NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२
Reading Time: 1 min read
A A
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१९ असार, काठमडौं। 
नेपालको वर्तमान संविधानलाई चुनौती दिँदै सङ्घीयता खारेजी, हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना गर्छौ भन्दै आन्दोलनमा केही महिना अघि मात्र होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि आगामी कात्तिक १७ गते हुने उपनिर्वाचन अग्नि परीक्षाका रूपमा खडा भएको छ ।
रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ। यो क्षेत्रबाट निर्वाचित राप्रपाका सांसद दीपक बोहोराको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
गएको प्रतिनिधि सभाको निर्वाचनमा यो क्षेत्रबाट एमालेको सहयोगमा राप्रपाका वोहोराले काँग्रेसका प्रभावशाली नेता तथा बहालवाला गृहमन्त्री वालकृष्ण खाँडलाई हराएका थिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पनि एमालेकै बलमा निर्वाचन जितेको आरोप लाग्छ । झापाबाट निर्वाचित लिङदेन एमाले सँगको सहकार्यका प्रतिनिधि सभा सदस्य भएका हुन् ।
तर यति बेला राप्रपाको प्रमुख सत्रु एमाले नै देखिएको छ । एकातर्फ एमालेको सहयोग विना निर्वाचन जित्न सक्छौ भन्ने प्रमाणित गर्नु छ त अर्को तर्फ राजा फर्काउने जनमत देखाउन पनि यो उपनिर्वाचन जसरी पनि जित्नु पर्ने बाध्यता राप्रपालाई छ ।
राप्रपाले प्रमुख ठूला तिन दलहरू जसले यो देशमा गणतन्त्र ल्याउनका लागि लामो समय संर्घष गरेका थिए । ती दलहरू भ्रष्ट भएको, एउटा राजा फ्याँकेर हजारौँ राजा भएका अनि सङ्घीयता यो देशलाई नचाहिएको र हिन्दु राष्ट्रको पक्षमा ठूलो जनमत रहेको दाबी गर्दै आएका छन् ।
गएको फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफू निर्मल निवासबाट नारायणहिटीको राज सिंहासनमा फर्कन चाहेकोले जनतालाई साथ दिन भिडियो सन्देश जारी गरेका थिए ।
त्यसपछि राजावादीहरू र राजेन्द्र लिङदेनको राप्रपा र कमल थापाको राप्रपा नेपाल सडक आन्दोलनमा उत्रिएका थिए । तर चैत्र १५ गतेको राजावादी भनिएका दुर्गा प्रसाईँले आयोजना गरेको काठमाण्डौको तीनकुनेको प्रदर्शन हिंसात्मक भएर २ जनाको ज्यान समेत गएपछि केही समय आन्दोलन रोकिएको थियो ।
फेरी पूर्व राजाको सक्रियतामा राप्रपालाई अघि लगाएर आन्दोलनका केही कार्यक्रम त भए तर जनसहभागिता न्यून हुन थालेपछि राप्रपा पनि पछि हट्यो ।
यति   बेला भाषण गर्दा राप्रपा अध्यक्ष लिङदेन आन्दोलनकोआँधिबेरी सृजना गरेर पूर्व राजालाई नारायणहिटी फर्काउने कुरा मात्र गर्न थालेका छन् ।
यस्तो अवस्थामा राप्रपाका लागि यही रुपन्देहीको उपनिर्वाचनले आगामी बाटो तय गर्न निर्देश गर्ने छ भन्ने कुरामा दुई मत नहोला ।  उता आफ्ना प्रमुख कमान्डर रुपन्देही कारागारमा नै रहेकाले राष्ट्रिय स्वतन्त्र पार्टीलेपनि यो उपनिर्वाचनलाई निकै महत्त्व दिएको छ ।
मिसन ८४ भन्दै हिँडी रहेको रास्वपाका लागि यो निर्वाचन जसरी पनि आफ्नो पक्षमा ल्याउनु पर्ने बाध्यता छ । हुन त सबै राजनीतिक दलहरूले यो उपनिर्वाचनलाई ८४ को मिनी निर्वाचनका रूपमा लिएका छन् । यो
निर्वाचनले ८४ को निर्वाचनको सङ्केत गर्ने उनीहरूको पूर्वानुमान छ । त्यसैले काँग्रेस र एमाले अनि माओवादीका लागि यो निर्वाचन जित्नै पर्ने बाध्यता छ ।
तुलनात्मक रूपमा माओवादी कमजोर रहेको र यो निर्वाचन क्षेत्र नेकपा समाजवादीका नेता धनश्याम भुसालको रहेकाले माओवादीले उनैलाई समर्थन गर्न सक्ने अवस्था पनि हुन सक्ने  माओवादीकै कतिपय नेताहरु बताउँछन् ।
तर ७९ को निर्वाचन ताका नै कुलमान घिसिङको पछि लागेका माओवादी अध्यक्ष प्रचण्ड रुपन्देहीमा उनलाई अघि सार्न सके एक सिट  थप गर्न सकिने योजनामा रहेको बताइन्छ ।
काँग्रेस, एमाले, राप्रपा, रास्वपा मात्र हैन काठमाण्डौंका मेयर बालेन साहले समेत यो उपनिर्वाचनमा आफ्नो समर्थकलाई चुनावी मैदानमा उर्तान सक्ने हल्ला चली रहेको छ ।
यसका बारेमा बालेनले अहिले सम्म मुख खोलेका छैनन् ।  चाहे जे होस रुपन्देहीको उपनिर्वाचन सबै राजनीतिक दलहरूका लागि  गर या  मरको हुनेमा शङ्का भने छैन ।
उपनिर्वाचनको मिति घोषणा भएसँगै दलहरू त्यसको तयारीमा जुटी सकेका छन् । नेकपा (एमाले) ले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने करिब करिब तय गरी सकेको समाचार बाहिर आएको छ ।
उनको अलावा शशी पौडेल लगायतका आंकाक्षीहरु पनि नभएका भने हैनन् । त्यस्तै पहिलो ठूलो दल नेपाली काँग्रेसका प्रभावशाली मानिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँडले फेरी उपनिर्वाचनमा उठ्ने इच्छा देखाइ सकेका छन् ।
उनका अलावा भरत साह र प्रमोद कुमार यादव पनि टिकटको दौडमा छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भने सागर ढकालको चर्चा छ ।
७९को निर्वाचनमा  उनी डडेलधुराबाट  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग स्वतन्त्र रूपमा उम्मेदवार भई पराजित भएका थिए ।
त्यसपछि केही समय बिदेसिएका उनी केही महिनाअघि स्वदेश फर्किएका छन्। स्वदेश फर्किएपछि उनको रास्वपा सँग हिमचिम बढेको छ।  त्यसो त ढकाल आफैँले पनि निर्वाचनमा जाने सङ्केत गरिसकेका छन् ।
‘रुपन्देही–३ का मेरो प्यारो जनता, यो हजुरको क्षेत्रको मात्र चुनाव होइन, देशको चुनाव हो र देशको पीडा, आँसु र आवाज बोल्न तयार भएर बस्नुहोला । नेपाली जनताले जित्ने मात्र होइन, सफा–चट् क्लीनस्वीप गर्ने हो, सफा–चट्, रुपन्देही–३,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘नेपालको इतिहास रच्न तयार हुनुहुन्छ ?’ यसबारे जिज्ञासा राख्दा रास्वपा प्रवक्ता मनीष झाले   पनि रुपन्देही–३ बाट पार्टीका तर्फबाट ढकाल उम्मेदवार बन्ने सम्भावना रहेको स्विकारेका छन् ।
उता राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रुपन्देही ३ को उपनिर्वाचनका सन्दर्भमा रुपन्देही सम्बद्ध पार्टीका अगुवाहरूसँग छलफल गरी रहेका छन् ।
दीपक बोहराको निधनपछि रिक्त रहेको क्षेत्र फिर्ता ल्याउने रणनीतिसहित राप्रपाले बोहराका दुई छोराहरू प्रज्वलन र गौरव तथा नातिनीसमेत रहेकी केन्द्रीय सदस्य स्वाती थापामध्येलाई अगाडि सार्ने  चर्चामा छ ।
छोरा प्रज्वलन बोहरा हाल क्षेत्रमै खटिएर सक्रियता बढाएका छन् भने जेठा छोरा गौरव बोहरालाई स्वतन्त्र उम्मेदवार बनाएर साना दलको समर्थन जुटाउने प्रयास भइरहेको छ ।
उम्मेदवारका लागि राप्रपाले असार मसान्तसमेत  पार्टी केन्द्रमा नाम पठाइसक्न समय दिएको छ ।  यद्यपि नेतृ स्वाती दीपक बोहराको निर्वाचनको समयमा मुख्य कमान्डर भएर जिम्मेवारी सम्हालेको र सबै अनुभव भएकाले पनि उनलाई अगाडि सार्नुपर्ने दबाबमा राप्रपा छ।
२०७९ को निर्वाचनमा  यो क्षेत्रमा  समानुपातिक मत अनुसार नेपाली काँग्रेसले २० हजार २७८ मत, एमालेले १६ हजार ९८६ मत , रास्वपाले १४ हजार १५४ मत पाएको छ  भने राप्रपाले  ९ हजार १८३ मत पाएको थियो ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार  र जसपाले ५ हजार २९१, लोसपाले ५ हजार ०५३, जनमत पार्टीले ३ हजार ७३२, माओवादी केन्द्रले २ हजार ६ सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी लौरोले १ हजार ३४७ र नेकपा एसले ७८१ मत पाएका थिए ।
रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य र मनाङ जिल्ला क्षेत्र नम्बर १ को ख मा प्रदेश सभा सदस्य सहित देशभरका विभिन्न स्थानीय तहमा १३ वटा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ ।
यसै गरी आगामी फागुन २० गते राष्ट्रियसभाका १८  सदस्य पद रिक्त हुने भएकाले त्यसका लागि समेत समयमै निर्वाचनको मिति तय गर्ने तयारी निर्वाचन आयोगले गरिरहेको छ ।
LS Auto
Tags: #मिनी जनमत संग्रह#राप्रपालाई जित्नै पर्ने दबाब

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.