३१ चैत , विराटनगर।
विराटनगरस्थित बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टले विद्यार्थीहरुका लागि १० दिने बेकरी तालिम सम्पन्न गरेको छ ।
यसै शैक्षिक सत्रदेखि संचालनमा आएको स्कुलले कक्षा ११ का विद्यार्थीहरुका लागि निःशुल्क रुपमा बेकरी तालिमको आयोजना गरेको हो ।
शैक्षिक क्यालेन्डर अनुशार स्नातक तहमा मात्रै बेकरीको अध्ययन र प्रयोगात्मक पाक कला हुने भएपनि विद्यार्थीको दक्षता र समयानुकुल क्षमता अभिबृद्धिका लागि निःशुःल्क रुपमा बेकरी तालिम आयोजना गरिएको बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टका प्रवन्ध निर्देशक मनोज राजवंशीले जानकारी दिए ।
आफूहरुले विद्यार्थीहरुको विकासका लागि अभिभावसँग जनाएको प्रतिवद्धता र घरमै केक लगायतका बेकरी बनाएर खान सकियोस् भनेर ११ कै विद्यार्थीहरुलाई बेकरी तालिम दिइएको उनले जानकारी दिएका छन् ।
तालिमममा सहभागी ४ दर्जनभन्दा बढी विद्यार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको उनले बताए ।
स्नातकमा सिक्नसकिने बेकरी तालिम बेएसएनले कक्षा ११ मा सिकाएको भन्दै सहभागि विद्यार्थीहरुले पनि खुशी ब्यक्त गरेका छन् ।
राजवंशीले एसईई दिएर बसेका विद्यार्थीहरुका लागि पनि केही दिनमै १० दिने निःशुल्क बेकरी तालिम सुरु गर्ने समेत बताएका छन् ।
एसईईपछि होटल म्यानेजमेन्ट अध्ययन गर्ने योजना बनाएका विद्यार्थीहरुलाई लक्षित गर्दै निःशुल्क बेकरी कोर्स सुरु गर्न लागिएको उनले बताएका छन् ।
यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई प्लस टु मै दक्ष बनाउने गरी विराटनगरमा एक्सक्लुसिभ बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टको स्थापना भएको राजबंशीले बताएका छन्।
अहिले बीएसएनको पहिलो ब्याचमा ५ दर्जन भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।