NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ? आइतवार अशोज १९ , २०८२
आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ? शनिबार अशोज १८ , २०८२
ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु शनिबार अशोज १८ , २०८२
२० गतेसम्म काठमाडौं भित्रिन र बाहिरिन बन्द, नाकामा माइकिङ शनिबार अशोज १८ , २०८२
खराब मौसमले काठमाडौंमा नाकाबन्दी लाग्यो शनिबार अशोज १८ , २०८२
Next
Prev

समाचार

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ २ , २०८२
Reading Time: 1 min read
A A
ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ जेठ , विराटनगर ।

काठमाडौं मेडिकल कलेज (केएमसी) ले ब्रेन डेड डोनरमार्फत अंगदान सफलतापूर्वक सम्पन्न गरेको छ ।

आफ्नो इतिहासमा एउटा ऐतिहासिक सफलता हासिल गर्दै ब्रेन डेड डोनरमार्फत अंगदान सफलतापूर्वक सम्पन्न गरेको केएमसीले दाबी गरेको छ । यो ब्रेन डेड व्यक्तिबाट अंगदान गरिएको उपलब्धि नेपालकै सन्दर्भमा छ्रैटौं दुर्लभ घटना भएको केएमसीको दाबी छ ।

LS Auto

दुर्लभ र संवेदनशील यो प्रक्रियामा ब्रेन डेड घोषित व्यक्तिबाट जीवनदायी अंगहरू कलेजो र दुईवटा मिर्गौला दान गरिएका हुन्। ब्रेन डेड भएका १८ वर्षीय दोर्जेमान तामाङ धादिङको गजुरी गाउँपालिका–७ निवासी थिए।

काठमाडौंको नारायणगोपाल चोकमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङलाई उपचारका क्रममा चिकित्सकीय परीक्षणपछि ब्रेन डेड घोषणा गरिएको थियो। त्यसपछि, उनका बुबा र दाजुको सहमतिमा अंगदान प्रक्रिया सम्पन्न गरिएको हो।

केएमसीका वरिष्ठ चिकित्सक डा. रोशन घिमिरेको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले मृतकबाट प्राप्त अंगहरू शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हस्तान्तरण गरेको थियो। ती अंगहरू दुईजना बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको केएमसीले बताएको छ ।

केएमसीले भनेको छ,अंगदानको क्षेत्रमा यो उल्लेखनीय प्रगति आफ्नो चिकित्सा सेवा र सामाजिक उत्तरदायित्वको प्रतिबद्धताको प्रमाण हो ।

यो सफलताले अंग प्रत्यारोपण सेवामा केएमसीलाई मात्रै नभई समग्र देशकै चिकित्सा प्रणाली र जनचेतनालाई सकारात्मक दिशातर्फ अघि बढाएको केएमसीले जनाएको छ ।

ब्रेन डेड भन्नाले मानिसको मस्तिष्क पूर्णरूपमा काम गर्न छाडेको अवस्था हो, जुन अवस्था अपरिवर्तनीय हुन्छ। ब्रेन डेड व्यक्ति श्वासप्रश्वास, मुटुको धड्कन जस्ता कार्य कृत्रिम जीवन समर्थन प्रणाली अर्थात भेन्टिलेटर आदि मार्फत मात्र चलिरहेका हुन्छन्। तर, चेतना, प्रतिक्रिया, मस्तिष्क क्रिया सम्पूर्णरूपमा बन्द भइसकेको हुन्छ।

चिकित्सकीय रूपमा यस्तो व्यक्ति कानुनी रूपमा मृत मानिन्छ। तर ब्रेन डेड डोनरमार्फत अंगदान गरेर अन्य ब्यक्तिलाई बचाउन सकिन्छ । यो भन्नाले, ब्रेन डेड भइसकेको व्यक्तिबाट उसका स्वस्थ अंगहरू जस्तैः मुटु, कलेजो , मिर्गौला, फोक्सो लगायत निकाली अर्काे बिरामीलाई प्रत्यारोपण गर्ने प्रक्रिया हो।

ब्रेन डेड डोनरले एउटै समयमा ८–१० जना मानिसको जीवन बचाउन सक्ने सम्भावना रहने चिकित्सकहरु बताउँछन् । नेपालमा अंग प्रत्यारोपण केन्द्र रहेको छ, र कानुनी रूपमा पनि ब्रेन डेड डोनरबाट अंगदान गर्न सकिने व्यवस्था छ ।

अंगदान गर्न डोनरका परिवारको सहमति आवश्यक हुन्छ। तर जनचेतना र अंगदानप्रतिको सकारात्मक दृष्टिकोणको अझै कमी रहेको चिकित्सकहरु बताउँछन् ।

अस्पताल प्रशासनका अनुसार, निकट भविष्यमा केएमसीले लिभर ट्रान्सप्लान्ट जस्तो जटिल र जीवनरक्षक शल्यक्रिया सुरु गर्ने तयारी गरिरहेको छ। यसका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र उपकरणहरू जुटाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ ।

केएमसी नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माको स्वामित्वमा रहेको संस्था हो ।

सांसदको सेवा सुविधा समेत नलिने निर्णय गरेका डा शर्माले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएका छन्।

शिविरमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाउदै आएको डा. शर्माले बताएका छन् ।

Tags: #केएमसी#ब्रेन डेड अंगदान

लोकप्रीय

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

आइतवार अशोज १९ , २०८२
आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

शनिबार अशोज १८ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२

विचार

थप समाचार

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?
ताजा समाचार

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

आइतवार अशोज १९ , २०८२
आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?
अन्तर्राष्ट्रिय

आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

शनिबार अशोज १८ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी
अन्तर्राष्ट्रिय

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२
कस्तो रहनेछ आजको मौसम ?
ताजा समाचार

२० गतेसम्म काठमाडौं भित्रिन र बाहिरिन बन्द, नाकामा माइकिङ

शनिबार अशोज १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गभर्नमेन्ट सटडाउन नै Trumpको हति*यार,Gazaमा रोकियो ब*म*बारी || Nepal Times

World News: गभर्नमेन्ट सटडाउन नै Trumpको हति*यार,Gazaमा रोकियो ब*म*बारी || Nepal Times

00:19:05

World News: राष्ट्रपतिविरुद्ध स्टाटस लेख्दा मृ*त्युदण्ड,गा*जाका कारण इटलीमा हड्ता*ल || Nepal Times

00:24:04

World News: बेलायतमा आतं*कवा*दी ह*म*ला, विलियमले राजतन्त्रमा परिवर्तन गर्ने || Nepal Times

00:17:22

World News: इन्डोनेसियामा भवन ढ*ल्दा ९१ को मृ*त्यु, Pakistanको वि*स्फो*टमा भारतको हात || Nepal Times

00:16:36

World News: Netanyahuले माफी मागे,Chinaमा एकै परिवारका 11 जनालाई मृ*त्यु*दण्ड || Nepal Times

00:16:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

बुधबार अशोज १५ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

शुक्रबार अशोज १७ , २०८२
कस्तो रहनेछ आजको मौसम ?

आज अधिकांश स्थानमा वर्षा, पहाडी क्षेत्रमा भारी वर्षा

बुधबार अशोज १५ , २०८२

हालका पोस्टहरू

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

आइतवार अशोज १९ , २०८२
आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

शनिबार अशोज १८ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.