NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग  शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट शुक्रबार अशोज २४ , २०८२
नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै शुक्रबार अशोज २४ , २०८२
विपिनको अवस्था अझै अज्ञात,४६ जनाको अवस्था सार्वजनिक शुक्रबार अशोज २४ , २०८२
Next
Prev

समाचार

प्रचण्डले भने, ज्ञानेन्द्र गणतन्त्र ल्याउने भिलेन

मङ्लबार चैत्र ५ , २०८१
Reading Time: 1 min read
A A
माधवले नक्सा उठाए,देउवाले शुभकामना दिए, प्रचण्डले के भने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ चैत ,  काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले फेरि राजावादी र पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । उनीहरुले ठूलो मूल्य चुकाउनुपर्ला भन्दै प्रचण्डले आज पुनः चेतावनी दिएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भने, ‘फेरि अर्को मुर्खता नगरियोस् ।

नत्र त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । अहिले जुन डिबेट सुरु भएको छ, यसले नेपाली जनतालाई अझै बढी चेतनशील बनाउन, नयाँ विचार र सिद्धान्तको खोजी गर्ने अवसर हुनसक्छ,’उनले भने, ‘राजतन्त्र पुनःस्थापना त असम्भव छ, तर यसले बहसले समाजवादको यात्रा फराकिलो बनाउँछ भन्ने मेरो बुझाइ छ ।’

LS Auto

उनले पूर्वराजातर्फ इंगित गर्दै संयमित भएर बस्न आग्रह गरे । ’संययमित रुपले बस्नुको सट्टा सक्रिय भएको छ । यसको परिणाम ठूलो चुकाउनुपर्नेछ’ उनले भने । उनले अहिलेको गणतन्त्र स्थापना गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको भिलेनको भूमिका महत्वपूर्ण भएको बताए ।

’भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि महत्वपूर्ण छ गणतन्त्र स्थापनाको गर्न । अहिले पनि नेपाली जनतालाई जागरुक हुन एउटा आधार तयार पारिदिएकोमा उनको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भने,’कथा फिलिम हिरोले मात्रै चल्दैन।

भिलेन पनि चाहिँन्छ उसको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ अहिले भइरहेको यही हो।’ ज्ञानेन्द्रले मुर्खता नगरेको भए अझै केहीवर्ष राजतन्त्र टिक्न सक्ने उनको भनाइ थियो । ‘मैले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा त्यतिबेला तत्कालिन राजा ज्ञानेन्द्र, अहिले त पूर्वराजा भन्ने गरिएको छ ।

हामीले जनयुद्ध र जनक्रान्तिमार्फत गणतन्त्रको निम्ति आधार तयार पा¥यौं । ज्ञानेन्द्रले आफ्नो मुर्खतामार्फत पनि हामीलाई सहयोग गरेकै हो,’ प्रचण्डले थप व्याख्या गर्दै भने, ‘उनले धेरै मुर्खता नगरेको भए सात राजनीतिक दलमाथि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छु भनेर आत्मसमर्पण गर्दा लात्ताले नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थ्यो ।

भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि महत्त्वपूर्ण भूमिका छ ।’ पछिल्लो समय राजतन्त्र पुनस्थापनाको कलाविहीन नाटक प्रदर्शन भइरहेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले यसले पनि समाजवादी क्रान्तिको यात्रामा अघि बढ्न सहयोग भएको बुझ्नुपर्ने बताए । ‘

अहिले फेरि राजतन्त्र पुनस्थापनाको कलाविहीन नाटक प्रदर्शन गरेर नेपाली जनता अझै जागरुक हुन र समाजवादी क्रान्तिको यात्रामा अघि बढ्न नयाँ सकंल्पको आधार तयार गरेका छन् । यसमा पनि ज्ञानेन्द्र शाहको भूमिका महत्त्वपूर्ण नै हुन्छ भनेर बुझ्नुपर्छ,’ प्रचण्डले भने ।

यस्तै ‘प्रचण्ड’ले गणतन्त्र पक्षधर सबै शक्तिलाई एक ठाउँमा आउन अपिल गरेका छन् । ‘म संविधानसभाबाट नयाँ संविधान निर्माण पक्षधरहरूलाई गम्भीर आत्मसमीक्षा गरी मिलेर जान अपिल गर्छु । गणतन्त्र पक्षधरहरू मिलेर मात्रै सबै समस्या समाधान गर्न सकिन्छ ।

राजावादीहरूको सक्रियताले नयाँ विचार, नयाँ सिद्धान्त र नयाँ रणनीतिको खोजी गर्ने अवसर हो’, उनले भने । कार्यक्रममा प्रचण्डले राजनीतिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र एउटा युगान्तकारी उपलब्धि भएको दाबी गरे ।

तर त्योभन्दा पनि ठूलो कुरा नयाँ संविधानमा इतिहासमै पहिलोपटक नेपाली जनतालाई सार्वभौम सम्पन्न अधिकारद्वारा सुसज्जित गरेको उनले बताए । यता सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले भने भारतको उक्साहटमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनी पक्षधरले नेपालको गणतन्त्र कमजोर बनाउने उद्देश्यसहित चलखेल बढाएको निष्कर्ष निकालेको छ ।

सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले विशेष प्रस्ताव पारित गर्दै त्यस्तो निष्कर्ष निकालेको हो । ‘पूर्वराजा शाह र उनी पक्षधरको पछिल्लो सक्रियता र चलखेल कसैको उक्साहट र सुनियोजित ढङ्गले गणतन्त्र कमजोर बनाउने प्रयास भइरहेको छ भन्ने एमालेको निष्कर्ष हो’, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्, ‘कसैको उक्साहट नभएको भए यो बेलामा राजतन्त्र वा राजा फर्काउने भनेर गतिविधि बढ्ने थिएन ।’

यता पूर्वराजा शाह पोखराबाट काठमाडौँ आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको बाक्लो भीड देखेका राजावादीहरू हौसँदै पुन राजसंस्था र हिन्दु राष्ट्र फर्काउन सकिने भन्दै पूर्वपञ्चहरु एकत्रित हुने प्रयास गरिरहेका छन् ।

त्यसका लागि उनीहरुले पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा समिति नै गठन गरेको बताएका छन् । यद्यपि सुवेदी नेतृत्वको समिति गठन हुँदा नहुँदै चर्को विवाद र असहमति प्रकट भइसकेको छ । राजावादी प्रमुख शक्तिहरुलाई नै बाइपास गरिएको भन्दै राप्रपा र राप्रपा नेपाल भित्रैबाट यसको विरोध भएको छ ।

Tags: #ज्ञानेन्द्र गणतन्त्र ल्याउने भिलेन#प्रचण्ड

लोकप्रीय

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२

विचार

थप समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै
खेलकुद

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै

शुक्रबार अशोज २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.