NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो

शुक्रबार असार २७ , २०८२
Reading Time: 1 min read
A A
७ दिनमा तलब नदिए बालेनले टुकुचामा गाडिदिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ असार , काठमाडौ ।

काठमाडौं महानगरपालिकामा विगत सात महिनादेखि जारी राजनीतिक र प्रशासनिक गतिरोध नाटकीय रूपमा अन्त्य भएको छ । लामो समयको विवाद र अडानपछि बसेको नगर कार्यपालिकाको बैठक मेयर बालेनले केवल १ मिनेट ८ सेकेन्डमा टुंग्याएका छन्।

यो छोटो तर अर्थपूर्ण बैठकले बजेटको गाँठो फुकाए पनि मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको तिक्ततापूर्ण सम्बन्धलाई भने छताछुल्ल पारेको छ।

LS Auto

शुक्रबार दिउँसो काठमाडौं प्लाजास्थित सभाहलमा सात महिनापछि कार्यपालिका बैठक बस्दा सबैको ध्यान त्यसतर्फ खिचिएको थियो। बैठकको कार्यसूचीमा २४ वटा महत्वपूर्ण एजेन्डाहरू थिए, जसमा महानगरको विकास, नीति निर्माण र प्रशासनिक निर्णयहरू समावेश थिए।

तर, बैठक सुरु हुनासाथ मेयर बालेनले सबैलाई चकित पार्दै घोषणा गरे, “आज २४ वटा एजेन्डा भए पनि हामी एउटा मात्र प्रस्तावमा छलफल गर्नेछौं।“उनले तुरुन्तै असार २९ गते आइतबार दिउँसो २ बजेका लागि नगरसभा बैठक बोलाउने प्रस्ताव राखे।

उपस्थित कार्यपालिका सदस्यहरूले मौन समर्थन जनाएपछि प्रस्ताव पारित भयो। लगत्तै, बालेनले जुरुक्क उठेर बैठक सकिएको घोषणा गरे र तीव्र गतिमा कार्यकक्षबाट बाहिरिए।

यो सम्पूर्ण प्रक्रियाले जम्मा १ मिनेट ८ सेकेन्ड मात्र लियो। यो छोटो बैठकको सबैभन्दा चासोको पक्ष थियो, मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत तथा कार्यपालिकाका सदस्य–सचिव सरोज गुरागाईंप्रति देखाएको व्यवहार।

विगतका बैठकहरूमा प्रमुख प्रशासकीय अधिकृतलाई नामै तोकेर सम्बोधन गर्ने गरेका बालेनले यसपटक उनलाई पूर्ण रूपमा बेवास्ता गरे ।

उनले उपप्रमुख सुनिता डंगोललाई सम्बोधन गरे, तर गुरागाईंको नाम उच्चारणसमेत नगरी एकमुष्ट रूपमा कर्मचारीज्यूहरू भनेर सम्बोधन गरे।

यो घटनाले उनीहरूबीचको व्यक्तिगत र प्रशासनिक सम्बन्ध कति चिसिएको छ भन्ने स्पष्ट पारेको छ। यो सम्पूर्ण किचलोको जड गत पुस ८ गतेदेखि सुरु भएको थियो।

मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बाइपास गरेर महानगर चलाउन खोजेपछि विवाद चुलिएको थियो। बालेनले गुरागाईंलाई नस्वीकार्ने र उनको अनुपस्थितिमा बैठक राख्ने अडान लिएका थिए।

तर, उपप्रमुख सुनिता डंगोल र अधिकांश वडाध्यक्षहरूले कानुनी प्रक्रिया मिच्न नहुने भन्दै गुरागाईंको उपस्थिति अनिवार्य हुनुपर्ने अडान लिए। यही कारणले सात महिनासम्म कार्यपालिका बैठक बस्न सकेन र स्थानीय तहले असार १० गतेभित्रै ल्याउनुपर्ने बजेटसमेत रोकियो।

कानुनी समयसीमा नाघिसकेपछि चौतर्फी दबाबमा परेका मेयर बालेन अन्ततः पछि हट्न बाध्य भए। शुक्रबार उनकै कार्यकक्षमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्यो, जसमा उपमेयर डंगोल, प्रमुख प्रशासकीय अधिकृत गुरागाईं र प्रतिनिधि वडाध्यक्षहरू सहभागी थिए।

यही बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट सीमा निर्धारण ग¥यो। समितिले आर्थिकतर्फ ३%, पूर्वाधारतर्फ ५१%, सामाजिक विकासतर्फ २०%, सुशासनतर्फ १२% र प्रशासनिकतर्फ १४% बजेट विनियोजन गर्ने गरी सीमा तोकेको छ।

यही सहमतिका आधारमा बजेट ल्याउने पक्का भएपछि कार्यपालिका बैठक बोलाइएको थियो, तर बालेनले आफ्नो असन्तुष्टि र अडानलाई एक मिनेटको बैठकमा प्रतीकात्मक रूपमा प्रस्तुत गरे ।

अब सबैको नजर आइतबार बस्ने नगरसभा र त्यहाँ प्रस्तुत हुने बजेटमाथि टिकेको छ। बजेट पारित भए पनि महानगरपालिकाको नेतृत्व र प्रशासनबीचको यो चिसो सम्बन्धले आगामी दिनमा विकास निर्माण र सेवा प्रवाहमा कस्तो असर पार्छ, त्यो भने हेर्न बाँकी नै छ।

Tags: #काठमाडौं महानगरपालिका#बालेन झुके#७महिनाको मौनता मिनेटमा सकियो

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

विचार

थप समाचार

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.