NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु बिहिबार साउन २९ , २०८२
६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ? बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ? बिहिबार साउन २९ , २०८२
रविका बारेमा रुपन्देही कारागारले फेरि निकाल्यो विज्ञप्ति बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न बिहिबार साउन २९ , २०८२
Next
Prev

समाचार

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

बिहिबार साउन २९ , २०८२
Reading Time: 1 min read
A A
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२९ साउन, काठमाण्डौ । 
पल शाहको कमब्याक चलचित्र ‘मोहर’ ले बक्सअफिसमा उत्साहजनक प्रदर्शन गरिरहेको छ। दर्शकहरूको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का कारण फिल्मले पहिलो हप्तामै आफ्नो लगानी सुरक्षित गरेको  चलचित्रको निर्माण पक्षले दाबी गरेको छ।
फिल्मको कथा पश्चिमी नेपालको एउटा गाउँबाट सुरु हुन्छ, जहाँ सरकार चन्द (अर्जुन जङ्ग शाही) नामक एक शक्तिशाली र क्रूर व्यक्तिको दबदबा छ।
उनका लागि अन्याय र अत्याचार सामान्य कुरा हो। यही गाउँमा प्रहरी इन्स्पेक्टर सिवल (पल शाह) र सिन्दुरी (नीति शाह) बीच प्रेम मौलाउँछ।कथाले मोड लिन्छ जब सिवल तालिमका लागि काठमाडौं जान्छन्।
यही मौकामा, सरकारकी आमा, महारानी (लक्ष्मी गिरी), सिन्दुरीको बुबालाई पैसाको लोभ देखाएर आफ्नो छोराका लागि सिन्दुरीको हात माग्छिन्। दबाब र विवशताका बीच सिन्दुरीको विवाह सरकारसँग हुन्छ।
महारानीले भाकल गरेकी हुन्छिन्– यदि छोरा जन्मिए उसले राज गर्नेछ, तर छोरी जन्मिए उसलाई देउकी बनाएर मन्दिरमा चढाइनेछ । दुर्भाग्यवश, सिन्दुरीले छोरी जन्माउँछिन्।
अब के सिवल गाउँ फर्किएर यो अन्यायको अन्त्य गर्लान् ? के ती नाबालक छोरी देउकी बन्नबाट जोगिएलिन्? यही प्रश्नहरूको वरिपरि फिल्मको कथा घुमेको छ।
देउकी प्रथा जस्तो संवेदनशील र गम्भीर सामाजिक विषयलाई कथाको केन्द्रमा राख्नु फिल्मको सबैभन्दा साहसिक र सबल पक्ष हो। वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीको अभिनय फिल्मको मेरुदण्ड हो।
उनको महारानीको भूमिकाले दर्शकमा गहिरो छाप छोड्छ। पल शाह, अर्जुनजंग शाही र अन्य कलाकारहरूले पनि आफ्नो भूमिकालाई न्याय दिने प्रयास गरेका छन्।
फिल्मको सिनेमाटोग्राफीमा गरिएको मिहेनत प्रस्ट देखिन्छ। केही दृश्यहरूले दर्शकलाई भावुक बनाउँछन् र उनीहरूको मन छुन सफल हुन्छन्, जसका कारण हलबाट रुँदै निस्किएका दर्शकका भिडियोहरू सामाजिक सञ्जालमा देखिएका छन्।
तर फिल्मले देउकी प्रथा जस्तो गम्भीर मुद्दा उठाए पनि यसको गहिराइमा पुग्न सकेको छैन। देउकी प्रथाको पीडा, सामाजिक संरचना र यसका असरहरूलाई कथाले केवल सतही रूपमा छोएको छ।
निर्देशक र लेखक यसलाई अझै गहिराइमा गएर प्रस्तुत गर्न चुकेको समीक्षा गरिएको छ । फिल्मको प्रेम कथा र संवादहरू केही हदसम्म पुराना देखिएका छन् ।  ‘मोहर’ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ।
प्रदर्शनको छैटौं दिनसम्ममा फिल्मले २ करोड १० लाख ७० हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ। १ करोड ८६ लाख को बजेटमा बनेको यो फिल्मले लगानी सुरक्षित गरिसकेको छ, तर हलबाट मात्र नाफा कमाउन लगभग ४ करोडको आँकडा पार गर्नुपर्ने देखिन्छ।
दोस्रो हप्तामा भारतीय चलचित्र ‘कुली’ र ‘वार २’ को आगमनले ‘मोहर’को शो संख्यामा भारी गिरावट आएको छ। यद्यपि, ‘वार २’ को कमजोर प्रतिक्रियाको फाइदा ‘मोहर’ले उठाउन सक्ने सम्भावना छ।
अभिनेता पल शाहले विदेशी फिल्मका कारण शो कटौती भए पनि दर्शकको मायाले ‘मोहर’ हलमा बलियो भएर फर्किने विश्वास व्यक्त गरेका छन्।
‘मोहर’ले विहिबार १३१ शो र ‘सिटामोल’ले ३९ शो पाएका छन् । आजबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘वार २’ले २३९ शो पाएको छ । ‘कुल्ली’ले १८५ शो पाएको छ ।
राम्रो माउथ पब्लिसिटी भइरहेको, दर्शकहरुले रुचाइरहेको चलचित्रको शो अचानक घटाइँदा व्यापार प्रभावित हुने देखिन्छ ।  समग्रमा, ‘मोहर’ एक राम्रो सामाजिक विषयवस्तु बोकेकोचलचित्र बनेको छ ।
 यसका  कलाकारमा पल शाह, अर्जुनजंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, आदि रहेका छन् ।
बालकलाकारमा सारा शर्मा, लेखक तथा निर्देशकः ओम प्रतिक र निर्माता चुम्बनजंग शाही रहेको चलचित्र मोहर  फिल्म मेकर्स प्रालिको ब्यानरमा तयार भएको छ ।
LS Auto
Tags: #नेपाली चलचित्र ‘मोहर’#पल शाहको कमब्याक#बक्सअफिसमा मोहर को बलियो दौड

लोकप्रीय

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

बिहिबार साउन २९ , २०८२

विचार

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

बिहिबार साउन २९ , २०८२

थप समाचार

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु
अन्तर्राष्ट्रिय

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?
ताजा समाचार

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

बिहिबार साउन २९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

रविका बारेमा रुपन्देही कारागारले फेरि निकाल्यो विज्ञप्ति

बिहिबार साउन २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

बिहिबार साउन २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.