NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने सोमवार कार्तिक १७ , २०८२
ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’ सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने सोमवार कार्तिक १७ , २०८२
खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ? सोमवार कार्तिक १७ , २०८२
Next
Prev

समाचार

विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ?

बुधबार असार २५ , २०८२
Reading Time: 1 min read
A A
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ असार , काठमाण्डौ ।

एमालेभित्रैको एक पंक्ति र बाहिर रहेर हालको एमालेको संस्थापन नरुचाइरहेकाहरुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा सक्रिय फिर्तीलाई स्वागत गरिरहेका बेला नेपाली कांग्रेसले भने यसमा असन्तुष्टि व्यक्त गरेको छ ।

एमालेमा फर्किएर अध्यक्ष केपी शर्मा ओलीको विकल्प बन्ने दृढतासहित रणनीति बनाइरहेकी भण्डारीलाई एमालेले अहिले नै रोक्नु पर्ने धारणा संसदको सबैभन्दा ठूलो दल कांग्रेसले जाहेर गरेको छ ।

LS Auto

स्वयं कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसंग यस्तो धारणा राखेको पाइएको छ ।

ओली स्वयं विद्या भण्डारीको एमालेमा बढीरहेको कदमबाट रुष्ट र भयभित पनि छन् । विद्याको सक्रियतासंगै आफूले रोक्न खोजेको उमेरको हदबन्दीलाई लिएर पनि अब विवाद उठ्ने देखिएको छ ।

यदी यसमा विवाद बढ्यो र विधान महाधिवेशनसम्म यो विषय पुग्यो भने ओलीलाई उमेर हदले नेतृत्वकालागि रोक्ने पक्का छ । त्यसो हुँदा ओलीले यो व्यवस्था र भण्डारी दुवैलाई रोक्ने रणनीतिमा छन् ।

यस्तोमा हाल सरकारमा साथ दिइरहेको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस पनि ओलीकै साथमा खडा भएको हो । भण्डारीले डेढ साताअघि पार्टी सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि एमाले अध्यक्ष ओलीसहित संस्थापन पक्षका नेताहरू असन्तुष्ट देखिएका छन् ।

यही वेला एमाले नेताहरूकै जस्तै असन्तुष्टि कांग्रेस सभापति देउवाले पनि प्रकट गरेका छन् । भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन नहुने देउवाको मत छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार भएको ओलीसँगको भेटवार्तामा देउवाले भण्डारीको सक्रियताप्रति असन्तुष्टि व्यक्त गरेका हुन ।

पूर्वराष्ट्रपतिले पुनः सक्रिय राजनीतिमा फर्किनु लोकतान्त्रिक गणतन्त्र र वर्तमान राजनीतिक प्रणालीका लागि हितकर नहुने देउवाको भनाइ थियो ।

निकट विश्वासपात्र नेताहरू उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकलाई साथमा राखेर देउवाले पूर्वराष्ट्रपति भण्डारीको पुनरागमनले एमालेको आन्तरिक राजनीति र देशकै राजनीतिक प्रणालीमाथि पार्ने नकारात्मक प्रभावबारे ओलीको धारणा बुझ्ने प्रयास गरेका हुन् ।

विश्वासपात्र नेताहरू महासचिव शंकर पोखरेल र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई साथमै राखेर छलफल गरेका ओलीले देउवाको मतमा सहमति जनाएको बताइएको छ ।

ओलीले पार्टीभित्र संस्थागत निर्णय गरेरै भण्डारीको सक्रियतालाई लगाम लगाउन सकिने संकेत गरेका छन् । भण्डारीको घोषणालाई ‘निजी इच्छा’को रूपमा लिँदै ओलीले पार्टीभित्र औपचारिक छलफल हुन बाँकी रहेको बताएका थिए ।

यता मंगलबारको भेटमा देउवाले भनेका थिए, ‘विद्याजी फर्किएर एमालेभित्र दुई गुट बन्दा, फुट्दा वा कमजोर हुँदा प्रतिस्पर्धी भएकाले कांग्रेसलाई फाइदा त होला । तर, देशलाई फाइदा गर्दैन ।

नेपाली सेनाको परमसेनाधिपति भइसकेको व्यक्तिको व्यक्तित्व त इन्स्टिच्युसनल मेमोरी हुन्छ । राजनीतिभन्दा माथि देशको संरक्षक भएकैले राष्ट्रपतिको सम्पूर्ण सुरक्षाका लागि सेना खटाइएको हुन्छ ।

त्यस्तो इन्स्टिच्युसनल मेमोरी त कहिल्यै डिलिट हुँदैन । भोलि रामवरणजी या अहिलेका राष्ट्रपति रामचन्द्रजीले पनि रिटायर्ड भएपछि त्यस्तै इच्छा गरे के गर्ने ?’

सभापति देउवाले पूर्वराष्ट्रपति राजनीतिमा फर्किँदा लोकतान्त्रिक गणतन्त्रको अहिलेको राजनीतिक प्रणाली नै संकटमा पर्न सक्ने खतरा औँल्याउँदै ओलीको ध्यानाकर्षणसमेत गराए ।

‘पूर्वराष्ट्रपति राजनीतिमा फर्किँदा अहिलेको राजनीतिक प्रणालीप्रति अविश्वास पैदा हुन्छ, व्यवस्था कमजोर हुन्छ । त्यसकारण हामीले राजनीतिक प्रणालीलाई कमजोर हुन दिनु हुँदैन,’ देउवाको भनाइ थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले पनि देउवाको भनाइमा सहमति जनाएको बताइन्छ । सो क्रममा ओलीले भने, पूर्वराष्ट्रपति राजनीतिमा मुछिनु भनेको अहिलेका राष्ट्रपति पनि मुछिनु हो,’ ।

‘तपाईंको जस्तै हाम्रो पनि प्रश्न हो, प्रणालीमाथि प्रश्न उठ्नुहुँदैन भन्ने एमालेको पनि चिन्ता हो । त्यसैले जसरी तपाईंहरूले सोच्नुभयो, त्यसैगरी, हामी एमाले पनि प्रणालीप्रतिको विश्वास र रक्षाको पक्षमा सोच्नेछौँ ।’ ओलीले भनेका छन् ।

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि भण्डारीले पुन राजनीतिमा फर्किन गरेका प्रयासप्रति असन्तुष्टी राखेका थिए ।

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वउपसभापति विमलेन्द्र निधि, डा. गोविन्दराज पोखरेललगायतले भण्डारीको पुनरागमन प्रणालीकै लागि खतरा हुन सक्ने र कम्युनिस्टहरू फेरि मिल्न सक्नेप्रति नोटिस गर्नुपर्ने धारणा राखेका थिए ।

कांग्रेसका नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने निर्णयलाई ‘नोटिस’मा राखेका छन्।

भण्डारीले एमालेमा फर्किएर सक्रिय राजनीति गर्ने निर्णयलाई नोटिसमा राख्ने मात्र होइन, उनलाई सक्रिय राजनीतिमा फर्किन दिन नहुने पक्षमा पनि कांग्रेस नेताहरू उभिएका हुन् ।

कार्य समिति बैठकमा नेताहरूले उठाएको सोही विषयलाई सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि चासो राखेका हुन् ।

देउवाले भण्डारीको १४ असारको निर्णयबारे चासो मात्रै राखेनन्, राजनीतिमा आउन दिन नहुने मत पनि राखेका हुन् । देउवाले बालुवाटारमा तीनवटा कुरामा जोड दिएको देखिन्छ ।

एक, सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टीको नेता हुन मिल्दैन । दोस्रो, लोकतान्त्रिक प्रणालीमाथि भरोसा टुट्छ । तेस्रो, व्यक्तिको अधिकार र कानुनी बाटो खुला हुने कुरा मात्र होइन, नैतिकतासँग पनि जोडिन्छ ।

बालुवाटारमा सारमा यति कुरा गरेका देउवाको ठोस अडानचाहिँ भण्डारीको राजनीतिक सक्रियता रोक्नुपर्ने मक्सदसँग जोडिन्छ।

उनले प्रस्टै भनेका छन्, ’कांग्रेस र एमालेको मात्र कुरा होइन यो, यसलाई रोक्नुपर्छ ।’ बैठकमा सहभागी एक नेताका अनुसार, देउवाले राष्ट्रपति नेपाली सेनाको परमाधिपतिसमेत भएकाले त्यस्तो मानिस एउटा पार्टीको नेता भएर आउन मिल्छ ? भन्ने प्रश्न जोड दिएर उठाएका थिए ।

तर राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको कमब्याकको विरोधमा देउवा र ओलीको एउटै धारणा बन्नुमा दुवैको स्वार्थ मिलेको हुन सक्ने राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

देउवाले प्रधानमन्त्री बन्ने सहमति अलपत्र पर्न सक्ने र ०७४ मा जस्तै कम्युनिस्ट मिल्न सक्ने भयले विरोध प्रकट गरको र ओलीले पनि आफू विस्थापित हुन सक्ने भयकै कारण दुवैले एकैठाउँबाट विरोधको सन्देश दिएको हुन सक्ने विश्लेषण गरिएको छ ।

Tags: #ओली–देउवा#विद्या भण्डारी

लोकप्रीय

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२

विचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२

थप समाचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
ताजा समाचार

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा
खेलकुद

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
ताजा समाचार

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

सोमवार कार्तिक १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२

हालका पोस्टहरू

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.