NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने आइतवार अशोज ५ , २०८२
पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास आइतवार अशोज ५ , २०८२
प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ आइतवार अशोज ५ , २०८२
अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ? आइतवार अशोज ५ , २०८२
अन्नतः युएईले क्रिकेटरलाई दियो भिसा, नेपाली टोली भोलि उड्ने आइतवार अशोज ५ , २०८२
Next
Prev

समाचार

तुर्कमिनिस्तान उड्नु अघि ओलीले भूकम्प ल्याए,समावेशितामा सलाइ कोरे

आइतवार साउन १८ , २०८२
Reading Time: 1 min read
A A
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१८ साउन , काठमाण्डौ ।
जब कुनै देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा निस्किन्छ, सामान्यतया देशको आन्तरिक राजनीतिमा एक किसिमको शान्ति वा स्थिरताको अपेक्षा गरिन्छ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले  यसको ठीक उल्टो  तुर्कमिनिस्तान प्रस्थान गर्नुअघि नेपाली राजनीतिमा एक शक्तिशाली भूकम्पको झट्का दिएका छन्।
बालुवाटारमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई मञ्च बनाएर उनले गणतन्त्रका आधारभूत मान्यता, संसदीय अभ्यास र ऐतिहासिक सत्यतामाथि एकैपटक यति धेरै वैचारिक र राजनीतिक प्रहार गरेका छन् कि जसका परकम्पहरू उनको अनुपस्थितिमा देशको राजनीतिमा लामो समयसम्म महसुस हुने निश्चित छ ।
उनले समावेशिता, राजतन्त्र र वर्तमान संसदीय गतिरोधलाई आफ्नो निशाना बनाएका छन् ।  प्रधानमन्त्री ओलीको  अभिब्यक्तिको सबैभन्दा पेचिलो  विषय छ ,समावेशिताको सिद्धान्तमाथिको उनको ठाडो प्रश्न।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र जसले १० वर्षे सशस्त्र द्वन्द्वको मुख्य उपलब्धिका रूपमा पूर्ण समानुपातिक प्रतिनिधित्वको बहसलाई चर्काइरहेको छ, ठीक त्यही बेला ओलीले समावेशितालाई अस्थायी र काम नलाग्ने भन्दै यसको औचित्यमाथि नै गम्भीर प्रश्न उठाएका छन् ।
उनले भने, “हामी कहिलेकाहीँ बहकिएर कुरा गर्छौँ। समावेशीताले महिलाको सशक्तीकरण हुँदैन। यो त राजनीतिक पदमा पुग्नमात्रै हो, कुनै कामको कुरा होइन। राम्ररी पढे भने महिला आफैँ अघि बढ्छन्।”
उनले कोस्टारिका र क्युबाको उदाहरण दिँदै क्षमता विकास भएमा महिलाको प्रतिनिधित्व स्वतः बढ्ने तर आरक्षण वा समावेशिताले डाक्टर र इन्जिनियर नबनाउने तर्क पेश गरेका छन् ।
ओलीको यो अभिब्यक्तिले नेपालको संविधान २०७२ को आत्मा र वर्षौंदेखिको राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई कमजोर बनाउने वैचारिक हमलाका रुपमा ब्याख्या गर्न थालिएको छ ।
यसले सीमान्तकृत समुदाय, महिला र दलितहरूको प्रतिनिधित्व सुनिश्चित गर्न बनाइएको संवैधानिक व्यवस्थालाई केवल एक राजनीतिक खेलको रूपमा चित्रित गर्दछ ।
यसले एकातिर ओलीलाई योग्यता प्रणालीको कट्टर हिमायतीको रूपमा उभ्याउँछ भने अर्कोतिर उनकै गठबन्धनभित्र र बाहिरका पहिचान र अधिकारका पक्षधर शक्तिहरूलाई सीधै चुनौती दिन्छ।
अर्काेतर्फ विगत दुई महिनादेखि प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण संसद चल्न सकेको छैन।  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै रास्वपा र राप्रपाले सदनमा लगातार आवाज उठाइरहेका छन्।
यस्तो अवस्थामा प्रधानमन्त्रीबाट समाधानका लागि पहलकदमीको अपेक्षा गरिन्छ। तर, ओलीले त्यसको ठीक विपरीत, विपक्षीहरूमाथि नै लोकतन्त्र र संविधान नमान्ने गम्भीर आरोप लगाएका छन् ।
उनले भने, “जो मान्छे संविधान र प्रणाली मान्दैन, लोकतन्त्र मान्दैन, संसदमा त्यस्ता मानिसहरु छन् र संसद अवरुद्ध गरिरहेका छन्। कसैलाई अराजकता, कसैलाई राजतन्त्र चाहिएको छ। उनीहरू संसदभित्रै पसेर व्यवस्था भत्काउने र आगो बाल्ने सोचमा छन्।” 
ओलीले संसदीय गतिरोधलाई एक सामान्य राजनीतिक मुद्दाबाट व्यवस्था बचाउने लडाइँको रूपमा रूपान्तरण गर्ने प्रयास गरेका छन्।
उनले विपक्षीहरूको मागलाई सम्बोधन गर्नुको सट्टा उनीहरूको नियतमाथि नै प्रश्न उठाएर आफूलाई गणतन्त्रको रक्षक र विपक्षीहरूलाई व्यवस्था विरोधीको कित्तामा खडा गरिदिएका छन्।
यस्तै प्रधानमन्त्री ओलीले आफ्नो भाषणमा राजावादी र पूर्वराजा ज्ञानेन्द्र शाहमाथि पनि निर्मम प्रहार गरे। उनले ज्ञानेन्द्र शाहलाई असली राजा नभई दरबार हत्याकाण्डपछि स्थापना गरिएको ‘कुशको राजा’ को संज्ञा दिएका छन् ।
उनले भने, “दरबार हत्याकाण्डपछि एउटा कुशको राजा स्थापना गरेको भन्छु मैले। त्यो असली राजै होइन।” उनले वास्तविक राजतन्त्रको अन्त्य वीरेन्द्र र दीपेन्द्रको मृत्युसँगै भएको टिप्पणी गरे।
यसभन्दा अघि बढेर उनले २००७ सालमा राजा त्रिभुवनलाई भारतबाट फर्काउनुलाई नै ऐतिहासिक भूलको रूपमा व्याख्या गरे, जसका कारण देशले २०६५ सालसम्म सामन्तवाद भोग्नुपरेको उनको तर्क थियो।
आफ्ना विवादास्पद भनाइहरूले ल्याउने आलोचनाको पूर्वानुमान गर्दै ओलीले आफ्नो चिरपरिचित शैलीमा आलोचकहरूलाई चुनौती दिए।
उनले भने, “मैले भनेका कुराहरूमा पनि नेपाल राष्ट्र बैंकले छापेका नोटहरूमा जस्तै ’तत्काल भुक्तानी दिइनेछ’ भन्ने ग्यारेन्टी छ, यदि मिलेन भने।“यसभन्दा अझ व्यङ्ग्यात्मक हुँदै उनले थपे, “अब गालीगलौज गर्न त शब्दकोष पल्टाई–पल्टाई, खोजेर गरे हुन्छ। के फरक पर्छ र?”  
प्रधानमन्त्री ओलीले विदेश उड्नु अघि  आफ्नो अनुपस्थितिमा राजनीतिको सम्पूर्ण बहसलाई आफ्नै वरिपरि केन्द्रित गरिदिएका छन्। उनले छोडेर गएका यी वैचारिक ’सलाईका काँटी’ हरूले नेपाली राजनीतिमा कस्तो डढेलो लगाउनेछन्, त्यो हेर्न बाँकी छ।
तर, एउटा कुरा निश्चित छ, तुर्कमिनिस्तानबाट फर्किंदा प्रधानमन्त्री ओलीले जुन राजनीतिक मैदानमा पाइला टेक्नेछन्, त्यो उनले आफैंले सिर्जना गरेको तरंग र विवादले भरिपूर्ण हुनेछ।
LS Auto
Tags: #ओलीको चुनौती#ओलीले भूकम्प ल्याए#तुर्कमिनिस्तान उड्नु अघि ओली

लोकप्रीय

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२

विचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२

थप समाचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने
ताजा समाचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा
ताजा समाचार

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
ताजा समाचार

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२
अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?
ताजा समाचार

अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?

आइतवार अशोज ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

00:16:33

World News: Russia–भियतनामबीच गोप्य सम्झौता, पाक–चीनको प्रस्तावविरुद्ध भिटो || Nepal Times

00:21:52

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

00:19:53

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीले शक्तिशाली शासक बन्न खिचेका ३ विभाग ८ वर्षपछि फिर्ता

आइतवार अशोज ५ , २०८२

हालका पोस्टहरू

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.