NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२
Reading Time: 1 min read
A A
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२३ असार , काठमाडौं।
भिजिट भिसामा मानव तस्करी गरिएको भन्दै प्रतिपक्ष दल रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानविन समितिको माग गर्दै संसद अवरोध गर्दै बहिष्कार नै गर्दै आइरहेका बेला प्रधानमन्त्री केपी शर्माओलीको भर्खरै सम्पन्न स्पेन भ्रमणमा समेत मानवतस्करी भएको गम्भिर आरोप लागेको छ ।
नेकपा माओवादी केन्द्रका वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि मानवतस्करीसँग जोडेर गम्भिर प्रश्न खडा गरेका छन्।
दिपशिखाले लेखेका छन्,‘प्रधानमन्त्री जी तपाई स्पेन भ्रमणमा जाँदा केहि मानिसहरू लगेको र उतै छोडेर फर्किएको भन्ने आरोप छ। कति गएका र कति फर्केका हुन् जनतालाई जवाफ चाहियो ! प्रधानमन्त्रीको भ्रमणमा समेत मानव तस्करीको आरोप लाग्नु जत्तिको लज्जा रास्ट्रका लागि अरू के हुन्छ र?’
उनले सामाजिक सञ्जालमार्फत खडा गरेको प्रश्न भिजिट भिसा प्रकरणको बहस चलिरहेका बेला गम्भिर बन्न पुगेको  छ ।  सामाजिक संजालमा दिपशिखाले  प्रधानमन्त्रीमाथि आरोप लागेको बताएपनि त्यस्तो गम्भिर आरोप कसले र कहाँ लगायो भन्ने विषय उल्लेख गरेका छैनन् ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट रहेको र केन्द्रीय सदस्य तथा युवा फाँटको प्रमुख समेत भएकाले दिपशिखाको आरोप गम्भिर हो।
एमालेका नेताहरुले भने  प्रधानमन्त्रीको भ्रमणलाई जोडेर यस्तो अफवाह फैलियो र प्रमाणित भएन भने राम्रो  नहुने चेतावनी दिएका छन्।
रामप्रसादले सामाजिक संजालमार्फत प्रधानमन्त्रीसँग जवाफ मागेपछि उनीमाथि पनि सामाजिक संजालमा मानवतस्करी गरेको भन्दै प्रश्न उठाइएका छन् ।
स्पेनमा आयोजना भएको संयुक्त राष्ट्रसंघको कार्यक्रममा नेपालबाट झण्डै तीन दर्जन मानिस नेकपा माओवादी निकट ब्यवसायीले भिजिट भिसामा मड्रिट लगेको कुरा स्पेनबाट जानकारीमा आएको सामाजिक संजालमा दाबी गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम भएको र स्पेनमा भिसाबिनै जान पाउने अवस्थाको दुरुपयोग गरेर स्पेन लगेको र त्यस्को संयोजन स्पेनमै रहेका माओवादी निकट ब्यवसायी चितवनतिरका कँडेल थरका ब्यक्ति हुन भन्ने पनि जानकारीमा छ ।
ती कँडेल थरका ब्यक्ति माओवादी नेता र वाइसिएलको नाममा असुलीमा कुस्त भएका भनिएका दीपशिखाकै निटकका मानिस हुन भन्ने तथ्य पनि खुलेको   सामाजिक संजालमा रामप्रसादलाई आरोप लगाउँदै लेखिएको छ ।
यस्तै एमाले निटक प्रेस चौतारीमा अध्यक्ष गणेश पाण्डेले त सापकोटाविरुद्ध जाहेरी परेको उल्लेख गरेका छन् ।  उनले लेखेका छन्,  माओवादी केन्द्रका वाइसिएल इञ्चार्ज रामप्रसाद सापकोटा उर्फ दिपशिखाले विदेशमा मान्छे पठाउने भनेर एक करोड डिल गरेको उजुरी परेको छ ।
जनता–जनयुद्धको नाममा राजनीति गरेर ठूला पदमा पुगेका मानिसले आज मान्छे बेच्ने धन्दा गर्न थाले भने यो त आन्दोलनको घोर अपमान हो । तर अहिलेसम्म दिपशिखाकाविरुद्धमा जाहेरी परेको विषयमा प्रहरीले भने अनविज्ञता जनाएको छ ।
प्रधानमन्त्री ओली  संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ (एफडीडी–४) मा २१ जना नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  असार १४ देखि २० गतेसम्म ६ दिने स्पेन भ्रमण   गरेका थिए ।
 कुल २१ सदस्यीय भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुख स्वीकय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा. स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेल लगायत सहभागी  थिए ।
स्पेनमा  काठमाडौँबाट २१, स्पेन र न्यूयोर्कबाट आठ गरी २९ जना नेपाली प्रतिनिधिमण्डल  सहभागी  रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ  ।
भ्रमण दलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायत सहभागी  रहेका थिए ।
LS Auto
Tags: #प्रधानमन्त्री ओलीको स्पेन भ्रमण#मानव तस्करी गरिएको आरोप#स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.