NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२
Reading Time: 1 min read
A A
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२० असार, काठमाडौं ।
नेपाली महिला फुटबल टोलीले आफ्नो इतिहासकै सबैभन्दा महत्त्वपूर्ण खेल खेल्ने संघारमा उभिएको छ। दशकौँदेखिको एएफसी वुमन्स एसियन कप खेल्ने सपना साकार पार्न अब नेपाली चेलीहरू मात्र एक जित टाढा छन्।
तर, यो एक जितको पछाडि विगतका दर्जनौं असफलता, बलियो प्रतिद्वन्द्वीको चुनौती र घरेलु मैदानको दबाबलाई चिर्नुपर्ने कठिन पर्खाल खडा भएको छ।
शनिबार उज्वेकिस्तानविरुद्धको खेल नेपालका लागि नयाँ इतिहास कोर्ने एउटा सुनौलो अवसर  बनेकोछ ।  उज्वेकिस्तानमा जारी एएफसी वुमन्स एसियन कप २०२६ को छनोट अन्तर्गत समूह ’एफ’ मा नेपालले अहिलेसम्म अविश्वसनीय प्रदर्शन गरेको छ।
नयाँ कप्तान सावित्रा भण्डारी ’साम्बा’ को नेतृत्वमा मैदानमा उत्रिएको नेपाली टोलीले आफ्ना दुई खेलमा गोलको वर्षा नै गरेको छ।  पहिलो खेलमा लाओसलाई ९–० को फराकिलो अन्तरले धुलो चटाएको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि ८–० को सानदार जित दर्ता ग¥यो।
दुई खेलमा कुल १७ गोल गर्दा नेपालले एक गोल पनि खाएको छैन । यी दुई खेलमा स्टार फरवार्ड तथा कप्तान साम्बा एक्लैले ७ गोल  गर्दै आफू विश्वस्तरीय खेलाडी भएको प्रमाण दिएकी छिन्।
उनको प्रेरणादायी कप्तानी र गोल गर्ने क्षमताले टोलीको मनोबल आकाशिएको छ। नेपालका लागि यो यात्रा जति सहज देखिन्छ, अन्तिम चुनौती त्यति नै कठिन छ।
समूहको आयोजक उज्वेकिस्तान पनि नेपाल जत्तिकै उत्कृष्ट लयमा छ। उसले पनि आफ्ना दुवै खेलमा सानदार जित निकालेको छ। पहिलो खेलमा श्रीलंकालाई १०–० ले पराजित गरेको उज्वेकिस्तानले दोस्रो खेलमा लाओसलाई ७–० ले हरायो।
अचम्मको संयोग, दुवै नेपाल र उज्वेकिस्तानले समान २ खेलबाट ६–६ अंक जोडेका छन्, दुवैले समान १७–१७ गोल गरेका छन् र दुवैले कुनै गोल खाएका छैनन्। यसले शनिबार हुने अन्तिम खेल थप रोचक हुने अनुमान गरिएको छ ।
एएफसीको नियम अनुसार समूहबाट एक टोली मात्र एसियन कपका लागि छनोट हुनेछ। अहिलेको अवस्थामा सबै तथ्यांक अंक, गोलअन्तर, गरेको गोल, खाएको गोल मा दुवै टोली बराबर छन्।
यसले गर्दा शनिबारको खेलको महत्त्व झनै बढेको छ। यदि निर्धारित ९० मिनेटको खेल बराबरीमा सकियो भने विजेताको टुंगो लगाउन सिधै पेनाल्टी सुटआउटमा जानेछ।
यसको अर्थ, नेपाललाई एसियन कपमा स्थान बनाउन जित्नैपर्ने दबाब छ वा बराबरीको अवस्थामा पेनाल्टीको परीक्षा पास गर्नुपर्नेछ। नेपाली फुटबलको सबैभन्दा ठूलो समस्या भनेकै अन्तिम अवस्थामा चुकेको इतिहास हो।
दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको पीडादायी विगतले नेपाली समर्थकलाई सधैं झस्काउने गर्छ।  तथ्यांकमा हेर्दा पनि उज्वेकिस्तान नेपालभन्दा निकै बलियो देखिन्छ।
फिफा वरीयतामा उज्वेकिस्तान ५१ औं स्थानमा छ भने नेपाल १०० औं स्थानमा छ। हेड–टु–हेडमा पनि उज्वेकिस्तान हाबी छ। नेपालसँग खेलेका तीनवटै खेलमा उसले जित निकालेको छ, जहाँ उज्वेकिस्तानले ११ गोल गर्दा नेपालले मात्र ३ गोल गर्न सकेको छ।
सन् २०१९ मा भएको नादेज्दा कपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–२ ले पराजित भएको थियो।  यसका साथै, उज्वेकिस्तान ५ पटक एसियन कप खेलिसकेको अनुभवी टोली हो र घरेलु मैदानको पूर्ण फाइदा पनि उसलाई हुनेछ।
तर विगतका तथ्यांकहरू जतिसुकै निराशाजनक भए पनि वर्तमानमा नेपाली टोलीको आत्मविश्वास र एकता बलियो छ। कप्तान साम्बा अन्तिम चुनौतीको सामना गर्न टोली तयार रहेको बताउँछिन्।
“अन्तिम अवस्थामा सधैं अभागी हुने गरेको इतिहास छ, तर अहिले टोलीको कम्बिनेसन मिलेको छ। हामी यो अन्तिम चुनौतीसँग लड्न र इतिहास बदल्न तयार छौं,“।
शनिबार नेपाली समयअनुसार राति सवा नौ बजे सुरु हुने यो खेलले नेपाली महिला फुटबलको भविष्य र दिशा निर्धारण गर्नेछ।
के नेपालले आफ्नो दुर्भाग्यपूर्ण इतिहासलाई पन्छाउँदै  बलियो उज्वेकिस्तानलाई उसकै घरेलु मैदानमा स्तब्ध पार्दै पहिलो पटक एसियन कपमा स्थान बनाउला?
LS Auto
Tags: #एसियन कप#नेपाली महिला फुटबल

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.