NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त मङ्लबार कार्तिक १८ , २०८२
सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ मङ्लबार कार्तिक १८ , २०८२
रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ? मङ्लबार कार्तिक १८ , २०८२
देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ? मङ्लबार कार्तिक १८ , २०८२
Next
Prev

समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
Reading Time: 1 min read
A A
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२ साउन , काठमाण्डौं ।
पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तान नियन्त्रित कश्मीरमा ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारबाही गरेर विश्वलाई चकित पारेको भारतले अब हतियार प्रविधिमा एउटा यस्तो छलाङ मारेको छ, जसले विश्वका महाशक्तिहरूलाई समेत सोच्न बाध्य बनाएको छ।
भारतको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओ ले आफ्नो अति गोप्य ‘प्रोजेक्ट विष्णु’ अन्तर्गत ध्वनिको गतिभन्दा ८ गुणा छिटो उड्ने हाइपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ।
यो सफलतासँगै भारत अब रुस, चीन र अमेरिकासँगै हाइपरसोनिक हतियारको विशिष्ट क्लबमा सामेल भएको छ। तर, के यो केवल एउटा मिसाइल परीक्षण हो, वा दक्षिण एसिया र विश्वको शक्ति सन्तुलनलाई नै बदल्ने भारतको ठूलो रणनीतिको सुरुवात? हो भन्ने बहस समेत सुरु भएको छ  ।
यो कुनै सामान्य मिसाइल होइन। यो भारतको हालसम्मको सबैभन्दा उन्नत र घातक हतियार हो। यसका विशेषताहरूले नै यसको भयावहताको अनुमान लगाउन सकिन्छ ।
लगभग ८ म्याक, अर्थात् ११,००० किलोमिटर प्रतिघण्टा यसको गति रहेको छ । यो गतिमा दिल्लीबाट बेइजिङ पुग्न एक घण्टाभन्दा कम समय लाग्छ।  क्रान्तिकारी ‘स्क्र्यामजेट’ इन्जिन यसमा रहेको छ ।
 जसले हावाबाटै अक्सिजन लिन्छ। यसले मिसाइललाई हल्का बनाउँछ र लामो दूरीसम्म तीव्र गतिमा उड्न मद्दत गर्छ।  यो कम उचाइमा उड्ने र उडानको क्रममा आफ्नो बाटो बदल्न सक्ने भएकाले विश्वका कुनै पनि अत्याधुनिक राडार र एयर डिफेन्स सिस्टमले यसलाई पत्ता लगाउन र रोक्न लगभग असम्भव छ।
यस्तै यसले २,००० किलोग्रामसम्मको परम्परागत वा आणविक हतियार बोक्न सक्छ।  यसलाई जमिन, समुद्र वा हावा, जहाँबाट पनि प्रहार गर्न सकिन्छ।
यो मिसाइलको सफल परीक्षणसँगै भारतले आफ्नो रक्षा प्रणालीमा एउटा यस्तो हतियार थपेको छ, जसको कुनै जवाफ हाल उसका छिमेकी देशहरू, विशेषगरी चीन र पाकिस्तानसँग नभएको दाबी गरिन्छ ।
हाइपरसोनिकको अर्थ हो, ध्वनिको गति (१ म्याक) भन्दा ५ गुणा वा सोभन्दा बढीको गति। यो प्रविधि यति महत्वपूर्ण हुनुका पछाडि दुई मुख्य कारण रहन्छन् ।
अत्यधिक गति र अप्रत्याशित मार्ग । यति तीव्र गतिमा आउँदै गरेको हतियारलाई प्रतिक्रिया दिन दुश्मनसँग समय नै हुँदैन भने  ब्यालिस्टिक मिसाइलहरू अन्तरिक्षमा गएर एउटा निश्चित बाटोमा फर्कन्छन्, जसलाई अनुमान गर्न सकिन्छ।
तर, हाइपरसोनिक मिसाइलहरू वायुमण्डलमै बसेर आफ्नो दिशा परिवर्तन गर्न सक्छन्, जसले गर्दा तिनीहरू कहाँ खस्छन् भन्ने अन्तिम समयसम्म थाहा हुँदैन। यी दुई विशेषताले हाइपरसोनिक हतियारलाई ’अजेय’ वा ’अनस्टपेबल’ बनाएको छ।
यो घातक प्रविधिको दौडमा विश्वका केही सीमित देशहरू मात्रै छन् । यो दौडको सबैभन्दा अगाडि रुस छ। उसले आफ्नो एभानगार्ड  हाइपरसोनिक ग्लाइड भेइकल र जिरकोन नामक पानीजहाजबाट प्रहार गरिने हाइपरसोनिक मिसाइललाई आफ्नो सेनामा सामेल गरिसकेको छ ।
युक्रेन युद्धमा उसले किन्झाल  नामक हाइपरसोनिक मिसाइल प्रयोग समेत गरिसकेको छ।  यसपछि छ चीन  । चीनले पनि  डीइफ  जेडएफ हाइपरसोनिक ग्लाइड भेइकल र  डीप्m १७ मिसाइल आफ्नो सेनामा तैनाथ गरिसकेको छ।
चीनसँग कति हाइपरसोनिक हतियार छन् भन्ने यकिन तथ्यांक गोप्य राखिएको छ, तर ऊसँग दर्जनौं यस्ता हतियार रहेको अनुमान छ। अर्काे छ  संयुक्त राज्य अमेरिका । अमेरिका यो दौडमा रुस र चीनभन्दा केही पछि परेको स्वीकार गर्दछ।
यद्यपि, उसले  एजीएफ १८३ ए  र अन्य गोप्य परियोजनाहरूमा अर्बौं डलर लगानी गरिरहेको छ।   यो  सूचीमा अब भारत पनि उभिएको छ ।  ‘प्रोजेक्ट विष्णु’ अन्तर्गतको यो सफल परीक्षणसँगै भारत अब यो क्लबको एक सम्मानित सदस्य बनेको छ।
यसबाहेक उत्तर कोरिया र इरानले पनि हाइपरसोनिक हतियार विकास गरिरहेको दाबी गरेका छन्, तर त्यसको पुष्टि हुन बाँकी छ।भारतको यो सफलता अचानक भएको होइन।
पछिल्ला केही वर्षदेखि भारतले आफ्नो रक्षा क्षमता बढाउन र हतियार खरिदमा भन्दा उत्पादनमा जोड दिन ठूलो लगानी गरिरहेको छ।  सन् २०२४–२५ का लागि भारतको रक्षा बजेट लगभग ७४ अर्ब अमेरिकी डलर रहेको छ, जुन विश्वकै शीर्ष ५ मध्ये एक हो।
यस्तै  भारतले मेक इन इन्डिया र आत्मनिर्भर भारत अभियान अन्तर्गत ब्रह्मोस मिसाइल, तेजस लडाकु विमान र स्वदेशी विमानवाहक जहाज आईएनएस विक्रान्त जस्ता हतियारहरू निर्माण गरिरहेको छ।
अहिलेको ’प्रोजेक्ट विष्णु’ केवल एउटा मिसाइलमा सीमित छैन। यस अन्तर्गत १२ विभिन्न प्रकारका हाइपरसोनिक हतियारहरू विकास गरिनेछ, जसमा दुश्मनका मिसाइलहरूलाई हावामै नष्ट गर्ने इन्टरसेप्टर मिसाइलहरू पनि पर्छन्।
सन् २०३० सम्ममा यी हतियारहरू पूर्ण रूपमा सञ्चालनमा आउने लक्ष्य राखिएको  भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।भारतले अपरेसन सिन्दुर पछि एक विशेष परियोजना अन्तर्गत हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ।
रक्षा अनुसन्धान तथा विकास संगठनको गोप्य प्रोजेक्ट विष्णु अन्तर्गत डिजाइन गरिएको यो मिसाइलको नाम एक्सटेन्डेड ट्र्याजेक्टोरी लङ ड्युरेसन हाइपरसोनिक क्रुज मिसाइल  हो।
यो मिसाइल भारतको हालको ब्रह्मोस, अग्नि र आकाशभन्दा निकै उन्नत छ। यो मिसाइल लगभग ८ म्याक अर्थात् करिब ११,००० किलोमिटर प्रतिघण्टाको गतिमा दुश्मनमाथि कहर बनेर जाइलाग्न सक्ने भारतीय रक्षा विज्ञहरुले बताएका छन् ।
द इकोनमिक टाइम्सका  अनुसार, यो हाइपरसोनिक मिसाइललाई जमिन, समुद्र वा हवाइजहाजबाट पनि प्रहार गर्न सकिन्छ। त्यसैले यो भारतीय सेनाका सबै अंगका लागि उपयोगी छ।
हाइपरसोनिक ग्लाइड भेइकल  सन् २०२७ वा २०२८ सम्ममा सेनामा सामेल हुन सक्नेछ भने एक्सटेन्डेड ट्र्याजेक्टोरी लङ ड्युरेसन हाइपरसोनिक क्रुज मिसाइल सन् २०३० सम्ममा पूर्ण रूपमा सञ्चालनमा आउन सक्नेछ।
हाइपरसोनिक मिसाइलको विकासले भारतलाई न्युक्लियर ट्रायड (जमिन, हावा र समुद्रबाट आणविक हमला गर्ने क्षमता) मा थप शक्तिशाली बनाएको छ।
यसले दक्षिण एसियामा शक्ति सन्तुलनलाई भारतको पक्षमा ढल्काएको छ भने हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई प्रत्यक्ष चुनौती दिएको छ।
यो सफल परीक्षणपछि  भारत अब रक्षात्मक नीतिबाट आक्रामक नीतिमा अग्रसर भएको हो ? के यो सफलताले भारतलाई विश्वको एक नियम–निर्माताको रूपमा स्थापित गर्नेछ? भन्ने प्रश्न उब्जिएका छन् ।
यी प्रश्नहरूको जवाफ भविष्यले देला, तर एउटा कुरा निश्चित छ, प्रोजेक्ट विष्णुको गर्जनले विश्व शक्ति केन्द्रहरूमा एउटा ठूलो कम्पन पैदा गरिदिएको छ र अब विश्वले भारतलाई नजरअन्दाज गर्न सक्ने छैन। यसबारे तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।
LS Auto
Tags: #’प्रोजेक्ट विष्णु’#भारतले बनायो महाअस्त्र#भारतले बनायो हाइपरसोनिक

लोकप्रीय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२

विचार

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२

थप समाचार

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर
अन्तर्राष्ट्रिय

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.