मितेरी पुलमा बेलिब्रिज बनाउन चीन तयार,दशैं अघि नै बनिसक्ने

मितेरी पुलमा बेलिब्रिज बनाउन चीन तयार,दशैं अघि नै बनिसक्ने
२ साउन , काठमाण्डौं ।
भोलि शनिवार मध्यरातदेखि पूर्वी तराई र पहाडी क्षेत्रहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार पर्सि आइतवार दिउँसोदेखि सोमवार बिहानसम्म देशभर ठूलो वर्षाको सम्भावना छ ।
बागमती, कोशी र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक पानी पर्ने सम्भावना रहेको मौसमविद्  उज्ज्वल उपाध्यायको भनाइ छ । उहाँले अबको २÷३ दिनको अवधिमा लामो दूरीको यात्रा नगर्नसमेत सुझाव  दिएका छन् ।
मुख्यगरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढ सडक खण्डको यात्रा नगर्न उनको सुझाव छ । आज र भोलि तराईमा भने मौसम सुक्खा रहने मौसमविद्को भनाइ छ ।
आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका १÷२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच आज इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, खोटाङमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी सिन्धुपाञ्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोट, गोरखा, कास्की, पर्वत, बाग्लुङ, लमुजङ, स्याङ्जा, रोल्पा, सल्यान, सुर्खेत, दैलेख, कालीकोट, अछाम, मुगु, जुम्ला, डोल्पा, दार्चुलामा पनि बाढीको मध्यम छ ।
बाढीको जोखिम भएका र आसापासका जिल्ला भई बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । यसैबीच  रसुवागढीमा बेलिवृज राख्नेबारे नेपाल र चीन सरकारबिच सहमति भएको छ ।
बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चीनका राजदूत चेन सोङसँग दसैँअघि बेलिब्रिज जडान गर्ने सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताएका छन् ।
स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मतको काम अन्तिम चरणमा पुगेको छ  । सडक आजसम्म खुलाउने गरी काम भइरहेको सडक विभागले जनाएको छ  ।
सडक विभागका सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय प्रमुख तथा सुपरिटेन्डेन इन्जिनियर शुभराज न्यौपानेले शुक्रबारदेखि खुल्ने जानकारी दिएका छन्  ।
‘लिङलिङको एउटा प्वइन्ट बाँकी छ । अरू सबै ठाउँमा वान वे ट्रयाक खुलिसक्यो । अब त्यो ठाउँमा ५० मिटर सडक अलिकति क्रिटिकल छ । माथि पहिरो छ, तल खोलाले हानेको छ । त्यो बाटो खोल्न बाँकी छ । अरू खुलिसकेको छ । ’
उनका अनुसार स्याफ्रुबेँसी बाट रसुवागढीसम्मको १६ किमी सडकमध्ये रसुवागढी, टिमुरे, लिङलिङ र रोंगा क्षेत्रमा करिब १.१ किमी सडकमा बाढीले क्षति गरेको थियो । यो सबै मर्मत भइसकेको जनाइएको छ ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक योजनाका सब–इन्जिनियर तथा प्राविधिक रूपनारायण पौडेलले स्याफ्रुुवेशी सडक खुलाउनका लागि योजना प्रमुखसहितको टिम फिल्डमा खटिरहेको बताए ।
त्याहा  दैनिक तीन वटा एक्स्काभेटर प्रयोग गरेर बाटो खुलाउने काम भइरहेको छ । मितेरी खोलाको पुलका विषयमा दुई देशबिच समन्वय भइरहेको उनले बताएका छन्  ।
नेपालतर्फबाट पुल पुनर्निमाणका लागि तत्काल सामग्री लैजान सकिने अवस्था नभएको बताए । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड बगाएपछि चीनसँगको व्यापारिक नाका  डेढ साता यता ठप्प छ ।
असार २४ गते आएको बाढीले करिब १ किलोमिटर सडक बगाउँदा टिमुरे र रसुवागढीबिचको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो ।
[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.