NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

यमनमा अमेरिकाको महाविनाशःअहिलेसम्म ५३ हुथी मारिए

सोमवार चैत्र ४ , २०८१
Reading Time: 1 min read
A A
यमनमा अमेरिकाको महाविनाशःअहिलेसम्म ५३ हुथी मारिए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ चैत , एजेन्सी।

यमनका हुथी विद्रोहीहरूविरुद्ध अमेरिकाले अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । अमेरिकी विनाशकारी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुगेको बताएका छन् । विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेहरुमा ५ बालबालिका समेत रहेको उल्लेख छ ।

शनिबार अमेरिकाले हुथी विद्रोहीहरूविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको बताएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा जहाजमा हुथी विद्रोहीहरूले गरेको आक्रमण उनीहरूविरुद्ध कारबाहीको कारण बताएका थिए ।

LS Auto

अमेरिकाले मारिएकाहरूमा केही प्रमुख हुथी विद्रोही पनि रहेको बताएको छ । तर हुथी विद्रोहीहरूले यसको पुष्टि गरेका छैनन् । यसैबीच हुथी विद्रोही नेता अब्दुल मलिक अल–हुथीले जबसम्म यमनमा अमेरिकी आक्रमण जारी रहन्छ, तबसम्म हुथी विद्रोहीहरूले लाल सागरमा अमेरिकी जहाजहरूलाई निशाना बनाइरहने चेतावनी दिएका छन् ।

पछिल्लो आक्रमणमा कयौँ मानिस घाइते भएको पनि हुथीले जनाएको छ । हुथी समूहले इजरायलले गाजामा आक्रमण सुरु गरेदेखि नै पश्चिमा देशका मालबाहक पानी जहाज लक्षित गरेर लाल सागरमा निरन्तर आक्रमण गर्दै आएको छ ।

आक्रमणबाट अमेरिकाको अर्बौँ डलर बराबरको नोक्सानी भएको ट्रम्पको दाबी छ । यसबीच आक्रमणबाट यमनमा धेरै हुथी नेताको ज्यान गएको र इरानलाई विद्रोही समूह र लाल सागरको जहाज यातायातमा हुने आक्रमणहरूलाई समर्थन बन्द गर्न ‘सूचित गरिएको’ ह्वाइट हाउसले आइतबार बताएको छ ।

“शनिबारको हवाई आक्रमणले वास्तवमा धेरै हुथी नेतालाई लक्षित गरी उनीहरूलाई नष्ट ग¥यो”, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले एबिसी न्युजलाई भने, “हामीले उनीहरूलाई भारी बल प्रयोग गरेर प्रहार ग¥यौँ र इरानलाई पर्याप्त छ भनेर सूचित ग¥यौँ ।”

उनले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न ‘सबै विकल्पहरू टेबलमा छन्’ भन्ने अमेरिकी चेतावनी पनि दोहो¥याए । राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्केपछि यमनी विद्रोहीहरूविरुद्ध यो पहिलो आक्रमण थियो ।

एक दशकभन्दा बढी समयदेखि यमनको धेरैजसो भाग नियन्त्रणमा राखेको तेहरान समर्थित समूहले इजरायल र संयुक्त राज्य अमेरिकाको कडा विरोध गर्दछ र जहाज यातायातमा आक्रमणहरू गाजामा इजरायलको युद्धको विरोधमा भएको बताएको छ ।

सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणले उत्प्रेरित गरेको युद्ध सुरु भएदेखि हुथीहरूले लाल सागर र एडनको खाडीमा जहाजहरूमा धेरै ड्रोन र मिसाइल आक्रमणहरू गरेका छन् ।

पेन्टागनका अनुसार सन् २०२३ देखि अमेरिकी युद्धपोतमा एक सय ७४ पटक र व्यापारिक जहाजमा एक सय ४५ पटक आक्रमण भएको छ । यसले सामान्यतया विश्व जहाज यातायातको लगभग १२ प्रतिशत ओसार्ने समुद्री मार्गमा ठूलो दबाब दिएको छ ।

पछिल्लो आक्रमणको घोषणा गर्दै शनिबार लामो ट्रुथ सोसल पोस्टमा ट्रम्पले हुथी नेताहरूलाई चेतावनी दिए, “तिमीहरूका आक्रमणहरू रोक्नुपर्छ, आजदेखि सुरु हुनुपर्छ, यदि तिमीहरूले त्यसो गरेनौ भने, तिमीहरूले पहिले कहिल्यै नदेखेको जस्तो नरक तिमीहरूमाथि बर्सिनेछ ।”

गत महिना ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई आणविक वार्ताको प्रस्ताव गर्दै एउटा पत्र पठाएका थिए र सम्झौताको अभावमा यो मुद्दालाई ‘सैन्य रूपमा’ सम्हाल्न सकिने बताएका थिए ।

तर तेहरानले त्यो सुझावलाई ‘धम्की’ दिइएको भनेर वार्ता नगर्ने भन्दै अस्वीकार ग¥यो । “इरानसँग आणविक हतियार हुन सक्दैन । यसमा एउटा पनि नहोस् भनेर सुनिश्चित गर्न सबै विकल्पहरू टेबलमा छन”, वाल्ट्जले आफ्नो एबिसी अन्तर्वार्तामा स्पष्टसँग भने, “उनीहरूले या त यसलाई हस्तान्तरण गर्न सक्छन् र यसलाई प्रमाणित गर्न सकिने तरिकामा छोड्न सक्छन् वा तिनीहरूले अन्य परिणामहरूको सम्पूर्ण शृङ्खलाको सामना गर्न सक्छन्, तर कुनै पनि हिसाबले, हामीसँग आणविक बटनमा औँला राखेर आयातोल्लाहहरू भएको संसार हुन सक्दैन ।”

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाहीको घोषणा गरेका हुन् । अमेरिकाले हुथी विद्रोहीलाई विदेशी आतङ्कवादी सङ्गठनको रुपमा पुनः परिभाषित गरेको करिब १५ दिनपछि यो घोषणा भएको हो ।

ट्रम्पले हुथी आतङ्ककारीहरूलाई इरानको समर्थन तुरुन्तै समाप्त हुनुपर्ने अन्यथा इरानले पनि यसको नराम्रो प्रतिफल प्राप्त गर्ने पनि चेतावनी दिएका छन् ।

Tags: #अमेरिकाको महाविनाश#यमनका हुथी विद्रोहीहरू#यमनमा अमेरिकाको महाविनाश

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ
ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.