NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

सरकारले हर्कलाई थाङ्नामा सुतायो! खानेपानीका लागि ४ करोड बजेट

बिहिबार असार १९ , २०८२
Reading Time: 1 min read
A A
चर्चित मेयर हर्कको किन मागियो राजीनामा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१९ असार, काठमाडौं ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई खानेपानीका लागि पटक पटक संघीय राजधानी काठमाडौं पुगिसकेका छन् ।  विगत ३ वर्षदेखि काठमाडौं पुग्दा हर्कको एउटै माग दोहोरिरहन्छ, काकाकुलमा परेका धराने जनताका लागि  पानी खुवाउने व्यवस्था गरिदिनुस्  ।
उनले यसका लागि सचिवदेखि विभिन्न मन्त्री हुँदै प्रधानमन्त्रीसम्मलाई  गुहार लगाइसकेका छन् । हर्क साम्पाङ राईको नाम सुन्नेबित्तिकै धेरैको मानसपटलमा श्रमदान, खोलाको पानी र सिंहदरबारप्रतिको शान्त विद्रोहको तस्बिर देखिन्छ ।
विगत तीन वर्षदेखि उनी एउटै मुद्दा लिएर पटक–पटक संघीय राजधानी काठमाडौं धाउदा पनि आश्वासनबाहेक केही नपाएपछि उनको धैर्यताको बाँध टुट्न थालेको छ।
हालै संघीय सरकारले धरानका लागि छुट्याएको बजेट र एसियाली विकास बैंक (एडीबी) को ऋण प्रस्तावले उनको आक्रोशलाई विद्रोहमा बदलिदिएको छ।
हर्क साम्पाङको काठमाडौं यात्रा सधैं चर्चाको विषय बन्छ। गएको माघमा उनको संघर्षले नयाँ रूप लियो, जब उनी धरानको पीडा बोकेको एउटा ’रित्तो गाग्रो’ लिएर सिंहदरबार पुगे। उनको त्यो प्रतीकात्मक आन्दोलनको गाग्रो सिंहदरबारको गेटमै रोकिए पनि उनको आवाज रोकिएन।
उनले खानेपानी मन्त्री प्रदीप यादव र  अर्थमन्त्री विष्णु पौडेलसमक्ष धरानको हाहाकार, आफ्नो व्यवस्थापकीय योजना र त्यसका लागि आवश्यक बजेटको माग राखे।
त्यस भेटमा मन्त्री यादवले हर्कलाई मीठो आश्वासन दिए, “मेयरसाब, धरानवासीप्रति म सधैं सकारात्मक छु। एकीकृत खानेपानी आयोजनाअन्तर्गत एडीबीको ऋण सहयोगमा यो वर्ष टेन्डर आह्वान हुन्छ।
टेन्डरको पत्र म आफैं बोकेर धरान आउँछु, तपाईं खुसीसाथ फर्कनुहोस्।“  प्रधानमन्त्री केपी शर्मा ओलीले भेट नदिएपछि रिसाएर आश्वासनको पोको  बोकेर धरान फर्किएका उनलाई दुई महिनापछि चैत २५ गते प्रधानमन्त्री कार्यालयबाटै बोलावट भयो।
हतारिँदै काठमाडौं पुगेका हर्कले प्रधानमन्त्री ओलीलाई धरानको प्यास र सप्तकोशीको पानी धरान ल्याउने आफ्नो महत्त्वाकांक्षी योजनाबारे विस्तृत ब्रिफिङ गरे ।
प्रधानमन्त्रीले ध्यानपूर्वक सुने र वचन दिए, “धरानवासीले खानेपानी पिउन पाउनुपर्छ। यो प्रक्रिया आजैबाट अघि बढ्यो। संघीय सरकारले बजेटको प्रबन्ध गर्छ, यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला।“ प्रधानमन्त्रीको यो वचनले हर्क फुरुङ्ग हुँदै धरान फर्किए।
उनलाई लाग्यो, अब धरानको प्यास मेटिने भयो। तर  जब जेठ महिनामा   आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक भयो, हर्क छाँगाबाट खसेझैं भए। धरानको खानेपानीका लागि जम्मा ४ करोड रुपैयाँ मात्र विनियोजन गरिएको थियो।
त्योभन्दा पनि पीडादायी कुरा, बाँकी रकम एडीबीबाट ऋण लिनुपर्ने प्रस्ताव थियो, जसलाई मन्त्री यादवले ’खुसीको खबर’ सुनाएका थिए। यो प्रस्तावले हर्कलाई आक्रोशित बनायो।
उनले तत्कालै सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोखे र खानेपानी मन्त्री प्रदीप यादवलाई कडा व्यङ्ग्यात्मक पत्र लेखे । पत्रमा उनले स्पष्ट भनेका छन्, “धरान उपमहानगरपालिकाले पहिले लिएको ऋणसमेत तिर्न बाँकी छ।
अब हामी थप ऋणको भारी बोक्न सक्दैनौं। यदि आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सक्नुहुन्छ भने योजना अगाडि बढाउनुहोला, अन्यथा हामी आफैं खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला।“
उनले आगामी बजेटमा ४ करोड सरकारले विनियोजन गरेको जानकारी प्राप्त भएको र बाँकी एडीबीबाट ल्याउने सुन्न र बुझ्नमा आएको भन्दै एडीबीबाट ऋण नलिने लिखित जानकारी गराएका हुन् । आर्थिक वर्ष २०८२÷८३ को बजेटमा खानेपानी मन्त्रालयका लागि करिब ३४ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थापन, मेलम्चीको पुनर्निर्माण, सात प्रदेशका सात सहरमा नमुना आयोजना र भेरी पम्पिङजस्ता ठूला आयोजनाका लागि अर्बौं रुपैयाँ छुट्याएको घोषणा गरे। तर, ती हजारौं शब्दको बजेट भाषणमा हर्कले उठाएको धरानको खानेपानी समस्या   प्राथमिकतामा परेन।
सिंहदरबारको उपेक्षाका बीच हर्क साम्पाङ निराश भएका छैनन् । उनले संघीय सरकारको मुख ताक्नुभन्दा आफ्नै स्रोत, जनताको श्रमदान र दाताहरूको सहयोगमा धरानको प्यास मेटाउने अभियानलाई  निरन्तरता दिएका छन् ।धरान आसपासका पकुवा, निसाने र भालुखोलाको पानी संकलन गर्न उनले आफैं कोदालो बोकेर जनतालाई श्रमदानमा होमे।
विभिन्न दाताहरूबाट संकलन भएको करिब ४ करोड रुपैयाँले उनले तीनवटा साना खोलाबाट पानी ल्याइसकेका छन्। उनको नेतृत्वमा जनताले देखाएको अभूतपूर्व एकता र श्रमदानको बलमा करिब ४० किलोमिटर टाढाको कोकाहा खोलाको पानीसमेत पकुवा खोलामा मिसाउन सफल भएका छन्।
उनी आफै ड्रेन निर्माणमा खटिन्छन् भने कहिले भिरपाखामा बृक्षारोपणमा भेटिन्छन् । यद्यपि यी सबै  अतुलनीय कामका बीचमा उनी विवादमा समेत मुछिदै आएका छन् ।
उनले जारी राखेको श्रमदानमा  बजेट विनियोजन गरेर भुक्तानी दिइएको आरोप लागेको छ  भने उपमेयर र वडाध्यक्षहरुसँगको  कटुताका कारण आगामी वर्षको बजेट ल्याउन समेत हर्क असफल भएका छन् ।
स्वतन्त्र रुपमा मेयरका निर्वाचित भएका मेयर हर्कको कार्यकालको  सुरुवातदेखि नै विवाद रहदै आएको छ । हर्कका अभिब्यक्ति र उनीसँगका विवाद एकातर्फ होलान् तर  धराने जनता अझैपनि उनको श्रमदानमा प्रतिवद्ध देखिन्छन् ।
सिंहदरबारले उनको आवाज सुनोस् वा नसुनोस्, धरानका जनता कोदालो बोकेर  उनको पछि लागिरहेका छन् ।
LS Auto
Tags: #खानेपानीका लागि ४ करोड बजेट#सरकारले हर्कलाई थाङ्नामा सुतायो!

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.