NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग सोमवार मंसिर १ , २०८२
मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सोमवार मंसिर १ , २०८२
शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मङ्लबार असार २४ , २०८२
Reading Time: 2 mins read
A A
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२४  असार , काठमाडौं ।
रसुवाको रसुवागढीमा आएको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान अन्दाजी ३ बजेतिर गोसाइकुण्ड गाउँपालिका–२ मा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताएका छन्।
बेपत्ता भएका तीन जना प्रहरी हुन्। उनीहरू तीनै जना इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए।  बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।
चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ बेपत्ता छन्।  त्यस्तै तीन जना गाडी चालक समेत छन्।
बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता छन्।
लामा, मोक्तान र तामाङ गाडी चालक हुन्। रसुवाकै उत्तरगया गाउँपालिका–५ उत्तरगयाधामको खोला किनारमा दाहिने खुट्टा फेला परेको पनि डिएसपी थापाले बताएका छन् ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरीको टोली खटिएको छ।  यसबीच धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला परेको छ ।
त्रिशूली नदीको किनारमा २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो ।
शवको अवस्था अवलोकन गर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान रहेको हमालले बताए । शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष रहेका छन् ।
घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको उनको भनाइ  छ ।  हिमताल फुटेका कारण रसुवाको टिमुरे क्षेत्रमा बाढी आएको आशंका गरिएको छ ।
जल तथा मौसम विभागले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक रुपमा चिनियाँ क्षेत्रमा वर्षाकै कारण बाढी आएको नदेखिएको जनाएको छ । विभागले भनेको छ, ‘प्रारम्भिक रुपमा यस बाढी वर्षाको कारण उत्पन्न भएको देखिँदैन ।
भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन नदी जलाधारको तिब्बतको क्षेत्रमा बाढीको असउर आकलनका लागि आज बिहान ९ बजे सेन्टिनेल एसिया प्लेटफममा तत्कालको भूउपग्रह तस्बिर प्राप्त गर्न इमरर्जेन्सी अब्जरभेसन रिक्वेस्ट जारी गरिएको छ ।
आज एकाविहानै एक्कासी आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । मंगलबार बिहान ३ बजेतिर भोटेकोशी नदीमा आएको बाढीले पुल बगाएपछि दुई देशबीचको सडक सम्पर्कविच्छेद भएको छ ।
२०७६ जेठदेखि सञ्चालनमा आएको उक्त पुल गएराति आएको बाढीले बगाएसँगै दुई देशबीचको सडक सञ्जाल टुटेको हो । २०७७ सालमा आएको बाढीले उक्त पुलमा क्षति गरेपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको थियो ।
चीनबाट बग्ने लेन्दी खोलामा बाढीले बर्खाको बेलामा क्षति गर्ने गरेको छ । जसको कारण दुई देशबीचको सडक सञ्जाल टुट्ने गरेको छ । उक्त पुल चिनियाँ लगानीमा निर्माण भएको थियो ।
जीर्ण अवस्थामा रहेको पुल २०७२ सालमा आएको भूकम्पले थप क्षति गरेपछि पुलको पुनर्निर्माण तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एण्ड ब्रिजले गरेको थियो ।
व्यापारिक कारोबार बढ्दै गएपछि पहिले भएकोभन्दा ५ मिटर उत्तरपूर्वमा पुल निर्माण गरिएको थियो । यसअघि पहिरोका कारण प्रभावित हुँदै आएको व्यापार बाढीले पुल नै बगाएपछि झनै अनिश्चित भएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले यसविषयमा चीनस्थित महावाणिज्यदूत तथा सीमामा रहेका चिनियाँ अधिकारीहरूसँग पनि कुरा भइरहेको बताएका छन् ।
बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा रहेका सयौँ गाडी पनि बगाएको छ । भन्सार जाँचपासका लागि राखिएका इभी गाडीहरू बगाएको हो ।
बाढीले स्याफ्रुबेसी जोड्ने सडक र रसुवागढी जलविद्युत् आयोजनाको संरचनामा पनि क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेकाले उद्धारका लागि काम भइरहेको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय रसुवा, धादिङ र नुवाकोटले त्रिशूली नदीको माथिल्लो क्षेत्र नुवाकोट र रसुवामा अत्यधिक वर्षा भएकाले नदी किनारमा सतर्कता अपनाउन आग्रह गरेका छन् ।
बाढीले रसुवागढी नाका नजिकै निर्माण भइरहेको सुक्खा बन्दरगाहमा पनि क्षति गरेको छ । बन्दरगाहमा बाढीले भौतिक क्षति गराएको छ भने त्यहाँ कार्यरत कामदार समेत सम्पर्कविहीन छन् ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार १८ जना सम्पर्कविहीन छन् । रातिको समयमा बाढी गएकाले बेपत्ताको संख्या अझै बढ्ने अनुमान छ ।
बाढीले सीमामा रहेका चार्जिङ स्टेसन, रसुवागढी जलविद्युत् आयोजनालगायतका संरचनामा पनि क्षति पु¥याएको छ । भन्सार यार्डमा रहेका मालवाहक कन्टेनर तथा विद्युतीय सवारीहरू बगाएको छ ।
यसबीच जल तथा मौसम विज्ञान विभागले रसुवागढीदेखि धादिङको वेनिघाटसम्म अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले भोटेकोशी नदीमा अवलोकन भएको बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको र हाल घट्दो क्रममा रहेको भएतापनि सम्भावित जोखिमलाई ध्यानमा राखी त्रिशूली नदी रहेको उक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
यसैबिच चितवनको नारायणी नदी आसपासको क्षेत्रमा जिल्ला प्रहरी कार्यालय चितवनले माइकिङ गरेको छ । नदीको प्रवाह बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रहरीको भनाइ छ ।
LS Auto
Tags: #नेपाल–चीन सम्पर्क टुट्यो#मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क#हिमताल फुटेको आशंका

लोकप्रीय

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२

विचार

थप समाचार

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग
अन्तर्राष्ट्रिय

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?
खेलकुद

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२

हालका पोस्टहरू

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.