NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित सोमवार मंसिर ८ , २०८२
फागुन २१ को चुनाव सर्न सक्छ, विश्वप्रकाशले खुलाए कारण सोमवार मंसिर ८ , २०८२
जापानको ’टाउको काट्ने’ चीनको धम्की सोमवार मंसिर ८ , २०८२
Next
Prev

समाचार

घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ?

आइतवार असार २९ , २०८२
Reading Time: 1 min read
A A
घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन्  बा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२९ असार , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद सुमना श्रेष्ठलाई बोल्न दिएका थिए ।

उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताइन् । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस लेनदेनसम्बन्धी अडिओबारे प्रश्न उठाइन ।

भूमी आयोगको कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी अडिओ सार्वजनिक भएपछि आइतबार प्रतिनिधि सभामा रास्वपा सांसद सुमना श्रेष्ठले त्यसबारेमा प्रश्न उठाएकी हुन्।

उनले सरकार भूमि विधेयक फास्ट ट्र्याकबाट किन पास गर्न खोज्दै छ भन्ने विषय पनि अडिओ सार्वजनिक भएपछि खुलेको बताइन्। ’कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे र जिल्लाको भूमि आयोगको अध्यक्षमा सेटिङ? किन भूमि विधेयक फास्ट ट्र्याकबाट पास गर्न खोजिएको भन्ने बुझ्यौं। आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन !,’ उनले भनिन्।

सार्वजनिक भएको अडिओमा पनि एउटा मन्त्री (सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता) ले अर्को मन्त्री (भूमि मन्त्री बलराम अधिकारी) लाई पोलेकोले यसमा पनि छानबिन गर्न सांसद श्रेष्ठले माग गरेकी छन्।

’अडिओमा भनिएको बा को हुन् ? दुई तिहाइ भनेको मिलिजुली भाग खान हो? कसको प्रश्रय? कस्तो तागत? कस्तो संस्कार? के फरक भयो यी सबै वर्ष? जनताले के पाए? संसदीय समिति त चाहिन्छ चाहिन्छ,’ उनले भनेकी छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस ‘डिल’ गरेका छन् । उनले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ ।

मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुसको डिल गरेको छुट्टै अडियो पनि सार्वजनिक भएको छ । जसमा उनले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई पनि पोलेका छन् ।

मालपोत प्रमुखको सरुवा रोक्न र भूमि आयोगमा नियुक्ति दिलाउन गरी करिब ७८ लाख रुपैयाँ घुस ‘डिल’ गरेको प्रमाणसहित उनीविरुद्ध अख्तियारमा उजुरी परेको छ भने उनको संलग्नता पुष्टि गर्ने आधारसहित अडियो संवाद पनि सार्वजनिक भएको छ।

सार्वजनिक भएको अडियोमा मन्त्री गुप्ताले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समेत घुस लिइसकेको दाबी गरेका छन् ।

भूमि आयोग, कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्त गर्न मन्त्री गुप्ताले २५ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएको छ। यही अडियो संवादमा उनले मन्त्री बलराम अधिकारीलाई समेत मुछेका छन् ।

सार्वजनिक अडियोमा एक बिचौलियाले मन्त्री गुप्तालाई खेम पुनको नियुक्तिका लागि भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई भनिदिन आग्रह गर्छन्।

त्यसक्रममा भएको संवाद यस्तो छः

बिचौलियाः “सुन्नु न मन्त्रीज्यू, त्यो बलराम (भूमिसुधारमन्त्री) लाई भनम् न। बरु, त्यो २० (लाख) म बुझाइदिउँला के खेमका लागि भोलि।“
मन्त्री गुप्ताः “बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन।“

जब बिचौलियाले आफूले अर्कै विषयमा नभई आयोगको नियुक्ति बारे कुरा गरिरहेको स्पष्ट पार्छन्, तब पनि गुप्ताले अधिकारीलाई मनाउन सकिने संकेत दिन्छन्।

उनले भनेका छन््, “अहिले मन्त्रालयमा छ, यहाँ (निवास) हुन्थ्यो भने आइहाल्थ्यो, तीनपाने रक्सी खान।” अडियोमा बिचौलियाले पोखराको जग्गाले हामीलाई टुलुटुलु हेरेर बसिरहेको छ भन्दै काम छिटो गराउन दबाब दिएको सुनिन्छ ।

यता सुमनापछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए ।

दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् । उनीहरुले भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविनसमिति र गृहमन्त्रीको राजीनामा माग गर्दै जेठ १३ यता संसदमा अवरोध गर्दै आएका छन् ।

Tags: #घुसको अडिओमा ‘बा’#राष्ट्रिय स्वतन्त्र पार्टी#रास्वपाले माग्यो जवाफ

लोकप्रीय

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२

विचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२

थप समाचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित
खेलकुद

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
ताजा समाचार

फागुन २१ को चुनाव सर्न सक्छ, विश्वप्रकाशले खुलाए कारण

सोमवार मंसिर ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.