NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो  मङ्लबार साउन २० , २०८२
पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ? मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा मङ्लबार साउन २० , २०८२
दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग मङ्लबार साउन २० , २०८२
१० हजार फिट माथि विमानको इन्जिन फेल, टर्बुलेन्स तीन गुणाले बढ्ने सोमवार साउन १९ , २०८२
Next
Prev

समाचार

साढे ५ महिनापछि रवि फेरि सभापतिमा

सोमवार चैत्र १८ , २०८१
Reading Time: 1 min read
A A
राजावादी उग्र बनेपछि रवि राजनीतिमा फर्किए ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१८ चैत, काठमाण्डौ।

सहकारी प्रकरणमा कानूनी लडाइँ लडिरहेका रवि लामिछाने साढे ५ महिनापछि फेरि सभापतिका रुपमा आजदेखि पार्टी कामको जिम्मेवारीमा फर्किंदै छन्। पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते पक्राउ परेयता रवि अहिलेसम्म पार्टीको जिम्मेवारीबाट अलग छन्।

पछिल्लो समय देशभरबाट कार्यकर्ताले वर्तमान राजनीतिक घटनाक्रममा कित्ता प्रस्ट पार्न दबाब दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सहकारी प्रकरणमा मुद्दा चलेसँगै डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मा दिएका लामिछानेले आज बैठकको अध्यक्षता आफैँ गर्न लागेका हुन् ।

आज दिउँसो तीन बजे पार्टी कार्यालय बनस्थलीमा लगातार दुई वटा केन्द्रीय समिति बैठक बस्ने भएको छ । पहिलो बैठकको अध्यक्षता सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने छ भने दोस्रो बैठकको अध्यक्षता लामिछानेले गर्नेछन् । आजको बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे नीति तय गर्ने एक पदाधिकारीले बताए ।

‘धनगढीदेखि झापासम्मबाट कार्यकर्ता पंक्तिले पार्टीको लाइन प्रस्ट नहुँदा समस्या भएको भन्दै स्पस्ट नीति तयार गर्न दबाब दिएका छन् । कार्यकर्ताहरूले दबाब बढाउँदा यस विषयमा निर्णय लिनुपर्ने जानकारी सभापति लामिछानेलाई गराइएको थियो ।

उनले भनेका थिए,’श्री ५ र श्री ३ दुबैको पक्षमा अहिले हामी उभिदैनौँ । केही समय चुप रहनु नै उपयुक्त हुन्छ,’ लामिछानेले भनेका थिए । कार्यकर्ता पंक्तिले निरन्तर दबाब बढाएपछि निर्णय लिनका निम्ति आज बैठक राखिएको छ ।

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको मुद्दासमेत परेपछि गत पुस ८ गते सांसद पदबाट निलम्बन भएयता रास्वपाको नेतृत्व उपसभापति डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिका रूपमा सम्हालिरहेका छन्।

अब आज बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा रविलाई सभापतिको जिम्मेवारीमा फर्काउने प्रस्ताव पेस गरिने र पास भएमा आजै बस्ने केन्द्रीय समितिको दोस्रो बैठकको अध्यक्षता लामिछानेले गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

आइतबार बसेको रास्वपा सचिवालयको बैठकले सोमबारका लागि केन्द्रीय समितिको बैठक बोलाउँदै सभापति रविलाई जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो। यद्यपि यो प्रस्ताव आज पहिलो चरण बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि मात्र दोस्रो चरण बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता लामिछानेले गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता झाको भनाइ छ।

तर रास्वपाले यस्तो तयारी गरे पनि लामिछानेको निलम्बित सांसद पद अझै फुकुवा भइसकेको छैन। कास्कीसहित चार जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएपछि गत माघमा रविले सांसद पदबाट गरिएको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष माग पनि राखे।

तर सभामुखले फुकुवा गर्न नमिल्ने भन्दै मानेनन्।  सहकारी ठगी अभियोगमा मुद्दा परेका चार जिल्ला अदालतमध्ये कास्कीमा सम्पत्ति शुद्धीकरणको मुद्दा पनि परेकाले सभामुखले ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७’ बमोजिम रविलाई गत पुस ८ गते सांसद पदबाट निलम्बन गरेका थिए।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बोलाएको गणतन्त्र पक्षधर राजनीतिक दलहरूको सर्वदलीय बैठकमा रास्वपालाई निम्ता गरेर पनि सो नगएको पाइएको छ। प्रधानमन्त्रीको सचिवालयले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगत्तैको लहरमा रास्वपा सभापति वा प्रतिनिधिका लागि सिटको ब्यवस्थापन गरेको दाबी गरेको छ ।

१२ राजनीतिक दलको सहभागिता रहेको बैठकमा राप्रपालाई भने बोलाइएको थिएन । गणतन्त्र पक्षधर दलको बैठकमा एमाले, कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, जसपा नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, नयाँ शक्ति पार्टी र नेकपा विप्लवको सहभागिता रहेको थियो ।

गणतन्त्र पक्षधर दलको बैठकअघि प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्र मन्त्रीहरूसँग छलफल गरेका थिए । सो छलफलमा भने राजावादी राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीसमेत सहभागी थिए ।

Tags: #रास्वपालाई कित्ता प्रस्ट पार्न दबाब#सहकारी प्रकरण#साढे ५ महिनापछि रवि फेरि सभापतिमा

लोकप्रीय

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मङ्लबार साउन २० , २०८२

विचार

थप समाचार

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 
अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा
ताजा समाचार

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मङ्लबार साउन २० , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग

मङ्लबार साउन २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

World News: Ukraineमा सैन्य ड्रोन भ्रष्टाचार, Russia नजिक तेल डिपोमा भी*ष*ण आगलागी || Nepal Times

00:15:11

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२

हालका पोस्टहरू

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मङ्लबार साउन २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.