NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो  मङ्लबार साउन २० , २०८२
पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ? मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा मङ्लबार साउन २० , २०८२
दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग मङ्लबार साउन २० , २०८२
१० हजार फिट माथि विमानको इन्जिन फेल, टर्बुलेन्स तीन गुणाले बढ्ने सोमवार साउन १९ , २०८२
Next
Prev

समाचार

इजरेल–हमास फेरि युद्धविरामका लागि तयार, विपिन छुटलान् ?

आइतवार चैत्र १७ , २०८१
Reading Time: 1 min read
A A
हमासले जारी गर्याे भावनात्मक भिडिओ,विपिनको अवस्थाबारे सबै बेखबर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ चैत , एजेन्सी ।

नेपालका विपिन जोशी फर्केर आउने आशाकै बीच इजरायल र हमाससमूह युद्धविरामका लागि फेरि सकारात्मक देखिएका छन् । गाजाको हमास समूह इजिप्ट र कतारले पठाएको युद्धविरामको नयाँ प्रस्तावमा सकारात्मक बनेको हो ।

युद्धविरामको मध्यस्थता गरिरहेका इजिप्ट र कतारले हमास समूहलाई इजरायलका पाँच बन्धक रिहा गर्ने र त्यसको बदलामा ५० दिन युद्धविराम गर्ने प्रस्ताव पठाएका छन् । गाजा बाहिर आश्रय लिइरहेका हमासका वरिष्ठ नेता खलील अल–हय्याले इजिप्ट र कतारले पठाएको युद्धविरामको मस्यौदालाई स्वीकार गरेका छन् ।

इजरायल पनि यसमा सकारात्मक बनेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले पनि युद्धविरामको प्रस्तावको जवाफ पठाएको छ । नयाँ प्रस्तावमा दुई पक्षले सहमति जनाएपछि पुनः युद्धविराम लागू हुन सक्छ ।

पछिल्लोपटक युद्धविराम भंग गर्दै इजरायलले गाजामा हवाई आक्रमण जारी राखेको छ भने रफाहमा स्थलगत अपरेशन सुरु गरेको छ । इजरायल र हमासबीच गत जनवरीमा सुरु भएको युद्धविराम यसै महिना तोडिएको थियो ।

पछिल्लो युद्धविरामका क्रममा हमासले ३३ बन्धक मुक्त गरेको छ । यसको बदलामा इजरायलले गाजामा आक्रमण रोकेको थियो भने हजारौँ प्यालेस्टाइनी कैदी रिहा गरेको थियो । हमासले नेपालका विपिन जोशीसहित अझै ५९ जनालाई बन्धक बनाएको छ ।

यसअघि पहिलो चरणको युद्धविराम कार्यान्वयन भइसकेपछि इजरायलले आक्रमण सुरु गरेको थियो । युद्धविरामको दोस्रो चरणमा बाँकी बन्धक रिहा गर्ने, मारिएका बन्धकहरुको शव फिर्ता गर्ने र इजरायलले गाजाबाट पूर्णरुपमा आफ्ना सैनिक फिर्ता गर्ने भनिए पनि यी दुवै पक्ष युद्धविराम सम्झौतामा अडिग हुन सकेका थिएनन् ।

पछिल्लोपटक अमेरिकाले सबै बन्धकलाई बिनासर्त रिहा गर्न भन्दै हमासमाथि दबाब बढाएपछि इजरायलले अचानक ठूलो आक्रमण सुरु गरेको थियो । यता गाजापट्टीमा हमाससंग फेरि युद्धविरामका लागि तयार भएको इजरायलले उता लेबनानको राजधानी बेरुतमा भने हवाई आक्रमण पुनः शुरु गरेको वाशिङ्टन पोष्टले जनाएको छ ।

इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई हमलाबाट इजरायली सीमाबाट केही माइल टाढा कफर तिबेत शहरमा तीन जनाको मृत्यु र १८ जना घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत वर्ष इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति भएपछि लेबनाको राजधानीमा यो पहिलो हवाई हमला हो । लेबनानी भूभागबाट दुईटा रकेट क्षेप्यास्त्र प्रहार गरिएको रिपोर्टपछि इजरायली सेनाले जवाफी कार्वाही गरिएको बताइएको वाशिङ्टन पोष्टले जनाएको छ ।

शुक्रवार दिउँसो इजरायली सेनाले जवाफी आक्रमणको चेतावनी दिएको थियो । त्यसपछि इजरायली सेनाले दक्षिणी लेबनानको हदथ क्षेत्रमा रहेको एक भवनलाई हिजबुल्लाहको आस्य्रस्थलको संज्ञा दिई आक्रमण गर्ने चेतावनी दिएपछि स्कूल जाने बच्चाहरू लगायत अन्य मानिसहरु सुरक्षित स्थान सम्म जान सडकमा हतारिदै आएका थिए ।

लेबनानी शिक्षा मन्त्रालयले आकस्मिक आदेश जारी गरेर क्षेत्रभरिका सबै स्कूलहरू बन्द गर्न आग्रह गरेको थियो । लेबनानबाट प्रहार गरिएका दुई प्रक्षेपणमध्ये एक इजरायलले अवरोध गर्यो भने अर्को लेबनानकै भूभागमै खसेको थियो।तर हिजबुल्लाहले आफूले रकेट प्रक्षेपण नगरेको बताएको छ ।

हिजबुल्लाहले इजरायल सँगको युद्धविराम सम्झौतामा आफू कायम रहने बताएको छ । यसै बीच लेबनानको हिजबुल्लाह समूहका नेता नाइम कासिमले शनिबार इजरायलले लेबनानमा आक्रमण जारी राखे र लेबनानी सरकारले यसलाई रोक्न कदम नचालेमा अन्य विकल्पहरू अपनाउन बाध्य हुने चेतावनी दिएको अमेरिकी टेलिभिजन सीबीसी न्युजले जनाएको छ ।

नाइम कासिमको यो बयान इजरायलले लेबनानी राजधानी बेरुतमा गत नोभेम्बरमा युद्धविरामपछि पहिलो पटक हवाई हमला गरेपछि आएको हो। इजरायली अधिकारीहरूतर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

Tags: #इजरेल–हमास#गाजामा फेरि युद्धविराम#युद्धविराम#हिजबुल्लाहसंगको युद्धविराम तोडियो

लोकप्रीय

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मङ्लबार साउन २० , २०८२

विचार

थप समाचार

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 
अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा
ताजा समाचार

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मङ्लबार साउन २० , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग

मङ्लबार साउन २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

World News: Ukraineमा सैन्य ड्रोन भ्रष्टाचार, Russia नजिक तेल डिपोमा भी*ष*ण आगलागी || Nepal Times

00:15:11

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२

हालका पोस्टहरू

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मङ्लबार साउन २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.