NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

इरान–चीनबीच मिसाइल डिल, इजरेली हत्या प्रयासबाट बचे पेजेस्कियान 

मङ्लबार असार २४ , २०८२
Reading Time: 1 min read
A A
इरान–चीनबीच मिसाइल डिल, इजरेली हत्या प्रयासबाट बचे पेजेस्कियान 
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२४ असार , काठमाडौं ।
इरानका राष्ट्रपति मसूद पेजेस्कियनले आफूलाई इजरायलले मार्ने प्रयास गरेको खुलासा गरेका छन । उनका अनुसार इजरायलले गत महिना भएको १२ दिने युद्धका क्रममा त्यो इलाकामा बमबारी गरेर उनको हत्या गर्ने प्रयास गरेको थियो, जहाँ उनले बैठक गरिरहेका थिए।
सोमवार अमेरिकी मिडियाकर्मी टकर कार्लसनसंगको एक अन्तर्वार्तामा इरानी राष्ट्रपतिले दाबी गरे कि तेल अभीभले उनलाई मार्ने कोशिश गरेको थियो, तर असफल रह्यो ।
मसूद पेजेशकियनले भने, मेरो हत्याको पछाडि अमेरिका होइन इजरायल थियो । यसअघि भने इरानी सर्वोच्च नेता खामेनीकै हत्या हुन सक्ने संकेत अमेरिकी राष्ट्रपतिले नै गरेका थिए ।
त्यसका लागि इजरायलले तयारी गरेको तर आफ्ना कारण उनको हत्या रोकिएको दाबी ट्रम्पले गरेका थिए । यस्तै इजरायली रक्षामन्त्रीले पनि खामेनी आफ्नो पहँुच बाहिर नभएको भन्दै चेतावनी दिएका थिए ।
तर १२ दिनपछि युद्धविराम भयो र पेजेस्कियान र खामेनी दुवै सार्वजनिक भइसकेका छन्, दुवै सकुशल देखिएका छन् ।  यसबीच राष्ट्रपति मसुद पेजेश्कियनले देशका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकी लगानीकर्ताहरूलाई इरानमा लगानी गर्न अनुमति दिन सकिने सङ्केत दिएको पनि बताएका छन् ।
राष्ट्रपति पेजेश्कियनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भनेका छन्, ‘हाम्रो सर्वोच्च नेतासँग भएको कुराकानीमा उहाँले विश्वास व्यक्त गर्नुभयो कि अमेरिकी लगानीकर्ताहरू इरान आउन सक्छन् र उनीहरूको गतिविधिमा कुनै अवरोध छैन ।  दुर्भाग्यवश, इजरायल नै यस क्षेत्रको शान्तिको मुख्य बाधा हो।’
यदि इरानमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू हटाइएमा अमेरिकीसहित अन्य मुलुकका लगानीकर्ताहरूलाई खुला वातावरणमा लगानी गर्ने अवसर प्राप्त हुने उनले उनले स्पष्ट पारे। ‘अमेरिकी लगानीकर्ताहरूका लागि कुनै रोकटोक छैन,’ पेजेश्कियनले लेखेका छन्।
यसअघिको अन्तर्वार्तामा पेजेशकियनले तेहरानलाई परमाणु वार्ता पुनः शुरू गर्नमा पनि कुनै समस्या नरहेको बताएका थिए । यसका लागि दुवै देशका बीच विश्वास पुनः स्थापित हुनुपर्ने बताएका थिए ।
ईरानी राष्ट्रपतिले भने, हामीलाई वार्ता पुनः सुरु गर्न कुनै आपत्ति छैन । तर यसका लागि एक शर्त छ । हामीले फेरि अमेरिकामाथि कसरी विश्वास गर्नु ? हामीले वार्ता सुरु गरौला तर त्यहीबीच इजरायलले फेरि हमला नगर्ला भन्ने ग्यारेन्टी हुनुपर्छ ।
त्यस्तो अवस्थामा वार्ता हुनसक्ने उनले बताएका छन् । यसअघि भने इरानकातर्फबाट यस्ता नरम अभिब्यक्ति आएका थिएनन् । खामेनीले पनि पहिला भिडियो सन्देशमार्फत र पछि एक धार्मिक कार्यक्रममा सार्वजनिक भएर अमेरिकालाई कडा चेतावनी दिएका थिए ।
तर अब भने अमेरिकातर्फ इरानको झुकाव देखिन थालेको हो । यता युद्धविराम भएपछि ट्रम्पले पनि इरानले बहादुरीपूर्वक लडेको र यो देशको भविष्य सुनौलो रहेको प्रतिक्रिया दिएका थिए ।
परमाणु कार्यक्रम त्यागे आफूले इरानसंग मिलेर काम गर्ने पनि उनले बताएका छन् ।  एकातिर अमेरिकासंग पुनः वार्तामा बस्न सकिने इरानले बताएको छ । र अमेरिकी लगानीकर्ताहरुलाई समेत इरान प्रवेश खुला गर्ने बताएको छ ।
भने अर्कातिर उसले चीनसंग हतियारहरु पनि खरिद गरिरहेको छ । इजरायल र अमेरिकासंगको युद्धमा आफ्ना महत्वपूर्ण हतियार गुमाएको इरानले अहिले चीनबाट एयर डिफेंस सिस्टम पाएको छ ।
जसले अब इजरायलका लागि भने तेहरानविरुद्ध आक्रामक हुनुभन्दा अघि सोच्नु पर्ने भएको छ । ईरानले आफ्नो खास सहयोगी चीनबाट सरफेस–टू–एयर मिसाइल ब्याट्रीहरु प्राप्त गरेको छ ।
सरफेस टू एयर मिसाइललाई जमीन वा समुद्रबाट पनि लन्च गर्न सकिन्छ । यसले लडाकू विमान र मिसाइलहरु जस्ता हवाई खतराहरुबाट बचाउन सक्छ ।
मिडिल ईस्ट आईको रिपोर्टका अनुसार ईरानले हालै चीनबाट सतहदेखि हावामा मार हान्ने खालका मिसाइल ब्याट्री हासिल गरेको छ । इजरायल–अमेरिकाका साथ भएको युद्धपछि आफ्नो रक्षा क्षमताहरुलाई बलियो बनाउने काम गरिरहेको ईरानी सरकार र सेनाले यो सम्झौता तेलका बदलामा गरेको हो ।
चीनले यसअघि पाकिस्तानलाई आफ्नो एचक्यु–९ र एचक्यु–१६ एयर डिफेंस सिस्टम दिएको थियो । इजिप्टसंग पनि चीनको एचक्यु–९ प्रणाली छ ।
चीनको दाबी छ कि एचक्यु–९बीको रडार निकै नै आधुनिक छ र यसको रेंज १२५ किमीसम्म छ । चीनले रूसी एस–३०० को प्राविधिमा आधारित भएर यसको विकास गरेको हो ।
ईरानलाई पनि चीनले यो सिस्टम दिन लागेको चर्चा भइरहेको छ । रिपोर्टका अनुसार, यसअघि चीनबाट ईरानलाई सतहदेखि हावामा मार हान्ने मिसाइलहरुको डिलीवरी २४ जूनमा भएको थियो ।
यो सिस्टम ईरान र इजरायलबीच युद्धविराम लगत्तै तेहरान पुगेको हो । एक अरब अधिकारीले दाबी गरेका छन् कि अमेरिकालाई तेहरानको यो डीलबारे जानकारी थियो ।
यद्यपि अधिकारीहरुले ईरानलाई चीनले कति मिसाइल दिएको भन्ने बारे बताएका छैनन । अहिलेसम्म ईरानसंग रूसको एस–३०० एयर डिफेंस सिस्टम भएको दाबी गरिएको थियो ।
तर इजरायलका हमलाहरुलाई यो सिस्टमले रोक्न सकेको थिएन । यता गाजामा अब के हुन्छ ? यो प्रश्न पनि अहिले उठिरहेको छ  । किनभने बेन्जामिन नेतान्याहु अमेरिका जाँदै गर्दा उनले ट्रम्पसंग युद्धविरामका लागि कुरा गर्ने ठानिएको थियो ।
ट्रम्पले पनि अब केही दिनभित्रै गाजामा युद्धविराम हुने दाबी गरेका थिए । यसका लागि कतारमा फेरि वार्ता पनि सुरु भएको थियो । सो वार्ताले परिणाम दिन नसकेका बेला नेतान्याहु पनि अमेरिका पुगे ।
तर अहिलेसम्म उनीहरुबीच युद्धविराम हुने भन्ने कुरामा सहमति जुटेको बाहिर आएको छैन । अर्कातर्फ इजरायलमा पनि अब हमाससंग कुनै वार्ता नगर्न भन्दै माग उठिरहेको छ ।
यसबीच ट्रम्प र नेतान्याहुबीच एक खतरनाक योजनामा पनि चर्चा भएको खबर आइरहेको छ । जसमा उनीहरुले गाजाका मानिसहरुलाई छिमेकी देशमा शिफ्ट गर्ने कुरा गरेको आशंका गरिएको छ ।
ट्रम्पले पहिलादेखि नै गाजाका मानिसहरुलाई इजिप्ट, लेबनान जस्ता छिमेकी देशहरुमा विस्थापित गर्ने कुरा बताएका थिए । उनले गाजालाई अमेरिकाले पुननिर्माण गर्ने सम्मको योजना सुनाएका थिए ।
तर यस्तो गर्न हमास र अन्य इस्लामिक देशहरुले अस्वीकार गर्दै विरोध समेत गरेका छन् । यद्यपि ट्रम्प र नेतान्याहुले फेरि यसैमा चर्चा गरेको बताइएको छ ।
र युद्धविरामकालागि भने केही कुरा पनि बाहिर आएको छैन । जबकी ट्रम्पले कयौं दिनदेखि दोहोर्याइरहेका थिए कि हमासका साथ ६० दिनको युद्धविरामका लागि मन्थन चलिरहेको छ ।
तर त्यसको उल्टो दृश्यहरु देखिएको छ । यस्तोमा गाजालाई लिएर किन पनि चिन्ता बढेको छ भने इजरायलले यहाँ लगायतार हमला तिव्र पारेको छ । वेस्ट बैंकमा समेत हमला तिव्र पारेको छ ।
सोमबारमात्रै ६० प्यालेस्टानीहरुको मृत्यु भएको छ । यसको अलावा यमनका हुथीमाथि पनि इजरायलले नयाँ फायर खोलेको छ । यस्तोमा अब गाजामा के हुन्छ भन्ने अनुमान लगाउन पनि गारो छ ।
इजरायलका गृहमन्त्रीले पनि नेतान्याहुसंग हमासका साथ वार्ता नगर्न माग गरेका छन् । यसबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।
यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।
LS Auto
Tags: #इरान–चीनबीच मिसाइल डिल#ट्रम्प–नेतान्याहुको खतरनाक योजना#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२

विचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२

थप समाचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु
अन्तर्राष्ट्रिय

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि
ताजा समाचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए
ताजा समाचार

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश
अन्तर्राष्ट्रिय

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: प्रहरीकै ह*त्या, एप्पल र ओपनएआइविरुद्ध Muskले हाले मुद्दा || Nepal Times

World News: प्रहरीकै ह*त्या, एप्पल र ओपनएआइविरुद्ध Muskले हाले मुद्दा || Nepal Times

00:15:07

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.