NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
Reading Time: 1 min read
A A
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२० असार, काठमाडौं ।
एप्पलको बहुप्रतिक्षित आइफोन १७ सिरिज अबको २ महिनामा लन्च  हुने भएको छ । लन्च हुनुभन्दा धेरै अगाडि नै यसले ठूलो उत्साह सिर्जना गरिरहेको  अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
सन् २०२५ को सेप्टेम्बरमा आइफोन १७ आउने बताइएको छ । क्यालिफोर्नियामा मुख्यालय रहेको एप्पलले ल्याउन लागेको आइफोन १७ सिरिजका चारवटा मोडलहरू अनावरण गर्ने सम्भावना रहेको समाचारमा उल्लेख छ ।
एप्पलको सिरिजअन्तर्गत आइफोन १७ प्रो म्याक्स, आइफोन १७ प्रो, आइफोन १७ एयर र स्ट्यान्डर्ड आइफोन १७ छन् । आइफोन १७ विभिन्न सिरिजमा डिस्प्ले अपग्रेड, ब्याट्री क्षमता, क्यामेरा सुधार, डिजाइन परिवर्तन, अनुमानित मूल्य तथा रिलिज तालिकासहितका विषयमा विभिन्न जानकारी बाहिर आएका छन् ।
एप्पलले आइफोन १७ का विभिन्न सिरिजहरू सन् २०२५ को मध्य–सेप्टेम्बरमा अनावरण गर्ने सम्भावना रहेको उल्लेख छ । यद्यपि, कम्पनीले औपचारिकरूपमा लन्च मिति घोषणा गरेको छैन ।
प्राविधिविज्ञ डेभिड फेलानले यसको अनावरण सम्भवतः सेप्टेम्बर ९ मा हुने बताएको फाइनान्सियल टाइम्सले जनाएको छ । एप्पलले सन् २०२५ मा आधारभूत आइफोन मोडलहरूका लागि आफ्नो यसअघिकै मूल्य कायम राख्ने सम्भावना रहेको बताइएको छ ।
सन् २०२४ को अगस्टमा प्रकाशित एक अनुसन्धान नोटमा विश्लेषक जेफ पुले आइफोन १७ सिरिजका चारवटै मोडलहरूले २४ मेगापिक्सलको फ्रन्ट क्यामेरामा ठूलो अपग्रेड गर्न लागेको बताएका थिए ।
यो आइफोन १६ मोडेलहरूमा भएको १२ मेगापिक्सलको सेल्फी क्यामेराको तुलनामा दोब्बर रिजोल्युसन हो ।  यसमा पछि सन् २०२४ को जनवरीमा एप्पलका प्रख्यात विश्लेषक मिंग–ची कुओले पनि यसलाई पुष्टि गरेका थिए ।
उनले सन् २०२४ को अक्टोबरमा बताएअनुसार आइफोन १७ प्रो मोडेलमा पछाडि नयाँ डिजाइन गरिएको तेर्सो ट्रिपल–क्यामेरा सेटअप हुनेछ । जसमा ३.५ अप्टिकल जुम क्षमता भएको ४८ मेगापिक्सलको टेलिफोटो लेन्स समावेश हुनेछ ।
अन्य फिचरहरूमा आइफोन १७ प्रो र प्रो म्याक्समा एप्पलको आगामी ए १९ प्रो चिपसेटले शक्ति प्रदान गर्नसक्ने बताइएको छ । यसले सुधारिएको ऊर्जा दक्षता साथै गति र समग्र प्रदर्शनमा उल्लेखनीय वृद्धि प्रदान गर्ने बताइएको छ ।
यस विपरीत नियमित आइफोन १७ र आइफोन १७ एयरले आइफोन १६ का माडेलहरूमा प्रयोग भएको ए १८ प्रोसेसर नै प्रयोग गर्ने अपेक्षा गरिएको बताइएको छ ।
स्ट्यान्डर्ड आइफोन १७ ले आइफोन १६ को समग्र लुकलाई धेरै हदसम्म कायम राख्ने बताइएको छ । यसमा कम मात्रै परिवर्तनहरू हुने बताइएको छ ।
हालसम्म, बाहिर आएका डिजाइन सम्बन्धी अधिकांश सूचना र अनुमानहरू आइफोन १७ एयर र आइफोन १७ प्रो मोडेलमा केन्द्रित रहेको र यसले आधारभूत नयाँ मोडलमा सबैभन्दा कम अपडेटहरू देखिनसक्ने बताइएको छ ।
यसैबीच, आइफोन १७ प्रो मोडेलमा एप्पलको प्रतिष्ठित लोगोको स्थान परिवर्तन हुनसक्ने बताइएको छ । एप्पलको लोगो परम्परागत मध्य स्थानबाट नयाँ पुनः डिजाइन गरिएको रियर क्यामेरा बारको ठीक तल नयाँ स्थानमा सर्नसक्ने बताइएको छ ।
एप्पलले सबै मोडलहरूमा फ्रन्ट–फेसिङ क्यामेराको मेगापिक्सललाई १२ मेगापिक्सलबाट दोब्बर बनाएर २४ मेगापिक्सलमा अपग्रेड गर्दै छ, जसले सार्प सेल्फीहरू र राम्रो भिडियो कलहरू गर्न सहयोग गर्नेछ ।
प्रो र प्रो म्याक्स भेरियन्टहरूले पछाडिको क्यामेरामा ठूलो अपग्रेड प्राप्त गर्न सक्छन्, जसमा आइफोन १६ प्रो सिरिजको १२ मेगापिक्सल लेन्सको सट्टा ४८ मेगापिक्सल टेलिफोटो लेन्स समावेश हुनेछ ।
एप्पलले १५ र १६ प्रो मोडलहरूमा प्रयोग भएको टाइटेनियम फ्रेमलाई हटाएर हल्का एलुमिनियम फ्रेमको प्रयोग गर्ने बताइएको छ । नयाँ एलुमिनियम–ग्लास हाइब्रिड रियर प्यानल र नयाँ क्यामेरा बम्प हुने बताइएको छ ।
यसमा नरम कुनाहरूसहित आयातकार हाउजिङ हुनेछ । तर, यसअघिकै त्रिकोणीय लेन्स व्यवस्था कायम रहनेछ । प्रो मोडलहरूमा एप्पलको अर्को पुस्ताको ए १९ प्रो चिपले शक्ति प्रदान गर्नेछ, जुन टीएसएमसीको ३ न्यानोमिटर प्रक्रियामा निर्मित छ ।
प्रयोगकर्ताहरूले उत्कृष्ट गति र टिकाउ ब्याट्रीको अनुभव गर्न सक्छन् । एप्पलले पहिलोपटक सबै आइफोन १७ मोडलहरूमा ब्रोडकम चिपहरूको सट्टा प्रोप्राइट्री वाइ–फाइ ७ चिप समावेश गर्ने योजना बनाएको छ ।
यसले कनेक्टिभिटी सुधार गरेर तेस्रो पक्ष आपूर्तिकर्ताहरूमा निर्भरता कम गर्नेछ । प्रो र एयर मोडलहरूमा ८ जीबीबाट १२ जीबी ¥याममा वृद्धि हुनेछ । यसले एप्पल इन्टेलिजेन्सअन्तर्गत सुधारिएको मल्टिटास्किङ र एआई–सुसज्जित सुविधाहरूलाई विकास गर्नेछ ।
LS Auto
Tags: #आइफोन १७ सिरिज#आइफोनको नयाँ सिरिज

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.