NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

राज्यको ढुकुटीमाथि ‘वनभोज’, सरकारी खर्चमा मन्त्रीको परिवार नर्वे सयर

सोमवार साउन १९ , २०८२
Reading Time: 1 min read
A A
राज्यको ढुकुटीमाथि ‘वनभोज’, सरकारी खर्चमा मन्त्रीको परिवार नर्वे सयर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१९ साउन , काठमाण्डौ । 
जब देश आर्थिक संकटको चपेटामा छ र आम नागरिकलाई सामान्य जीवनयापन गर्नसमेत धौ–धौ परिरहेको छ, त्यही बेला जनताको करबाट चल्ने राज्यको ढुकुटीमाथि ‘वनभोज’ मनाउने प्रवृत्ति रोकिएको छैन।
यसको पछिल्लो र निर्लज्ज उदाहरण बनेका छन् वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही। उनले हुँदै नभएको कार्यक्रमको बहानामा मन्त्रिपरिषद्को आँखामा छारो हालेर पत्नी र स्वकीय सचिवसहित सरकारी खर्चमा नर्वेको सयर गरेका छन् ।
मन्त्री शाहीको यो ‘रमाइलो वनभोज’को रहस्य धेरै दिन लुकेन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम साहले संसदमा यो विषयलाई जोडदार रूपमा उठाउँदै सरकारमाथि कडा खबरदारी गरेका छन् ।
उनले देश आर्थिक रूपमा थला परेका बेला मन्त्रीको सपरिवार नर्वे भ्रमणलाई लीला अपरम्पारको संज्ञा दिँदै सभामुखसमक्ष जिज्ञासा राखे, देशको ढुकुटीमा यो कस्तो रमाइलो वनभोज चलिरहेको छ?
सांसद साहले यसलाई भ्रष्टाचारको संस्थागत परम्परासँग जोड्दै पूर्वमन्त्री राजकुमार गुप्ताको ‘घुस डिल’ अडियो प्रकरणको समेत स्मरण गराए।
भ्रष्टाचारको प्रमाण बाहिर आउँछ, राजीनामा दिएपछि सबै पखालिन्छ? राजीनामा त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गंगा स्नान पो भएछ “  उनले संसदमा भनेका छन् । 
मन्त्री शाहीले ‘नर्वे टु इस्ट्रेन्थन को–अपरेसन’ नामक कार्यक्रममा सहभागी हुन जाने भन्दै मन्त्रिपरिषद्बाट ९ देखि १४ साउनसम्मका लागि भ्रमण स्वीकृत गराएका थिए ।
तर, वास्तविकतामा नर्वेमा यस्तो कुनै कार्यक्रम नै आयोजना भएको थिएन।  भ्रमणमा मन्त्री शाही, उनकी पत्नी वसुना र स्वकीय अधिकृत भीम विष्टको हवाई टिकटदेखि सम्पूर्ण खर्च प्रकृति संरक्षण कोषले व्यहोरेको थियो, जुन वन मन्त्रालयअन्तर्गतकै एक सरकारी संगठित संस्था हो।
सामान्यतया मन्त्रीका विदेश भ्रमणबारे मन्त्रालयको सचिवालयले सामाजिक सञ्जालमा जानकारी दिने गरे पनि यो भ्रमणलाई पूर्ण रूपमा गोप्य राखिएको थियो ।
यो   प्रकरणमा प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. नरेश सुवेदी पनि जोडिएका छन् । उनको कार्यकाल आगामी पुसमा सकिँदै छ र उनी दोस्रो कार्यकालका लागि दौडधुपमा छन्।
नर्वेको युनिभर्सिटी अफ इनल्यान्डका प्राध्यापकलाई निमन्त्रणा पठाउन लगाएर कोषको लाखौँ रुपैयाँ खर्चमा मन्त्रीदम्पती र उनका स्वकीय सचिवलाई घुमाउनुको पछाडि सुवेदीको पद जोगाउने स्वार्थ रहेको टिप्पणी   भइरहेको छ ।
आफ्नो विवादास्पद भ्रमणबारे प्रश्न उठेपछि मन्त्री शाहीले गोलमटोल र अविश्वसनीय जवाफ दिएका छन्। उनले आफू कोषको अध्यक्षको हैसियतले युनिभर्सिटीको कार्यक्रममा गएको दाबी गरेका छन् ।
उनले पत्नीलाई निजी खर्चमा लगेको दाबी गरे पनि सम्पूर्ण भ्रमणको प्रायोजन नै स्वार्थ प्रेरित तरिकाले मिलाइएको तथ्यले उनको दाबीलाई खण्डन  गरेको छ ।
प्रधानमन्त्री  केपी शर्मा ओलीका  विवादित मन्त्रीहरुको सूचीमा  अब वन मन्त्री समेत जोडिएका छन् ।  उनी नेपाली काग्रेसबाट मन्त्री बनेका हुन् ।
शिक्षामन्त्री र उर्जा राज्यमन्त्री र सामान्य प्रशासन मन्त्रीले राजीनामा गरिसकेको ओलीसरकारका आधा दर्जनभन्दा बढी मन्त्री विवादमा जोडिएका छन् ।
घुसको अडिओ सार्वजनिक भएपछि पछिल्लो समय सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपनि उनीमाथि छानविन अघि बढ्न सकेको छैन् भने उनीसँगै घुस डिलमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री वलराम अधिकारी मन्त्रीकै जिम्मेवारीमा रहेका छन् ।
LS Auto
Tags: #राज्यको ढुकुटीमाथि ‘वनभोज’#सरकारी खर्चमा मन्त्रीको परिवार#स्वकीयसहित नर्वे भ्रमण

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.