NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

इजरेल–हमास युद्धविराम वार्ता फेरि असफल

सोमवार असार २३ , २०८२
Reading Time: 1 min read
A A
इजरेल–हमास युद्धविराम वार्ता फेरि असफल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२३ असार , काठमाडौं।
इजरायल र हमासबीचको अप्रत्यक्ष युद्धविराम वार्ता यस पटक पनि असफल बनेको छ । कतारले मध्यस्थता गरेको सो वार्ता बिना कुनै ठोस सफलता त्यसै सकिएको छ ।
वार्तासँग परिचित एक प्यालेस्टिनी अधिकारीले यसको जानकारी दिएका हुन् । ती अधिकारीका अनुसार, कतारको दोहामा दुई छुट्टाछुट्टै भवनमा करिब साढे तीन घण्टासम्म चलेको यो सत्रमा दुवै पक्षबिच कतारी र इजिप्टियन मध्यस्थकर्ताहरूमार्फत सन्देश र स्पष्टीकरण आदानप्रदान गरिएको थियो ।
तर कुनै प्रगति हासिल हुन सकेन । वार्ता सोमबार फेरि सुरु हुने अपेक्षा गरिएको अधिकारीले थप बताए । मध्यस्थकर्ताहरूले अवरोधहरू हटाउन र दुई पक्षबिचको मतभेद कम गर्न प्रत्येक प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै बैठक गर्ने योजना बनाएका छन् ।
रोयटर्स समाचार एजेन्सीले दुई प्यालेस्टिनी अधिकारीहरूसँग कुरा गर्दा इजरायली प्रतिनिधिमण्डललाई हमाससँग सम्झौता गर्न ‘पर्याप्त अधिकार’ नभएको र उनीहरूसँग ‘वास्तविक शक्ति नभएको’ बताएको थियो ।
यही समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङ्टन प्रस्थान गरेका छन् । नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपतिसँगको आफ्नो भेटले थप बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामको लागि सम्झौता गर्ने प्रयासमा प्रगति गर्न मद्दत पुग्ने बताएका छन् ।
उनले आफ्ना वार्ताकारहरूलाई इजरायलले स्वीकार गरेका सर्तहरूमा युद्धविराम सम्झौतामा पुग्न स्पष्ट निर्देशन दिएको बताएका छन् ।हमासले पछिल्लो युद्धविराम प्रस्तावलाई सकारात्मक भावनाका साथ जवाफ दिएको बताएको छ, तर कुनै पनि सम्झौतामा पुग्न दुई पक्षबिच अझै पनि ठुला भिन्नताहरू रहेको स्पष्ट देखिन्छ ।
हालका लागि, हमासले पहिलेदेखि नै जोड दिँदै आएका सर्तहरूमा अडिग रहेको देखिन्छ – जसमा कुनै पनि युद्धविरामको अन्त्यमा सबै शत्रुताको अन्त्यको ग्यारेन्टी र इजरायली सेनाको फिर्ती समावेश छ ।
नेतन्याहूको सरकारले यसअघि नै यी सर्तहरू अस्वीकार गरिसकेको छ । इजरायली अडानमा पनि खासै ठुलो परिवर्तन आएको छैन । इजरायलबाट अमेरिका प्रस्थान गर्दा नेतन्याहूले आफू अझै पनि तीनवटा ’मिसन’ प्रति प्रतिबद्ध रहेको बताएका थिएः सबै बन्धकहरूको रिहाइ र फिर्ती, जीवित र मृत दुवै; हमासको क्षमतालाई नष्ट गर्ने – यसलाई त्यहाँबाट हटाउने, र गाजाले अब इजरायललाई खतरा नबनाउने सुनिश्चित गर्ने ।
कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई इजरायल र हमासबिचको अप्रत्यक्ष वार्तामा यी विवादका बिन्दुहरू समाधान गर्न कडा चुनौती हुनेछ ।
यसले मार्चमा अघिल्लो युद्धविराम समाप्त भएदेखि अन्य पहलहरूलाई पनि विफल पारेको छ । यसबीच इजरायलले हुथी नियन्त्रित यमनमा पनि फेरि नयाँ फायर खोलेको छ ।
यमनका तीन बन्दरगाह र एउटा पावर प्लान्टमा आक्रमण गरिएको बताएको छ । इजरायली सेनाले आक्रमणअघि हुदैदा, रास इसा र सैफ बन्दरगाह आसपासका नागरिकलाई त्यहाँबाट हट्न चेतावनी दिएको थियो ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमार्फत हमला गरेको कुरा पुष्टि गरेका छन् । आक्रमणमा व्यावसायिक जहाज ग्यालेक्सी लिडर पनि परेको उनले बताएका छन् ।
इजरायलले २०२३ मा विद्रोही समूहले अपहरण गरेको उक्त जहाज अन्तर्राष्ट्रिय पानीमा समुद्री जहाजको निगरानी गर्न प्रयोग गरिएको बताएको छ ।
आक्रमणपछि इजरायली सेनाले यमनबाट दुईवटा क्षेप्यास्त्र प्रहार भएको र तिनलाई रोक्ने प्रयास गरिएको पनि बताएको छ । यमनमा हुथीद्वारा सञ्चालित मिडियाले आक्रमण भएको स्वीकार गरे पनि यसबाट भएका क्षति वा हताहतबारे कुनै जानकारी दिएको छैन ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले उक्त आक्रमण अपरेसन ब्ल्याक फ्ल्यागको हिस्सा भएको उल्लेख गरेका छन्। उनले हुथीहरूले ‘आफ्नो कर्मको ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी पनि दिएका छन् ।
उनले एक्समा पोस्ट गरेका छन्, “यमनले तेहरानको जस्तै दुर्दशा भोग्नेछ । इजरायललाई हानि पु¥याउने प्रयास गर्नेलाई हानि पु¥याइनेछ र इजरायलविरुद्ध हात उठाउने जो कोहीको हात काटिनेछ।“ 
इजरायल–हमास युद्ध सुरु भएदेखि इरान–समर्थित हुथी विद्रोहीहरूले गाजामा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता देखाउन इजरायलमा नियमित रूपमा मिसाइल प्रहार गरिरहेका छन् र लाल सागरमा व्यावसायिक जहाजलाई निसाना बनाइरहेका छन् ।
इजरायली वायुसेनाले यमनी बन्दरगाहहरूमा आक्रमण इजरायल र यसका नागरिकविरुद्ध हुथीहरूले गरेको आक्रमणको प्रतिक्रिया भएको बताएको छ ।
LS Auto
Tags: # इजरेल–हमास युद्धविराम#इजरेल–हमास#इजरेलले यमनमा खोल्यो नयाँ फायर

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ
ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.