NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त मङ्लबार कार्तिक १८ , २०८२
सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ मङ्लबार कार्तिक १८ , २०८२
रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ? मङ्लबार कार्तिक १८ , २०८२
देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ? मङ्लबार कार्तिक १८ , २०८२
Next
Prev

समाचार

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

आइतवार असार १५ , २०८२
Reading Time: 1 min read
A A
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१५ असार , काठमाण्डौ ।

देशको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको घटनाले एमाले मात्रै होइन यतिबेला देशकै राजनीति तरिंगित छ । दुई कार्यकाल राष्ट्रपति रहिसकेकी भण्डारीले शनिबार एउटा कार्यक्रममार्फत आफू एमाले पार्टीमा फर्केको घोषणा गरेकी छन् ।

एक वर्षदेखिको उनको सक्रियता र राजनीतिमा फर्किने अनुमानलाई सत्य सावित गर्दै उनी एमालेको मुलधारको राजनीतिमा फर्किएकी छन् । तर उनी सक्रिय राजनीतिमा फर्किएसँगै एमालेको एक पंक्ति अबको एमाले अध्यक्ष केपी शर्मा ओली नै रहने दाबी गर्न थालिसकेको छ भने अर्काेथरी ओलीलाई अध्यक्षमा स्वीकार गर्ने गरी विद्याको राजनीतिमा पुन अवतरण नभएको बताउन थालेको छ ।

यससँगै विद्याको राजनीतिमा अवतरणपछि उनले पूर्व राष्ट्र प्रमुखका रुपमा खाइपाइ आएको सेवा सुविधा त्यागको घोषणा गर्नुपर्छ भन्ने ठूलो पंक्तिसमेत देखिइसकेको छ । यसअघि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रमा फर्किसकेका छन् ।

भण्डारी राष्ट्रपति रहँदा पुन उपराष्ट्रपति थिए । दुवै एउटै कार्यकालमा राष्ट्रपति र उपराष्ट्रपति रहेका थिए । जो पुनः राजनीतिमा फर्किएका छन्। राष्ट्रपति र उपराष्ट्रपति रहिसकेका व्यक्ति राजनीतिमा फेरि फर्कनुलाई कतिपयले सकारात्मक रूपमा लिएका छन् भने कसैले आलोचना गरेका छन् ।

गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा.रामवरण यादव र तत्कालीन उपराष्ट्रपति परमानन्द झा अहिलेसम्म राजनीतिमा फर्किएका छैनन् । डा.रामवरण यादवले राष्ट्रपतिका रूपमा कार्यकाल सकेलगत्तै आफू सक्रिय राजनीतिमा नफर्किने बताएका थिए ।

पूर्वराष्ट्रपति भण्डारी र पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्केको विषयलाई पूर्वराष्ट्रपति यादवले सकारात्मक रूपमा लिएका छैनन् । केही समय पहिले उनले राष्ट्रपति र उपराष्ट्रपति पदमा बसेका व्यक्तिले आफ्नो मर्यादा कायम राख्नुपर्ने धारणा राखेका थिए ।

त्यस यता उक्त विषयमा पूर्वराष्ट्रपति यादवले खासै बोलेका छैनन् । एक वर्षको देश दौडाहाको निचोडअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा पुनः फर्किएकी हुन्।

शुक्रबार मदन भण्डारी फाउन्डेसनले गरेको ७४ औँ मदन जयन्तीको अवसरमा ‘जबजका तीन दशक’ विचार गोष्ठीमा करिब चार हजार एमाले नेता–कार्यकर्ताको उपस्थितिमा उनले एमालेमा सक्रिय हुने घोषणा गरिन्।

दिवगंत नेता तथा पति मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद एमालेको मार्गनिर्देशक सिद्धान्त हो। उनकै यही विरासत लिएर विद्या भण्डारीले पनि एमालेमै फेरि सक्रिय हुने र जबजलाई कार्यान्वयनमा लैजाने बताइन्।

उनले एमाले राजनीतिलाई निरन्तरता दिने घोषणा गर्दा हलमा हुटिङ भएको थियो। २०७२ कात्तिक १० गते एमालेको उपाध्यक्ष पद त्यागेर भण्डारी नेपालकै पहिलो महिला राष्ट्रपति बनेकी थिइन्।

२०७९ फागुन २९ मा राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछिको तीन महिना भण्डारी आफ्नै निवासमै एमाले नेता, कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाट तथा परामर्श गरेकी थिइन्।

२०८१ असार १४ गते उनी निवासबाट निस्केर काभ्रे जिल्ला पुगिन्। एमाले राजनीतिमा आफ्ना सम्भावना केलाउने नयाँ अध्यायको सुरुवात् गरिन्। त्यसयताका एक वर्ष भण्डारी देशका धेरै जिल्ला पुगिसकेकी छन्।

चीन लगायतका केही मुलुकको भ्रमण पनि गरिन्। देशका विभिन्न जिल्ला र प्रदेश पुग्दा राजनीतिमा फर्कन भण्डारीलाई धेरैले सुझाव दिएका थिए ।

एमालेले यसपटक ढिलोमा ०८३ बैशाखसम्म महाधिवेशन गर्ने तयारी गरेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेकै बेला महाधिवेशन गरेर तेस्रो कार्यकालका लागि अध्यक्षमा नवीकृत भइहाल्ने योजना बनाएका छन्।

उनले आफ्ना लागि ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा पनि नलाग्ने तारतम्य मिलाएका छन्। ठीक यही समय पारेर पूर्वराष्ट्रपति भण्डारीले एमालेमा सक्रिय भएको बताएकी छन्।

त्यसका लागि उनले लामो राजनीतिक विरासतको पनि चर्चा गरिन्। यसैले अब एमालेको भावी अध्यक्ष केपी कि विद्या भन्ने बहस सुरु भएको छ । दुई पटक सम्म विद्या देवी भण्डारीलाई यो देशको राष्ट्रपति बनाउने एक मात्र पात्र केपी शर्मा ओली नै हुन् ।

ओली विद्या बिचको विगतको पार्टीको सक्रिय राजनीतिलाई हेर्ने हो भने पनि कहीँ फरक धार देखिन्न् । तर ओलीले आफू विनाको एमाले कल्पना गर्न नसक्ने र आफू अझै २० वर्ष सक्रिय रुपमा राजनीति गर्ने भनिसकेकाले अहिलेको अवस्थामा ओलीका विरुद्धमा विद्या उठ्नेमा देखिएको दुविधा समेत हटिसकेको आकलन गरिएको छ ।

अहिले एमालेमा ओलीको विरुद्ध कुनै पनि समूह अगाडी देखिने हिम्मत गर्दैन । तर विद्यालाई अगाडि राखेर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीका कमजोरीहरु हिजै छताछुल्ल बनाइदिएका छन् ।

उनले भनेका छन्, पार्टीभित्रको द्धन्द्धलाई विधिसम्मत प्रकट हुन दिइएन भने विष्फोट हुन्छ । राजनीतिमा विधिसम्मत प्रकट हुन नपाए विद्रोह हुन्छ,विग्रह पैदा गर्छ । त्यस्तो अवस्थामा विग्रह विद्रोह गर्नेलाई मात्र दोष दिएर पुग्दैन । हाम्रा कार्यशैलीमा कहाँ कमजोरी छन् भन्ने विश्लेषण गर्नुपर्छ । अशन्तुष्टि निश्चित विन्दूमा पुगेपछि विष्फोट हुन्छ । यो अभिब्यक्तिबाट ईश्वरले माधव नेपालदेखि भीम रावलसम्मका पार्टीका विवादमा नेतृत्व अर्था ओलीपनि त्यति नै जिम्मेवार रहेको संकेत गरेका छन् ।

२०७२ साल कार्तिक ११ गते विद्या देवी भण्डारी पहिलो महिला राष्ट्रपति बनेकी थिइन् । यसै गरी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि नेपालको राष्ट्रपति पदमा विद्या नै निर्वाचित भइन् ।

२०१८ साल असार ५ गते नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको मानेभञ्ज्याङ गाउँमा उनको जन्म भएको थियो । आमा मिथिला पाण्डे र बुबा स्व.रामबहादुर पाण्डेका पाँच छोराछोरीमा उहाँ जेष्ठ सन्तान हुन् ।

गाउँको एउटा सामान्य किसान परिवारमा जन्मेर सङ्घर्षका अनेकौँ आरोह–अवरोहहरू पार गर्दै राष्ट्रपति जस्तो गरिमामय जिम्मेवारीमा पुग्न सफल भएकी विद्या धेरै महिलाहरूको प्रेरणाको श्रोत बनेकी छिन् ।

२०३५ मा सङ्गठित राजनीतिक जीवनको आरम्भ गरेकी विद्याको २०३९ सालमा नेपाल कम्युनिस्ट पार्टीका लोकप्रिय नेता मदन भण्डारीसँग विवाह भएको थियो ।

तर नेता मदन भण्डारीको २०५० साल जेठ ३ गतेको एक रहस्यमय सडक दुर्घटनामा दुःखद निधन भएसँगै उनको दाम्पत्य जीवन एघार वर्षको छोटो समयमै समाप्त भयो । उनका उषा किरण र निशा कुसुम दुई छोरी छन् ।

२०५४ को माघमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को छैटौँ राष्ट्रिय महाधिवेशनबाट उनी पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भइन ।

२०६५ सालमा आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको उपाध्यक्षमा निर्वाचितमा निर्वाचित भएकी विद्या भण्डारी नवौँ राष्ट्रिय महाधिवेशनमा पुनः पार्टीको केन्द्रीय उपाध्यक्ष तथा स्थायी कमिटी सदस्यमा निर्वाचित भएकी थिइन् ।

उनी २०५० सालको उपनिर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा पहिलो पटक निर्वाचित भएकी थिइन् । २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समेत उनी काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रबाट तीन पटक लगातार प्रतिनिधि सभा सदस्यमा विजयी भएकी थिइन् ।

वातावरण तथा जनसङ्ख्या र रक्षा मन्त्री समेत बन्न सफल भएकी विद्यालाई विश्व प्रसिद्ध फोर्स पत्रिकाले वर्ष २०१६ का शक्तिशाली महिलाहरू मध्ये ५२ औँ स्थानमा सूचिकृत गरेको थियो । यो विरासत बोकेी विद्या फेरि सक्रिय राजनीतिमा फर्किएकी छिन् ।

राष्ट्रपति बनिसकेकी विद्या के अब देशको कार्यकारी प्रधानमन्त्री बन्ने सुरमा छिन् ? यो प्रश्न अनुत्तरित छ । भोजपुरको सामान्य किसान परिवारदेखि शीतल निवासको सर्वोच्च पदसम्मको यात्रा पूरा गरेपछि विद्या भण्डारी अब फेरि पार्टी राजनीतिको धुलाम्मे मैदानमा फर्किएकी छन्।

मदन भण्डारीको विरासत र दुई कार्यकालको राष्ट्रपतीय अनुभव बोकेर फर्किएकी उनको वास्तविक गन्तव्य के हो? के यो पुनरागमन पार्टी अध्यक्ष पदका लागि मात्र हो, वा देशको कार्यकारी प्रमुख बन्ने महत्वाकांक्षाको पहिलो खुड्किलो? उनको यो कदमले एमालेमा ओलीको एकछत्र राजसँगै देशको भावी राजनीतिक समीकरणलाई नै तरंगित र रहस्यमय बनाइदिएको छ। यसमा तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला ।

Tags: #nepaltimestrending#एमालेमा ओली युगको अन्त्य सुरु भएको हो?#विद्याले ल्याइन भूकम्प

लोकप्रीय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२

विचार

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२

थप समाचार

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर
अन्तर्राष्ट्रिय

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.