NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

चोर शब्दमा संसदमा बबाल, रेकर्डबाट हटाउन माग, भयो चर्काचर्की

आइतवार असार १५ , २०८२
Reading Time: 1 min read
A A
चिहानघारी पनि नेताले छाडेनन्! संसदमा प्रश्न उठाएपछि खपिनसक्नु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१५ असार , काठमाण्डौ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानविन आयोगको माग गर्दै लगातार संसदमा हुँदै आएको अवरोध आजपनि जारी रह्यो, प्रतिपक्षी दल रास्वपा र राप्रपाले बहिष्कार गरेका छन् ।

तर उनीहरुले आजको प्रतिनिभिसभाको बैठक छाड्नु अघि भने संसदमा चोर शब्दका कारण बबण्डर मच्चिएको छ । यही विषयलाई लिएर सभामुखले समेत सांसदहरुलाई आफ्नो जिम्मेवारी र भूमिकाको स्मरण गराउँदै उत्तरदायित्व स्मरण गराएका छन् ।

बैठकमा हंगामा हुने विषय भने सुमिरे टुुर एन्ड ड्राभल्स बनेको छ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद डीपी अर्यालले सुमिरे टुुर एन्ड ड्राभल्ससम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

आइतबार (असार १५) बसेको संसद् बैठकमा उनले सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको उक्त अभिव्यक्ति हटाउन माग गरेका हुन् ।

शनिबार बैठकमा खतिवडाले सुमिरेले भिजिट भिसाका नाममा बदमासी गरिरहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका थिए । “सुमिरे टुुर एन्ड ड्राभल्स मेरो हो । मेरो समय ठिक चलेको छ । अरूको घडी बिग्रिएको छ भने के भनौँ,” अर्यालले भने, “कसैको निराधार आरोप संसद्को रेकर्डबाट हटिनुपर्छ ।”

रामहरि खतिवडाले सुमिरे टूर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा नेपालीहरूलाई पठाउँदै आएको भनेर विषय उठाएका थिए । ‘सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो ?,’ खतिवडाले भनेका थिए, ‘विगत दश वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा त्यहाँबाट लिएर संसद्मा प्रतिनिधित्व गर्ने र संसद्मा सांसद किनेर पार्टीमा प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ ।’

आइतबार खतिवडालाई जवाफ दिँदै डोलप्रसादले भने, ‘हो म गर्वका साथ भन्छु– सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो ।’ आफू नेपालमै केही गरेर खाने मान्छे रहेको चोरेर खाने मान्छे नरहेको उनले बताए ।

‘मेरो समय ठिकै चलेको छ सभामुख महोदय, अरुको घडीको समय बिग्रेको छ भने म के भनौं ?,’ अर्यालले छेडखान गरे । आफ्नो कम्पनिबाट भिजिट भिसामा गएकाहरू नेपाल नफर्किएको उदाहरण नरहेको पनि उनले बताए ।

आफ्नो कम्पनीले काम गर्दै आएको र गलत नगरेको उनको भनाइ छ । ‘हामीले कस्तो समाज निर्माण गरेछौं र गर्दैर्छौं ? यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिड्नुपर्ने !,’ अर्यालले असन्तुष्टि जनाए ।

आफूहरूले भिजिट भिसाको नाममा भरहेको मानव तस्करीको विषय संसदमा ३२ दिन देखि उठाइरहेको स्मरण गर्दै उनले विषयान्तर गर्नको निम्ति अनावश्यक लान्छना लगाउने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गरे ।

विषयान्तर गराउने प्रयास अन्तर्गत निराधार आरोप लगाउने कार्य स्वीकार्य हुन नसक्ने अर्यालको चेतावनी छ । राजनीतिलाई पेशा बनाएर वर्षौंदेखि राज्यको दोहन गर्नेहरूले पेशा व्यवसाय गरेर खानेमाथि अनावश्यक आरोप लगाएको भनेर उनले सभामुखले त्यस्ता अभिव्यक्तिउपर ख्याल गर्नुपर्ने माग राखे ।

‘मेरो कम्पनीबाट मात्र एक जना मान्छे भिजिट भिसामा जापान होइन, संसारको कुनै देश गएको छ र हामीले पैसा लिएका छौं र फर्किएका छैनन् भने प्रमाण पेश गर्न म चुनौती दिन्छु,’ अर्यालले भने, ‘होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ । म यसमा सभामुखज्यूबाट रुलिङको माग गर्दछु ।’

भिजिट भिसा प्रकरणमा आफूहरूको आन्दोलन जारी रहने पनि उनले बताए । बैठकमा खतिवडाले पनि अर्यालले यसअघि बोलेको ‘चोरको खुट्टा काट् भन्दा फुत्त खुट्टा उचालियो’ उचालियो भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।

“कुनै माननीय सदस्यको नाम लिएको थिएन । चोरको खुट्टा काट् भन्दा फुत्त खुट्टा उचालियो, यस्ता शब्द रेकर्डबाट हटाइयोस्,” खतिवडाले भने । पहिले अर्यालले बोल्ने समय पाएका थिए ।

उनले बोल्दा नियमापत्ति जनाउँदै खतिवडाले बोलेका हुन् । लगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले भने अर्याल र खतिवडा दुवैका उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।

चोर चन्ने अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाएका हुन् । त्यसलगत्तै सभामुखले दुवैलाई सम्बोधन गरे । उनले खतिवडालाई जिम्मेवारीसाथ बोल्न सुझाव दिए ।

उनले भनेः माननीयज्यूहरुले आफूले बोलेको विषयमा जिम्मेवारीसाथ बोल्नुपर्छ र त्यसप्रति जवाफदेही हुनुपर्छ ।  गैरसंसदीय भाषा, एक अर्कालाई आरोप लान्छाना लगाउने र नाम किटेर भन्ने कुरालाई सामान्यतया रेकर्डबाट हटाउने नियमावली र परम्परा छन् ।

यसको मतलब प्रत्येक कुरा सभामुखलाई देखाएर आफूले बोलेका कुराको छिनोफानो गराउनु उचित हुन्छ कि हुँदैन ? प्रत्येक सदस्यले आफूले बोलेको कुरा जिम्मेवारीसाथ प्रमाणित हुने गरी बोल्नुहुने विश्वास लिन्छु ।

जनप्रतिनिधिले त्यही विश्वासका साथ राख्न अनुरोध छ । लगत्तै राप्रपाका ज्ञानेन्द्र शाहीले भिजिट भिसाका विषयमा आफ्ना अडान दोहोर्याएका थिए ।

उनले बोलेसँगै राप्रपाका सांसदहरु पनि बाहिरिएका थिए । लगत्तै नेपाली काग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा समय लिएर बोल्ने आरोप लगाउने र संसद बैठक छाड्ने गरेको भन्दै उनीहरुलाई आगामी बैठकमा बोल्न समेत नदिन माग गरे ।

उनले भने, अहिले संसदमा दैनिक संसदीय कारवाही सुरू भएपछि नियमितरूपमा उठ्ने, गालीगलौज गर्ने, व्यक्तिगत लाञ्छना लगाउने, यो प्रक्रिया चलिरहेको छ । चोर भन्ने, फटाहा भन्ने, मानव बेचुवा भन्ने यो प्रक्रियाको सुरूवात भएको छ । यसलाई अन्त्य गर्नैपर्छ । यो हुन्जेलसम्म संसदको मर्यादा कायम रहन सक्दैन ।

भिजिट भिसाका विषयमा संसदको ध्यानाकर्षण भइसकेको र समिति बनिसकेको अवस्था हो । यो अवस्थामा दैनिक समय प्रदान हुन्छ, त्यसको दुरुपयोग गरेर जुन ढंगले अभिव्यक्ति दिने प्रक्रियाको आरम्भ भएको छ, त्यसपछि म सभामुखज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

यो प्रथालाई अन्त्य गर्नुपर्छ । होइन भने यो संसद गालीगलौजमै सकिन्छ । हामीले पनि त्यही ढंगले प्रतिवाद गर्नुपर्ने हुन्छ । यो प्रक्रियालाई बन्द गर्ने हो भने यस्तो अभिव्यक्ति गर्ने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्छ ।

भिजिट भिसा प्रकरणलाई लिएर नियमितरूपमा संसद्मा विरोध जनाउँदै आएका रास्वपा र राप्रपाका सांसद आज पनि बैठक कक्षबाट बाहिरिएका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ ।

Tags: #चोर शब्दमा संसदमा बबाल

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.