NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

क्लब विश्वकप फाइनलमा पिएसजी र चेल्सी भिड्ने,कसले जित्ला उपाधि?

बिहिबार असार २६ , २०८२
Reading Time: 1 min read
A A
क्लब विश्वकप फाइनलमा पिएसजी र चेल्सी भिड्ने,कसले जित्ला उपाधि?

Fluminense's Thiago Santos, left, and Thiago Silva celebrate after the Club World Cup quarterfinal soccer match between Fluminense and Al Hilal in Orlando, Fla., Friday, July 4, 2025. (AP Photo/Phelan M. Ebenhack)

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ असार , काठमाण्डौं ।

क्लब विश्वकपको फाइनलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) र चेल्सी भिड्ने भएका छन् । सेमिफाइनलमा रियल मड्रिडलाई ४–० को हार चखाउँदै पीएसजीले चेल्सीसँगको उपाधि भिडन्त तय गरेको हो ।

च्याम्पियन्स लिग विजेता बन्दै क्लब विश्वकप खेल्न अमेरिका पुगेको पीएसजीले अब आइतबार उपाधिका लागि चेल्सीसँग खेल्नेछ । फेबियन रुइजले दुई गोल गर्दै निर्णायक भूमिका निर्वाह गरेका थिए ।

रियलको प्रदर्शन निराशाजनक रह्यो । यसअघि च्याम्पियन्स लिग फाइनलमा पीएसजीसँग ५–० ले पराजित भएको इन्टर मिलानभन्दा पनि कमजोर देखियो ।

१५ पटकको युरोपियन च्याम्पियन रियल फ्लोरिडा यात्रापछि थाकेको देखिन्थ्यो, जसको फाइदा पीएसजीले लियो । पहिलो हाफमा पीएसजीको बल नियन्त्रण ७६.५ प्रतिशत थियो ।

प्रतियोगितामा रियलका स्टार केलियन एम्बाप्पेले खासै प्रभाव जमाउन सकेनन् । लुका मोड्रिचले ६४ औं मिनेटमा मैदान प्रवेश गरे । रियलबाट त्यो उनको अन्तिम खेल थियो ।

एडर मिलिटाओ चोट मुक्त भएर मैदानमा फर्किए । अमेरिकाको न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा ७७ हजार दर्शकमाझ पूर्व क्लबविरुद्ध केलियन एम्बाप्पेको रियल म्याड्रिड निरिह बनेको थियो ।

सेमिफाइनल खेलको २४ मिनेटभित्रै पिएसजीले निर्णायक अग्रता बनाउँदै रियलको सपना चकानाचुर पारिदिएको थियो । रियललाई निरीह बनाउन २४ मिनेट भित्र ३ गोल गरेको पिएसजी त्यसपछि भने केही थामियो दोस्रो हाफमा उसले अर्को एक गोल गरेको थियो ।

खेलको छैटौं मिनेटमै रुइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । त्यसको तीन मिनेटमै ओस्मान डेम्बेलेले अर्को गोल थपे । दुवै गोल रियल मड्रिडका डिफेन्डर राउल एसेन्सियो र एन्टोनियो रुडिगरको गल्तीपछि सम्भव भएको हो ।

२४औं मिनेटमा रुइजले काउन्टर अट्याकमा आफ्नो दोस्रो गोल गर्दै ३–० को अग्रता बनाए । ८७ औं मिनेटमा गोन्सालो रामोसले चौथो गोल थपे ।

हामी अर्को फाइनलमा पुग्न पाउँदा निकै खुशी छौं,’ खेलपछि रुइजले भने,‘यो ऐतिहासिक उपलब्धि हो । यो सिजन हरेक फाइनलमा पुग्नु निकै कठिन कुरा हो । अब हामी उपाधिबाट एक पाइला टाढा छौं।’

ओप्टाको सुपरकम्प्युटरले गरेको विस्तृत विश्लेषणअनुसार, हालसालै युरोपियन च्याम्पियन्स लिग जितेको र प्रतियोगितामा उत्कृष्ट लयमा रहेको पीएसजीलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ।

पेरिस सेन्ट–जर्मेन पीएसजीले उपाधि जित्ने सम्भावना ३९.३३ प्रतिशत देखाइएको छ । पीएसजीले प्रतियोगितामा बोटाफोगोसँगको एक मात्र हार बेहोरेको छ भने नकआउट चरणमा इन्टर मियामी र बायर्न म्युनिखजस्ता बलिया टोलीलाई पाखा लगाएको थियो।

सुपरकम्प्युटरले रियल मड्रिडविरुद्धको सेमिफाइनल जित्ने सम्भावना पनि पीएसजीकै पक्षमा ५८.८४ प्रतिशत देखाइएको थियो । यस्तै चेल्सीले उपाधि जित्ने दोस्रो धेरै सम्भावना ३३.२७ प्रतिशत रहेको भविष्यवाणी गरिएको छ ।

चेल्सीको फाइनल यात्रासम्म नै तुलनात्मक रूपमा सहज देखिएको थियो । उनीहरूले नकआउटमा बेन्फिका र पाल्मेरासलाई हराएका थिए। सेमिफाइनलमा कमजोर आँकिएको फ्लुमिनेन्सविरुद्ध सहज जित निकालेको चेल्सीको फाइनल पुग्ने सम्भावना निकै उच्च अर्थात ८०.५१ प्रतिशत रहेको देखाइएको थियो ।

सो अनुमान अनुरुप चेल्सी उपाधि नजिक पुगेको छ । यस्तै रियल मड्रिडको उपाधि जित्ने सम्भावना २४.६७ प्रतिशत मात्रै रहेको सुपरकम्युटरले देखाएको थियो । जो उपाधि होडबाट बाहिरिसकेको छ ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि आइतवार न्यू जर्सीमा हुने फिफा क्लब विश्वकप फाइनलमा उपस्थित हुने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ट्रम्प टावर, न्यूयोर्कमा आफ्नो कार्यालय खोलेको घोषणा गरेको एक दिन पछि ट्रम्प क्लब विश्व कपको फाइनलमा उपस्थिति हुने समाचार बाहिरिएको हो ।

संयुक्त राज्य अमेरिका हालै विस्तार गरिएको क्लब विश्वकपको पहिलो संस्करणको आयोजक मुलुक हो । त्यस्तै आगामी वर्षको विश्व कपका लागि क्यानडा र मेक्सिकोसँगै सह–आयोजक पनि हो ।

फिफाको पहिले नै मियामीमा कार्यालय छ, तर ट्रम्प टावरमा कार्यालय खोल्नु अमेरिकाको सरकारसँगको सम्बन्ध अझै बलियो बनाउने विश्वास गरिएको छ ।

फिफा अध्यक्ष जियानी इनफान्टिनोले भने, ‘हामीले क्लब विश्वकप र आगामी विश्वकपका लागि अमेरिकी सरकार र राष्ट्रपति विशेषतः व्हाइट हाउस टास्कफोर्सबाट निकै ठूलो सहयोग प्राप्त गरेका छौं।’

Tags: #क्लब विश्वकप फाइनलमा#क्लब विश्वकपको फाइनल#क्लब विश्वकपको फाइनल कहिले ?#डोनाल्ड ट्रम्प पनि हेर्न जाने

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.