NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

काठमाडौंमा आज राप्रपासहित कयौंको प्रदर्शन, कस्तो छ सुरक्षा ?

मङ्लबार चैत्र २५ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ चैत , काठमाण्डौ ।

पूर्व घोषित कार्यक्रमअनुसार आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँको बल्खुमा विरोधसभाको आयोजना गर्दैछ । लघुवित्त पीडितहरूले रत्नपार्क क्षेत्र र शिक्षकहरूले माइतीघरमा प्रदर्शन जारी राखेका बेला राप्रपाले बल्खुमा कार्यक्रम गर्न लागेको हो ।

यस्तै आजै माइतीघर मण्डलामा राष्ट्रिय जनमोर्चाले पनि प्रदर्शन गर्दै छ । लघुवित्त पीडित तथा शिक्षकहरुको आन्दोलन शान्तिपूर्ण देखिदा आज राप्रपालाई चैत १५ मा तीनकुनेमा दुर्गा प्रसाईँ र नवराज सुवेदीको नेतृत्वमा भएको प्रदर्शनको गल्ती नदोहोर्याउन र प्रहरीलाई पनि सो दिन भएको सुरक्षा व्यवस्थाको कमजोरीलाई सुधार्न दबाव रहेको छ ।

चैत १५ मा वर्तमान व्यवस्थाविरोधी राजावादी समूहले राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बन्न पुग्यो । उक्त हिंसात्मक प्रदर्शनको मूल आयोजक दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियान भए पनि त्यसमा बलियो साथ नवराज सुवेदी नेतृत्वको राजतन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको पनि थियो ।

साथसाथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित अन्य राजावादी समूहको समेत साथ थियो । राजवादीदेखि दुर्गावादीसम्म एकै ठाउँमा भेला भएर गरेको उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान जानुका साथै तोडफोड, आगजनी र लुटपाटका घटना समेत भए ।

सो घटनाको चौतर्फी आलोचना भइरहेको बेला राप्रपाले राजतन्त्र फर्काउने अभियानस्वरुप आज अर्को प्रदर्शन र आमसभा गर्न लागेको हो । राप्रपाको उक्त प्रदर्शनमा सुवेदी नेतृत्वको समितिको पनि साथ छ ।

समितिका कार्यवाहक संयोजक जगमान गुरुङले राप्रपाको प्रदर्शनमा आफूहरूको साथ रहने बताउँदै राष्ट्रिय झन्डासहित कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेका छन् । गुरुङले शान्तिपूर्ण रूपमा सक्रिय सहभागिता जनाउनका लागि आग्रह गरेका हुन् ।

सो दिन सुरक्षा कमजोरी गरेको भनेर आलोचना खेपेको प्रहरीले आजको कार्यक्रममा चुस्तता कायम गर्ने रणनीति बनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई बल्खु चोकबाट त्रिभुवन विश्वविद्यालय तर्फको सडकमा कार्यक्रम गर्न अनुमति दिएको छ ।

बल्खुको सभामा मात्रै २ हजार भन्दा धेरै प्रहरी परिचालन गर्ने गरी काठमाडौँ प्रहरीले सुरक्षा रणनीति तयार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहरा भन्छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृत्वहरूसँग पनि समन्वय गरिरहेका छौँ, उहाँहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने बताउनुभएको छ ।’

बल्खु क्षेत्रमा ड्रोन र सीसी क्यामेराबाट निगरानी गर्ने प्रहरीको रणनीति छ । बल्खु क्षेत्रमा परिचालित हुने सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागको बिचमा ‘एकीकृत’ सुरक्षा व्यवस्था मिलाउने र सुरक्षा ग्याप हुन नदिने निर्णय गरिएको छ ।

सोमबार साँझ बसेको तीनवटा सुरक्षा निकायका प्रमुखहरूको बैठकले सूचना तलसम्म सेयर गर्ने र सूचनाको ग्याप हुन नदिने निर्णय गरेका हुन् । बल्खुमा बल प्रयोग गर्नुपर्ने अवस्था आएमा सिलसिलेवार बल प्रयोग गर्ने निर्णय गरिएको छ ।

आईजीपी दीपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको बिचमा भएको छलफलमा बल प्रयोग गर्नुपर्ने अवस्था आएमा तीनवटै सुरक्षा निकायसँग समन्वय गरेर सिलसिलेवार बल प्रयोग गर्ने रणनीति अख्तियार गरिएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूले प्रदर्शनस्थलको सूचना संकलन गर्नेछन् । सूचना संकलन गर्न सादा पोसाकका प्रहरी पनि परिचालन गरिएको एसपी अपिल बोहराले बताए । तल्लो तह (जवान) सम्ममा सूचना सेयर गर्ने र सूचनाको ग्याप हुन नदिने सुरक्षा प्रमुखहरूको निर्णयपछि फिल्डमा खटिने सुरक्षाकर्मीहरूलाई ब्रिफिङ गरिएको छ।

प्रदर्शनस्थलको सुरक्षाको लागी काठमाडौँ उपत्यका बाहिरबाट पनि सुरक्षाकर्मी झिकाइएको छ । शिक्षकहरूले माइतीघर मण्डला र लघुवित्त पीडितहरूले रत्नपार्कमा प्रदर्शनको आयोजना गरेका छन् ।

माइतीघर र रत्नपार्कको प्रदर्शनमा अवाञ्छित गतिविधि नहुने प्रहरीको आकलन छ । दुई ठाउँमा १५ सयभन्दा धेरै प्रहरी परिचालन गर्ने गरी सुरक्षा रणनीति तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतहरू बताउँछन् ।

आज मुख्य ३ वटा प्रदर्शन बाहेक काठमाडौँ उपत्यकामा थप ७ वटा प्रदर्शन हुँदै छन् । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले लगनखेलमा प्रदर्शनको आयोजना गरेको छ । जनमोर्चाका अगुवा कार्यकर्ता रोशन दानीका अनुसार लगनखेलमा भेला भएर राजमोले माइतीघर सम्म प्रदर्शन गर्नेछ ।

दानी भन्छन्, ‘हामीले संघीयता खारेजीको माग गरेर ३ दिनदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेका छौँ ।’ आवासीय चिकित्सक, पीछडावर्ग संघर्ष समितिका खगेन्द्र ठाकुर र जनताको खबरदारी नेपालले प्रदर्शनको आयोजना गरेका छन् ।

जनताको खबरदारी नेपालले मृत्युदण्ड दिने कानुन ल्याउन माग गरेर प्रदर्शनको आयोजना गरेको बताइएको छ । राष्ट्रवादी साझा संगठन नेपालकी माया माण्डेले राजतन्त्र पुनस्र्थापनाको माग राखेर माइतीघरमा धर्ना कार्यक्रम गर्दै आएकी छन् ।

मंगलबार १० वटा प्रदर्शनको कार्यक्रम आयोजना भएको र सबै कार्यक्रममा आवश्यक सुरक्षा प्रबन्ध गरिएको एसपी अपिल बोहराले बताए । यता यसैले गर्दा आज विहानैदेखि काठमाडौँ उपत्यकामा सवारीसाधन सञ्चालनमा असर देखिएको छ ।

ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सवारीसाधन चलाउनेहरूलाई आग्रह गरेको छ । खासगरी राप्रपाले बल्खुलाई केन्द्र बनाएर विभिन्न स्थानबाट जुलुस निकाल्ने हुँदा ट्राफिक प्रहरीले यातायात डाइभर्सन गर्ने भएको हो ।

डाइभर्सन गरिने मुख्य स्थानमा खसीबजार–मकालु, कलंकी चोक–बाफल, बल्खु चोक–कुलेश्वर, कालीमाटी चोक–टेकु, कीर्तिपुर–सुन्दरीघाट, सानेपा–एकान्तकुना रहेको छ । यस्तै आवश्यक परेमा थप गरिने डाइभर्सन प्वइन्टमा त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर रहेको छ ।

आज कार्यक्रममा सहभागी हुन सवारीसाधन लिएर आउने व्यक्तिहरूले पार्किङ गर्ने स्थानहरूमा त्रिवि गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ), चोभार सुख्खा बन्दरगाह, नयाँबसपार्क, सीतापाइला–बाफल सडकखण्डमा एक लाइनमा व्यवस्था गरिएको छ ।

राप्रपाको आजको प्रदर्शन पनि शान्तिपूर्ण नहुन सक्ने बुझाइकै साथ स्थानीय प्रशासनले पार्टीले माग गरेको भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिएको हो । सुरक्षा संवेदनशीलता देखाउँदै आइतबार प्रशासनले सिफल वा बल्खु क्षेत्रमा प्रदर्शन गर्न भनेको थियो ।

भृकुटीमण्डपमा आमसभा आयोजना गर्ने गरी राप्रपाले चैत २२ मै प्रशासनलाई इमेल पठाएको थियो । सो पत्रका सन्दर्भमा उक्त स्थानमा कार्यक्रम आयोजना गर्न अन्य आन्दोलनका कार्यक्रमहरू (शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमहरू लगायत पूर्व निर्धारित कार्यक्रमहरू) पनि भइरहेकाले अनुमति दिन नसकिएको प्रशासनको भनाइ थियो ।

‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मूल नाराका साथ वर्तमान व्यवस्था विरोधी दल राप्रपाले ‘नवीन समझदारी’का लागि भन्दै गर्न लागेको प्रदर्शन शान्तिपूर्ण बनाउनुपर्ने चुनौती छ । तर चैत १५ को मूल आयोजक राप्रपा नभएको परिस्थितिमा भएको घटनालाई चिर्न राप्रपाले शान्तिपूर्ण प्रदर्शन गर्दै उदाहरणीय दलको रूपमा उभ्याउनुपर्ने चुनौती पनि छ ।

यसबीच राप्रपाले आजको बागमती प्रदेशस्तरीय प्रदर्शन तथा आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको छ । सोमबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बल्खुमा हुने आमसभालाई शान्तिपूर्ण बनाउन हजारौँ स्वयंसेवक खटाउने र आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको हो ।

आफ्ना कुनै नेतालाई पक्राउ गर्दैमा आफूहरूको आन्दोलन कमजोर नहुने भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्राउ गरे आन्दोलन अझ निर्णायक हुने चेतावनी दिएका छन् । चैत १५ को प्रदर्शनमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा हाल प्रहरी हिरासतमा छन् ।

Tags: #काठमाडौंमा आज प्रदर्शन#काठमाडौंमा आज प्रदर्शन नै प्रदर्शन

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Chinaले Israelको निन्दा, Iranलाई अमेरिकी चेतावनी || Nepal Times

World News: Chinaले Israelको निन्दा, Iranलाई अमेरिकी चेतावनी || Nepal Times

00:11:37

World News: बोस्टनमा प्लेन चिप्लियो, Air India लाई फेरि बमको धम्की || Nepal Times

00:18:53

World News: पश्चिम एसियामा Americaलाई खतरा, पनडुब्बीमा अस्ट्रेलियालाई Trumpले डुबाउने || Nepal Times

00:13:49

World News: China को दुर्लभ खनिजमा अमेरिकी आँखा, रूसमाथि ईयूको नयाँ प्रतिबन्ध || Nepal Times

00:10:48

World News: Germany बंकर सुधार्दै, ४०० प्रतिशत हवाई रक्षा बढाउन नेटोको सुझाव || Nepal Times

00:11:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

स्थानीय तह चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना

नेपालमा कति छ प्रहरीको संख्या ?

आइतवार साउन २७ , २०८१
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.