी मिडियाको कार्यालयले अमेरिकाले सनाको उत्तरी क्षेत्र शौआबमा एक आवासीय क्षेत्रलाई निशाना बनाएको बताइएको छ ।

अमेरिकाले हुथीको एक धम्कीपछि यो आक्रमण गरेको हो । जसमा हुथीले गाजामा मानवीय सहायता रोक्ने इजरायलको कदमपछि इजरायली जहाजहरूमाथि पुनः आक्रमण गर्ने चेतावनी दिएको थियो । हुथीले लालसागरमा सबै इजरायली जहाजमाथि आवतजावतमा पुनः प्रतिबन्ध सुरु गर्ने चेतावनी दिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.