NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ? मङ्लबार पुस १५ , २०८२
Unlock Exclusive Bonuses at John Vegas Casino: Your Ultimate Bonus Request Template मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री मङ्लबार पुस १५ , २०८२
नामको होइन कामको बनोस् रवि–बालेन–कुलमानबीचको एकता मङ्लबार पुस १५ , २०८२
Next
Prev

समाचार

विश्व बैंकको नजरमा कस्तो छ नेपालको अर्थतन्त्र ?

सोमवार चैत्र ११ , २०८१
Reading Time: 1 min read
A A
विश्व बैंकको नजरमा कस्तो छ नेपालको अर्थतन्त्र ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ चैत , काठमााण्डौ ।

दक्षिण एसियामा आर्थिक संकट भोगेर सुधारको मार्गमा अघि बढिरहेका दुई प्रमुख उदाहरण हुन्, श्रीलंका र माल्दिभ्स। आर्थिक रूपले टाट पल्टिएको श्रीलंका अहिले क्रमशः स्थायित्वतर्फ उन्मुख देखिन्छ, भने पर्यटनमा निर्भर रहेको माल्दिभ्स भारत र चीनको भूराजनीतिक खेलबीच आर्थिक संकट भोगेर पुनः स्थिरताको दिशामा अघि बढिरहेको छ।

नेपाललाई पनि पटक–पटक श्रीलंका र माल्दिभ्सको बाटोतर्फ उन्मुख भएको बताइए पनि वास्तविकता त्यति भयावह भइसकेको छैन। तर, आर्थिक सबलीकरण र स्रोतको अधिकतम उपयोग गर्ने मामिलामा नेपाल अझै पछि नै छ।

विश्व बैंकले हालै सार्वजनिक गरेको नेपाल राष्ट्र आर्थिक परिदृश्य प्रतिवेदन अनुसार नेपाल, श्रीलंका र माल्दिभ्सको आर्थिक सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन। काठमाडौंमा आयोजित उक्त प्रतिवेदन सार्वजनिक कार्यक्रममा विश्व बैंकका दक्षिण एसियाली निर्देशक डेभिड सिस्लेनले यी मुलुकहरूका आर्थिक अवसरहरूलाई अझ प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

नेपाल अहिले नै संकटग्रस्त अवस्थामा नभए पनि आर्थिक सुधारका लागि ठोस नीतिगत पहल आवश्यक रहेको स्पष्ट संकेत यस अध्ययनले दिएको छ। ‘गरिबी न्यूनीकरणमा नेपालको सफलता उल्लेखनीय छ तर मुलुकको आर्थिक सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन’, उनले भने, ‘नेपालसँग आप्रवासनको प्रतिफल वृद्धि गर्ने, निर्यात बढाउने, जलविद्युतको कुशलतापूर्ण उपयोग गर्ने, र डिजिटलीकरणलाई प्रवद्र्धन गर्नेजस्ता सुधारमार्फत मजबुत आर्थिक वृद्धि हासिल गर्नसक्ने प्रशस्त सम्भावना छ।’

नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको लागि विश्व बैंकले चार सुझावसहितको प्रतिवेदन सार्वजनिक गरेको छ। नेपालले चरम गरिबी लगभग निवारण गरेर गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै विश्व बैंकलेभविष्यमा सुदृढ आर्थिक वृद्धि हासिल गर्न नेपालले आन्तरिक अवसरहरूलाई खुल्ला गर्ने नीतिगत कदमहरूलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ।

निर्यातमा गिरावट, औद्योगिक क्षेत्रको गतिहीनता र न्यून उत्पादकत्वजस्ता संरचनागत चुनौतीहरूले नेपालको अर्थतन्त्रलाई पछाडि धकेल्नुका साथै गैर–कृषि क्षेत्रमा रोजगारी सिर्जना सुस्त भएको छ र आन्तरिक रोजगारी अवसर सीमित हुँदा युवा श्रमिकहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको प्रतिवेदनमा उल्लेख छ ।

हरेक पाँच वर्षमा तयार गरिने नेपाल राष्ट्रगत आर्थिक परिदृश्यले प्रमुख क्षेत्रमा तीव्र आर्थिक वृद्धिको मार्गचित्र प्रदान गरेको हो। यसले नेपालको आर्थिक सम्भावनालाई उजागर गर्न चार प्रमुख क्षेत्रहरूमा नीतिगत सुधारको सिफारिस गरेको छ।

जसमा आप्रवासनलाई व्यवस्थित गर्दै सोबाट थप लाभ उठाउने, वैदेशिक रोजगारीमा गएर फर्किएकाहरुलाई आन्तरिक बजारमा व्यवस्थापन गर्ने तथा सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ।

यस्तै नेपालको निर्यातलाई थप मजबुत बनाउन मुख्य क्षेत्रका बजारलाई प्रतिस्पर्धी बनाउदै निर्यात बढाउन सकिने तथा मुद्रास्फीतिको दबाबलाई व्यवस्थापन गर्न निर्यातकर्ताको मूल्य प्रतिस्पर्धालाई समेत सम्बोधन गर्न प्रतिवेदनले सुझाएको छ।

व्यवसायले आयातित वस्तुमा कर फिर्ता प्राप्तिको प्रणाली सरलीकरण र आयात कर कटौतीले निर्यातकर्तालाई थप निर्यातका लागि सहज बनाउने उल्लेख गर्दै अल्पविकसित राष्ट्रको रूपमा प्राप्त गर्ने व्यापार सुविधा कटौती हुने अवस्थालाई मध्यनजर गर्दै थप सुविधायुक्त व्यापार सम्झौताहरू खोज्न सुझाव दिएको हो ।

जलविद्युतको सम्भावना उपयोगलाई जोड दिएको विश्व बैंकले जलविद्युत् विकासका लागि स्पष्ट वित्तीय रणनीति निर्माण गर्दै आवश्यक लगानी आकर्षित गर्नुपर्ने उल्लेख गरेको छ।

जसमा स्थानीय बचतपत्र बजारको विकास तथा ठूला सार्वजनिक–निजी साझेदारी पीपीपीका ठूला परियोजनाहरूका लागि प्रभावकारी ढाँचा निर्माण गर्दै प्रशासनिक झन्झट घटाएर र इजाजत लाइसेन्स प्रक्रियालाई सरलीकरण गर्नुका साथै नियमन तथा कानुनी संरचनालाई सशक्तीकरण गर्नुपर्ने उल्लेख गरिएको छ।

यसले नेपालको विद्युत बजार संरचना सुधार गर्ने र थप लगानी आकर्षित गर्ने प्रतिवेदनमा छ। यस्तै प्रतिवेदनले नेपालको डिजिटल क्षेत्रमा सुधार ल्याउन दूरसञ्चार ऐन परिमार्जन गर्नुका साथै डिजिटल रणनीति अवलम्बन र डिजिटल पूर्वाधारको विकास गर्नुपर्ने बताएको छ।

Tags: #विश्व बैंक#मल्दिभ्सनेपाल र श्रीलंकाको अवस्था उस्तै

लोकप्रीय

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२

Unlock Exclusive Bonuses at John Vegas Casino: Your Ultimate Bonus Request Template

मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२

विचार

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२

Unlock Exclusive Bonuses at John Vegas Casino: Your Ultimate Bonus Request Template

मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२

थप समाचार

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?
समाचार

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२
articles_john vegas casino_2025-12-30

Unlock Exclusive Bonuses at John Vegas Casino: Your Ultimate Bonus Request Template

मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश
ताजा समाचार

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री
समाचार

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२

Unlock Exclusive Bonuses at John Vegas Casino: Your Ultimate Bonus Request Template

मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.