NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट बुधबार साउन २१ , २०८२
उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

देश उज्यालो बनाउनेलाई अँध्यारोमा धकेल्ने सरकार !

मङ्लबार चैत्र १२ , २०८१
Reading Time: 1 min read
A A
भारतसँगको विद्युत व्यापार सम्झौतमा सेटिङ ?मूल्य सबैभन्दा सस्तो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ चैत , काठमाण्डौ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयले देशभरि आक्रोशको ज्वाला बलिरहेको छ । एक समय देशलाई लोडसेडिङको कहरबाट मुक्त गराएर ‘उज्यालो युग’ सुरू गर्ने व्यक्ति आज आफ्नै सरकारको अन्यायको सिकार बनेका छन् ।

सरकारको यो कदमलाई कतिपयले ‘रातो टीका लगाएर कालो काम’ भनेका छन्, भने कतिले ‘जनताको उज्यालो चोर्न खोजिएको’ आरोप लगाएका छन् । सामाजिक सञ्जालदेखि सडकसम्म विरोधको लहर उठेको छ ।

LS Auto

यो निर्णयले न केवल नागरिक तहमा आक्रोश फैलिएको छ, बरु सत्ता गठबन्धनभित्रै भयंकर असन्तुष्टि देखिएको छ । सत्तारूढ दल नेपाली कांग्रेसभित्रै सरकारको निर्णयप्रति असन्तोष बढिरहेको छ ।

पार्टीका शीर्ष नेताहरू खुलेर सरकारको निर्णयको विरोध गरिरहेका छन् । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले घिसिङलाई हटाउनु नितान्त गलत निर्णय भएको बताएका छन् ।

गगन थापाले सरकारलाई ‘जनताको विश्वासमाथि प्रहार’ गरेको आरोप लगाउँदै भने, “जनताले सरकारलाई जनताको हितमा निर्णय लिओस् भनेर समर्थन गरेका थिए, तर सरकार उल्टै जनताले मन पराएका पात्रहरूलाई निष्कासन गर्दैछ। यो सरकारको आत्मघाती निर्णय हो।“

यस्तै, विश्वप्रकाश शर्माले सरकारको यो कदमले ‘जनताको उज्यालो चोर्न खोजिएको’ भन्दै सरकारको नैतिकता माथि प्रश्न उठाएका छन्। उनले सरकारको रवैयालाई ‘अलोकतान्त्रिक’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन— “जब नेतृत्व जनताको हितमा होइन, केही सीमित समूहको स्वार्थमा निर्णय गर्छ, तब त्यस्तो नेतृत्वले जनताको समर्थन गुमाउने दिन टाढा हुँदैन। कुलमान घिसिङमाथि भएको यो अन्याय तत्काल सच्याइएन भने सरकार गम्भीर संकटमा पर्न सक्छ।“

प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सरकारको यो निर्णयप्रति कडा असहमति जनाएका छन् । उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सरकारको निर्णयको आलोचना गर्दै भनेका छन् ।

“देश अँध्यारोमा डुबेको बेला कुलमानको हातले उज्यालो ल्यायो। आज त्यही हातलाई सरकारले जबर्जस्ती काट्न खोजेको छ। यस्तो निर्णय सह्य हुँदैन।“ माओवादीका अन्य नेताहरूले समेत यो निर्णयलाई ‘निन्दनीय’ भन्दै सरकारको कदमप्रति असन्तोष प्रकट गरिरहेका छन् ।

कतिपय माओवादी नेताहरूले यसलाई ‘सरकारको कमजोरी’को रूपमा लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका अन्य दलहरूले पनि सरकारको कदमप्रति आक्रोश व्यक्त गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेले भने, “यो सरकारले जनताको सेवामा समर्पित व्यक्तिहरूलाई हटाएर भ्रष्ट र अयोग्यहरूलाई अघि सार्ने काम गरिरहेको छ । कुलमान घिसिङलाई हटाउनु भनेको जनताको उज्यालो चोर्नु हो।“

यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई आक्रोशपूर्ण भाषामा चेतावनी दिँदै भने, “जनताको मन जितेका पात्रलाई हटाएर सरकारले कसलाई ल्याउन खोजेको छ? जनताले चुप लागेर हेर्ने छैनन!“ नागरिक समाजमा पनि सरकारको यो कदमको व्यापक विरोध भइरहेको छ । विभिन्न अभियन्ताहरूले सरकारको निर्णयलाई ‘जनविरोधी’ भन्दै विरोधका कार्यक्रम घोषणा गरेका छन् ।

सरकारले कुलमान घिसिङलाई हटाउन पटकपटक विभिन्न आरोप लगाउँदै आएको छ। साउनयता मात्रै उनलाई चार पटक मन्त्रीस्तरीय निर्णय र एक पटक मन्त्रिपरिषद्को निर्णयमार्फत स्पष्टीकरण सोधिएको थियो ।

तर, भित्री कारण अर्कै छ । भित्री समाचार स्रोतहरूका अनुसार कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई भ्रष्टाचारमुक्त बनाउन अपनाएको कडा नीति केही सत्तासीन नेताहरूलाई मन परेको थिएन । विशेषगरी, विद्युत् चोरी र बक्यौता उठाउने नीतिका कारण केही ठूला व्यापारी र राजनीतिक व्यक्तित्वहरू आक्रोशित बनेका थिए ।

कुलमान घिसिङले विद्युत् चोरी नियन्त्रणमा कडाइ गर्दै आएका थिए, जसले विद्युत् माफियाहरूलाई ठूलो नोक्सान पु¥याएको थियो । तर, सरकार ती माफियाहरूको पक्षमा उभिएर कुलमानलाई बलिको बोको बनाएको छ ।

यसबाहेक, अन्तर्राष्ट्रिय रूपमा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चाहने केही विदेशी संस्थाहरूले पनि कुलमानको कडा नीति मन पराएका थिएनन् । कतिपयले सरकारमाथि ‘कुटनीतिक दबाब’ परेको अड्कल पनि गरेका छन् ।

जनताको एउटै प्रश्नः सरकार कसको पक्षमा छ ? कुलमान घिसिङलाई हटाएपछि जनताको एउटै प्रश्न उठेको छ— “देशलाई अँध्यारोबाट मुक्त गर्ने नायकलाई हटाएर सरकारले कोको लागि ठाउँ खाली गरिरहेको छ?“ के यो निर्णय कुनै निश्चित समूह वा व्यक्तिलाई फाइदा पु¥याउन गरिएको हो?

के सरकार केही विशेष व्यापारीहरूको स्वार्थ पूरा गर्न लागिपरेको छ ? यस्तो निर्णयले सरकारको लोकप्रियता गिर्ने निश्चित छ । यदि सरकारले आफ्नो निर्णय सच्याएन भने, यसले सत्तारूढ गठबन्धनभित्रकै असन्तुष्टि चुल्याउने र अन्ततः सरकारलाई नै संकटमा पार्ने सम्भावना बलियो देखिन्छ ।

जनताले आज कुलमान घिसिङलाई हटाएको खबर सुनेर प्रश्न गरिरहेका छन— “हिजो उज्यालो दिने हात आज किन अँध्यारोमा धकेलियो?“ सरकारसँग अब दुई विकल्प मात्र बाँकी छ— या त आफ्नो निर्णय सच्याएर कुलमान घिसिङलाई पुनः बहाल गर्ने, या जनताको आक्रोश सामना गर्ने! के सरकार यसका लागि तयार हो ?

Tags: #नेपाल विद्युत् प्राधिकरण#सरकार सच्चिने कि सक्किने ?

लोकप्रीय

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२

विचार

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२

थप समाचार

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने
आर्थिक

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान
Featured

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने
खेलकुद

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट
खेलकुद

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

World News:स्पेनले अमेरिकी एफ ३५ नकिन्ने, पुटिनसंग वार्ता गर्न ट्रम्पको शर्त || Nepal Times

00:14:03

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

00:17:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन कुन नदीमा वहाव बढ्न सक्छ ?

बुधबार साउन २१ , २०८२

हालका पोस्टहरू

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.