NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा  बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ बुधबार भदौ ४ , २०८२
नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा बुधबार भदौ ४ , २०८२
फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या बुधबार भदौ ४ , २०८२
Next
Prev

समाचार

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
Reading Time: 1 min read
A A
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२३ असार , काठमाडौं।
आधिकारिक रुपले उत्तर कोरियाली सैनिकहरु र नेपालसहित कयौं मुलुकहरुका सैनिक तथा नौजवानहरुको अवैधरुपमा सहयोग लिइरहेको रुसले अब दक्षिणपूर्वी एसियाली मुलुक लाओसलाई पनि युक्रेनविरुद्धको युद्धमा सहभागी गराउन खोजेको दाबी गरिएको छ।
यो दाबी युक्रेनको सैन्य गुप्तचर निकायले गरेको हो । द कीभ इन्डिपेन्डेन्टले  सार्वजनिक गरेको खबरअनुसार, मस्कोले लाओ पिपुल्स आम्र्ड फोर्सेसका सैन्य इन्जिनियरहरूलाई रुसको कुस्र्क क्षेत्रमा तैनाथ गर्ने योजना बनाएको छ ।
त्यहाँ बारुदी सुरुङहरू निष्क्रिय बनाउनका लागि लाओसका इन्जिनियरहरूले मद्दत गर्नेछन् । युक्रेनले रुसको कुस्र्क क्षेत्रको १३ सय वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएको थियो । तर, रुसले प्रत्याक्रमण गरी उक्त क्षेत्र पुनः आफ्नो नियन्त्रणमा पारेको छ ।
उसलाई उत्तर कोरियाली सेनाले त्यसमा सहयोग गरेका थिए । लाओसका अधिकारीहरूले रुसको सहायताका लागि  ५० जना इन्जिनियर पठाउने बताइएको छ । त्यसबाहेक लाओसले घाइते रुसी सैनिकहरूलाई पुनःस्थापना सेवा पनि दिनेछ ।
शीतयुद्धको बेलामा सन् १९६४ देखि १९७३ सम्म अमेरिकाले भियतनामविरुद्ध चलाएको सैन्य कारवाहीका क्रममा कम्युनिस्ट सप्लाई लाइनलाई ध्वस्त पार्नका लागि लाओसमा लाखौं बम खसाएको थियो ।
तीमध्ये कतिपय बम अझै पनि लाओसमा छन् र विस्फोट नभई बसेका छन् । यदाकदा बम विस्फोट भएर सर्वसाधारण घाइते हुने वा ज्यान जाने भएको छ ।
युद्ध अन्त्य भएपछि अहिलेसम्म त्यसले २० हजारजनाको ज्यान लिइसकेको र तीमध्ये अधिकांश बालबालिका भएको बताइन्छ ।  लाओसका सैन्य इन्जिनियरहरूले विस्फोट नभएका धेरै बमहरूलाई निष्क्रिय बनाएका छन् ।
त्यस अनुभवले कुस्र्कमा बारुदी सुरुङ निष्क्रिय बनाउन सहयोग गर्न सक्छ भनेर रुसले उनीहरूलाई ल्याएको हुन सक्छ । रुसले एसिया र अफ्रिकाका सैनिक तथा लडाकूहरूलाई युक्रेनविरुद्धको युद्धमा उपयोग गर्ने गरेको छ ।
रुसी सञ्चारमाध्यम इम्पोर्टेन्ट स्टोरीजले ४८ देशका १५ सय विदेशी लडाकूहरूले रुसका लागि युद्ध लडिरहेको खबर दिएको छ । यसबीच रुसले अहिलेसम्मकै भीषण हवाई हमला गरेपछि युक्रेनले पनि फेरि जवाफी कारबाही स्वरुप रुसको एयर बेसमा हमला गरेको छ ।
तर रुसले मस्कोतर्फ आइरहेका चारवटा युक्रेनी ड्रोनलाई नष्ट गरेको बताएको छ । रुसी हवाई रक्षा प्रणालीले शनिबार मस्कोतर्फ आउँदै गरेका चार युक्रेनी ड्रोन खसालेको हो ।
ड्रोन आक्रमणका कारण रुसको राजधानीको एक प्रमुख विमानस्थलले अस्थायीरूपमा उडान रोकेको थियो । सहरका मेयर सर्गेई सोब्यानिनले रुसका आपत्कालीन सेवाका कर्मचारीहरूले ड्रोन खसालिएका स्थानमा काम गरिरहेका बताएका छन् ।
तर, सम्भावित क्षतिबारे कुनै जानकारी नदिएको रोयटर्सको समाचारमा उल्लेख छ । रुसको रक्षा मन्त्रालयले हवाई रक्षा इकाइहरूले शनिबार साँझसम्मको पाँच घण्टाभन्दा बढी समयमा ४८ युक्रेनी ड्रोन नष्ट गरेका बताएको छ ।
तीमध्ये मस्को वरपरको क्षेत्रमा पाँच ड्रोन रहेको जसमध्ये दुईवटा मस्कोतर्फ आइरहेका थिए । युक्रेनको सीमामा रहेको ब्रायान्स्क क्षेत्रमा १७ र छेउछाउको ओर्योल क्षेत्रमा ११ ड्रोन नष्ट गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।
सीमावर्ती बेलगोरोद क्षेत्रका गभर्नरले चार युक्रेनी ड्रोनले बस चालक र कार चलाइरहेका एक व्यक्तिलाई घाइते बनाएको बताए । यसअघिको रक्षा मन्त्रालयको प्रतिवेदनले शनिबार रातभर रुसमा ९४ ड्रोन नष्ट भएको र दिनको करिब ६ घण्टामा थप ४५ ड्रोन नष्ट भएको जनाएको थियो ।
यसअघि रुसले शुक्रबार किभमा ५३९ ड्रोन र ११ क्षेप्यास्त्र प्रहार गरेको थियो, जुन अहिलेसम्मकै भीषण हवाई हमला हो । रूस–यूक्रेन युद्ध, फेव्रअरी २०२२ मा शुरू भएर अहिलेसम्म जारी छ ।
यो युद्ध दुवैतर्फका लागि निकै महंगो सावित भएको छ ।  विश्व बैंक, यूएनडीपी र यूक्रेनी सरकारका अनुसार युक्रेनका ७०% भन्दा धेरै सार्वजनिक पूर्वाधारहरु या त नष्ट भएका छन् या गंभीर रूपमा क्षतिग्रस्त भएका छन् ।
देशको जीडीपीमा २०२२–२३ को बीचमा ३० देखि ४०% को गिरावट आएको छ । र लगभग ८० लाखभन्दा धेरै मानिसहरु विस्थापित भएका छन् । दुवै पक्ष तर्फका सैनिकहरुमा कुल ५ देखि ६ लाख हताहत भएका छन् ।
इंटरनेशनल इंस्टीट्यूट फर स्ट्राटेजिक स्टडीज (आईआई एसएस) र र्याण्ड कर्पोरेशनको रिपोटका अनुसार युद्धमा यूक्रेनलाई अहिलेसम्म लगभग ५५० देखि ६०० अर्ब डलरको प्रत्यक्ष र अप्रत्यक्ष आर्थिक क्षति भइसकेको छ ।
यो क्षति मुख्यतः आधारभूत पूर्वाधारहरु नष्ट हुँदा, उर्जा संयंत्रहरु र औद्योगिक एकाइहरुमा भएको विध्वंस, कृषि भूमिमा क्षति र जमीन युद्ध हुँदा भएको हो । ३ वर्ष ४ महिना पहिला शुरू भएको यो भीषण युद्धमा यूक्रेनले भारी क्षति भोग्नु परेको छ ।
यो युद्ध अहिले युद्धक्षेत्रमा मार हान्नेमा मात्रै समित छैन । यसले एकातर्फ हजारौं सैन्य र गैरसैन्य संरचनाहरुलाई कवाडीमा बदलिदिएको छ । भने अर्कातिर दुवै देशको  अर्थव्यवस्था र पर्यावरणमा पनि यसको गहिरो असर देखिएको छ ।
अंतर्राष्ट्रिय रक्षा विशेषज्ञ संस्थानहरु र पर्यावरण आकलन एजेंसिहरुका अनुसार यो युद्धमा अहिलेसम्म लाखौं टन गोला–बारूदको प्रयोग भएको छ । जसले पूर्वी यूरोपका कयौं शहरहरुको पहिचान नै मेटिएको छ ।
रूसले पनि यो युद्धमा कम आर्थिक झट्का खेपेको छैन । आईएमएफ, ब्लूमबर्ग इकोनोमिक्स र कार्नेगी मस्को सेंटर जस्ता संस्थाहरुका अनुसार रूसलाई अहिलेसम्म लगभग २५० देखि ३०० अर्ब डलरको आर्थिक क्षति भएको छ ।
यो क्षति मुख्य रूपले पश्चिमी देशहरुको आर्थिक प्रतिबंधहरु, विदेशी लगानी पलायन, निर्यातमा गिरावट र युद्धको बढ्दो खर्चका कारण भएको हो ।
तेल र गैस निर्यातमा निर्भरताले रूसको मुद्रालाई अस्थिर बनाएको छ र घरेलू मुद्रास्फीतिमा पनि वृद्धि भएको छ । रूसको लगभग २ लाख सैनिक हताहत भएका छन् । यूक्रेनले पनि करीब ४ लाख सैनिकहरुको क्षति उठाउनु परेको छ ।
LS Auto
Tags: #उत्तर कोरिया#युक्रेनको प्रहार#रुसी एयरबेस

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२

विचार

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित
खेलकुद

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा
अन्तर्राष्ट्रिय

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

बुधबार भदौ ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

00:12:41

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत

मङ्लबार भदौ ३ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

सोमवार भदौ २ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.