बागमतीको डाइभर्सन बाढीले बगायो, यात्रु अलपत्र

बागमतीको डाइभर्सन बाढीले बगायो, यात्रु अलपत्र

५ जेठ , काठमाण्डौ ।

मौसम पूर्वानुमान महाशाखाले आजदिउँसो देखि भोलि विहानसम्म वर्षा र हिमपात हुने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । आज विहानैदेखि सबै प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो र राति सबै प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना रहेको जानकारी दिएको छ । कोशी प्रदेशमा दिउसो हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै राति हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

उता मधेस प्रदेशमा दिउँसो थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोमा राति थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै बागमती प्रदेशमा दिउँसो हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति भने हिमाली क्षेत्रका आंशिक देखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  गण्डकी प्रदेशमा दिउँसो हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी प्रदेशमा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कर्णाली प्रदेशमा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भने सुदूरपश्चिम प्रदेशमा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना छ।

पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

वर्षा र हावाहुरीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

उता सोमबार राति परेको अविरल वर्षाका कारण मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा पर्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ।

बागमती खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बाढीले बगाउँदा उक्त सडक खण्डमा गए रातिदेखि नै सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको मकवानपुर प्रहरीले जनाएको छ।

कान्ति लोकपथ अन्तर्गतको बागमती पुल नजिक मर्मत कार्य भइरहेको बेला खोलाको बहाव एक्कासी बढेपछि डाइभर्सनमा प्रयोग गरिएका ह्युमपाइहरूसमेत बाढीले बगाएको प्रहरीले जनाएको छ।

सडक अबरुद्ध हुँदा यात्रुहरू बीचमै अलपत्र परेका छन् भने सवारी साधन जाममा परेका छन्। वर्षा अझै जारी रहेकाले तत्काल डाइभर्सन पुनः निर्माणमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.