NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने आइतवार अशोज ५ , २०८२
पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास आइतवार अशोज ५ , २०८२
प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ आइतवार अशोज ५ , २०८२
अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ? आइतवार अशोज ५ , २०८२
अन्नतः युएईले क्रिकेटरलाई दियो भिसा, नेपाली टोली भोलि उड्ने आइतवार अशोज ५ , २०८२
Next
Prev

समाचार

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

आइतवार साउन १८ , २०८२
Reading Time: 1 min read
A A
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१८ साउन , काठमाण्डौ ।
व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् । राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो ।
व्यक्तिगत घटना दर्ताका प्रमाणपत्रमा नाम, थर, उमेर वा अन्य विवरणमा भएको गल्ती अब एक पटकका लागि सच्याउन पाइने भएको हो ।
सरकारले केही नेपाल ऐन संशोधन’ मार्फत ’राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६’ लाई संशोधन गर्दै यो महत्त्वपूर्ण व्यवस्था गरेको  छ।
यो व्यवस्थाले वर्षौंदेखि विवरण नमिलेर नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र अन्य सरकारी सेवा लिन सास्ती भोगिरहेका हजारौं नागरिकलाई ठूलो राहत दिएको छ ।
संशोधित ऐनअनुसार, जुनसुकै व्यक्तिगत घटना जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँसराइ दर्ताको प्रमाणपत्रमा रहेको त्रुटिपूर्ण विवरण सच्याउन सम्बन्धित व्यक्तिले एक पटकका लागि निवेदन दिन सक्नेछन्।
यसका लागि कुनै उमेर वा समयको हदबन्दी तोकिएको छैन, जसले गर्दा वयस्क व्यक्तिहरूले समेत यो सुविधा पाउनेछन्।  यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा केवल २०७६ सालपछि जन्मेका बच्चाको जन्मदर्ताको विवरण, त्यो पनि दर्ता भएको एक वर्षभित्र मात्र सच्याउन मिल्ने अत्यन्तै सीमित र अव्यावहारिक व्यवस्था थियो।
ऐनको दफा २५ को उपदफा १ मा ऐन लागू भएपछि जन्मेको बच्चाको उमेर, नाम, थर वा अन्य विवरण ऐन बमोजिम एक पटक दर्ता भई दर्ताको प्रमाणपत्र प्रदान गरिएपछि सच्याउनु परेमा त्यसको लागि सम्बन्धित व्यक्तिले त्यस्तो प्रमाणपत्र लिएको एक वर्षभित्र मात्रै स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन पाउने व्यवस्था थियो ।
यसको मतलब यसअघि बच्चाको मात्रै उमेर, नाम, थर वा अन्य विवरण दर्ता भएको एक वर्षभित्र मात्रै सच्याउन पाउने व्यवस्था थियो । अब जो सुकैले पनि एक पटक सच्याउन पाउने भएका छन् ।
विवरण सच्याएको जानकारी भने स्थानीय पञ्जिकारधिकारीले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागलाई समेत उपलब्ध गराउनुपर्नेछ ।यसरी प्राप्त विवरणको आधारमा विभागले सम्बन्धित व्यक्तिको परिचय नम्बर रहेकोमा उक्त परिचय नम्बर रहेको त्यस्तो व्यक्तिको विवरणमा समेत उक्त विवरण सच्याउनुपर्नेछ ।
सानो गल्तीका कारण उनीहरूले नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र अन्य सरकारी कागजात बनाउँदा ठूलो झन्झट बेहोर्नु परेको थियो।
यही अप्ठ्यारो फुकाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधनको प्रक्रिया अघि बढाएको थियो। विवरण सच्चाउन भने सम्बन्धित व्यक्तिले आफ्नो स्थानीय  वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ।
विवरण सच्याएपछि स्थानीय पञ्जीकाधिकारीले त्यसको जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई गराउनुपर्नेछ। विभागले सोही आधारमा सम्बन्धित व्यक्तिको राष्ट्रिय परिचयपत्रको विवरणमा समेत स्वचालित रूपमा सुधार गर्नेछ, जसले गर्दा सबै सरकारी तथ्याङ्क एकरूप हुनेछ।
ऐन संशोधन भइसकेकाले अब गृह मन्त्रालयले निवेदनको ढाँचासहितको विस्तृत नियमावली तयार पार्नेछ। नियमावली  तयार भएपछि नागरिकले आधिकारिक रूपमा निवेदन दिन सक्नेछन्।
LS Auto
Tags: #जन्मदर्ता सच्याउन सकिने#नामथर र जन्मदर्ता

लोकप्रीय

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२

विचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२

थप समाचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने
ताजा समाचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा
ताजा समाचार

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
ताजा समाचार

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२
अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?
ताजा समाचार

अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?

आइतवार अशोज ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

00:16:33

World News: Russia–भियतनामबीच गोप्य सम्झौता, पाक–चीनको प्रस्तावविरुद्ध भिटो || Nepal Times

00:21:52

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

00:19:53

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीले शक्तिशाली शासक बन्न खिचेका ३ विभाग ८ वर्षपछि फिर्ता

आइतवार अशोज ५ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२

हालका पोस्टहरू

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.