NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि? सोमवार भदौ २ , २०८२
बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी सोमवार भदौ २ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे सोमवार भदौ २ , २०८२
पुटिन सुरक्षा ग्यारेन्टी दिन राजी, जेलेन्स्कीले नेटोमा जान नपाउने सोमवार भदौ २ , २०८२
ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा शनिबार साउन ३१ , २०८२
Next
Prev

समाचार

बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

सोमवार भदौ २ , २०८२
Reading Time: 1 min read
A A
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२ भदौ , काठमाण्डौ ।
धर्मशास्त्रहरूमा भनिएको छ, दिदीबहिनीको स्नेह, विश्वास र प्रार्थना दाजुभाइका लागि संसारको सबैभन्दा ठूलो सुरक्षा कवच हो । रक्षा बन्धनमा नाडीमा बाँधिने  पवित्र  रक्षासुत्र जसरी हरेक संकटबाट दाजुलाई जोगाउने शक्ति राख्छ, आज त्यही पवित्र सम्बन्धको जीवन्त तस्बिर इजरायलको भूमिमा देखिएको छ, जहाँ एउटी बहिनीआफ्नो दाजुको जीवन रक्षाका लागि संसार सँग लडिरहेकी छिन् ।
यो वास्तविकता हो हमासको बन्धक जीवन बिताइरहेका नेपाली विद्यार्थी विपिन जोशी र उनको सकुशल रिहाइका लागि आफ्नो आँसु र आवाजलाई हतियार बनाएर इजरायल पुगेकी उनकी बहिनी पुष्पा जोशीको ।
आज पुष्पाले आफ्नो दाजुको हातमा रक्षासुत्र बाँध्नपाएकी छैनन्, तर उनको हरेकशब्द, हरेक अपील र हरेक आँसुको थोपा विपिनका लागि सुरक्षाको त्यही धागो बनेको छ ।
आमा पद्माको साथमा इजरायली राष्ट्रपति देखि सभामुख सम्मका ढोका ढक ढक्याउँदै पुष्पाले दिइरहेको सन्देशले विश्वलाई नै भावुक बनाएको छ ।
उनको आवाजमा आफ्नो दाजु प्रतिको अगाध प्रेममात्र छैन, एउटी बहिनीले आफ्नो दाजुलाई कुनै पनि हालतमा सुरक्षित फिर्ता ल्याउने दृढ संकल्पपनि छ ।
निःस्वार्थ स्नेह र प्रार्थना बाट दाजुको जीवनमा आउने हरेक बाधालाई जित्न सक्ने दृढ विश्वासका साथ पुष्पा सारा संसारलाई भनिरहेकी छिन् – “कृपया मेरो दाजुलाई नबिर्सनुहोस्, उहाँलाई घर फर्काइदिनुहोस् ।“
गाजापट्टीमा हमासको कब्जामा रहेका कञ्चनुपरका विपिन जोशीकी आमा र बहिनीले यतिबेला इजरेलमा विपिनको रिहाइका लागि विश्वको ध्यान केन्द्रित गरिरहेका छन् ।
विपिनसहित ५० जना बन्धकको रिहाइको लागि इजरेलमा भइरहेको देशब्यापी प्रर्दशनमा समेत सहभागी भएका आमा छोरीले इजरायली राष्ट्रपति र संसदका अध्यक्षलाई भेटेका छन् ।
विपिनको खोजीको लागि इजरायलपुगेकी आमा पद्मा र बहिनी पुष्पाले राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्षअमिर ओहानासँग भेट गरेका हुन् ।
इजरायल स्थित नेपाली दूतावासको समन्वयमा भएको भेटवार्तामा राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए। भेटका क्रममा आमा पदमाले विपिनको तत्काल रिहाइका लागि पहल गरिदिन राष्ट्रपति हर्जोगसँग अनुरोध गरेकी थिइन्।
बहिनी पुष्पाले पनि बन्धक बनाइएका दाजुलाई सुरक्षित नेपाल फर्काउन विशेष पहल गर्न आग्रह गरेको दूतावासले जनाएको छ।दूतावासका अनुसार राष्ट्रपति हर्जोगले विपिनको घटनाबारे आफू र सरकार निरन्तर सचेत रहेको बताएका थिए ।
‘नेपाली विद्यार्थी विपिन हाम्रा आफ्नै नागरिक जस्तै लाग्छन् । उनको रिहाइका लागि हाम्रो सरकार दिनरात प्रयत्नरत छ’, राष्ट्रपति हर्जोगको भनाइ उद्धृत गर्दै दूतावासले भन्यो ।
साथै, नेपाल सरकार पक्षले समेत सम्बन्धित अरब मुलुकहरू सँग थप पहल गर्न सके प्रगतिहुने विश्वास उनले व्यक्त गरेका थिए । संसद अध्यक्ष अमिर सँग पनि विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरिएको छ ।
अमिरले पनि विपिनबारे रिहाइको प्रयास जारी राखेको जवाफ दिएका थिए । यसअघि विपिनको रिहाइका लागि नेपाली समुदायले शनिबार साँझ तेल अभिभमा प्रदर्शन गरेको थियो ।
आमा पद्मा र बहिनी पुष्पा पनि रिहाइका लागि दबाब दिन उक्त प्रदर्शनमा सहभागी भएकी थिइन । इजरायलमा रहेका नेपालीहरू झण्डासहित त्यहाँपुगेका थिए ।
इजरायली अधिकारकारकर्मी र मानव अधिकारकर्मी समेत रहेको प्रदर्शनमा विपिनकी बहिनी पुष्पाले रुँदै सम्बोधन गरेकी थिइन् । उनले भनिन्, ‘दादाआई मिस यू सो मच । म तेरो न्यानो अँगालो, आवाज सबैलाई धेरै मिस गर्छु ।’
उनले आफ्नो दाजु पढ्नका लागि आएको र कसैसँग दुस्मनी नरहेको बताएकी थिइन् । दाजुको अवस्थाका कारण बुवाआमा सहितआफ्नो परिवार विक्षिप्त बनेको उनले उल्लेख गरिन् ।
विपिन लगायतको तस्विर सहित  ठूलो संख्यामा इजेरेली जनताको समेत सहभागिता रहेकोअभिभको होस्टेजेज स्क्वायरमा भएको दबाब मुलक प्रदर्शनमा भावुक रुपमा प्रस्तुत भएकी पुष्पाले  आफ्नो परिवारको पीडा र दाजुको अवस्था प्रतिको चिन्ता व्यक्त गरिन्।
आफ्नी आमा पद्मा जोशीका साथ इजरायल पुगेकी १७वर्षीया पुष्पाले भनिन्, “मेरो दाजु एक विद्यार्थी हुन् जो यस्तो युद्धमा फसेका छन्, जससँग उनको कुनै लेनादेना छैन। उनीहरू भाषा, संस्कृति र डरका कारण एक्लिएको महसुस गरिरहेको बताइन्।
पुष्पाले भनिन्, “हामीले उहाँको लागि प्रार्थना माध्यान केन्द्रित ग¥यौं, तर प्रार्थना मात्र पर्याप्त छैन। हालै सार्वजनिक भएका अन्य बन्धक हरूको स्वास्थ्य अवस्था नाजुक देखाउने भिडियोले आफूहरूलाई इजरायलआउन प्रेरित गरेको उनले संकेत गरिन्।
ती फुटेजले आफूहरू लाई स्तब्ध बनाएको र आफ्ना आमा बुवा विक्षिप्त अवस्थामा रहेको उनले बताइन् । आँसु थाम्ननसक्दै उनले प्रश्नगरिन्, “लगभगदुई वर्षदेखि जीवनको कुनै संकेत छैन। के उहाँभोकै हुनुहुन्छ? घाइते हुनुहुन्छ?वाजीवित हुनुहुन्छ?आफ्नो दाजुलाई सम्बोधनगर्दै पुष्पाले नेपालीमाभनिन्, “दाजु, म तपाईंलाई धेरै सम्झन्छु। आशानहार्नुहोस्, बलियो हुनुहोस्, जीवित रहनुहोस्।“
यसअघि बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा पनि पुष्पाले इजरायली सरकार र जनताले आफ्नो दाजुको लागि गरेको प्रार्थना र समर्थन प्रति आभार व्यक्त गरेकी थिइन् ।
उनले भनेकी थिइन्, “मेरो एउटै मात्र इच्छा छ, मेरो दाजु सकेसम्म चाँडोभन्दा चाँडो फर्किनुहोस्।“विपिनकी आमा र बहिनीले इजरायल पुगेर हार गुहार गरिरहँदा यता प्रधानमन्त्री केपीशर्मा ओलीले पनि विपिनका लागि सक्दो प्रयास जारी राखेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावास मार्फत निरन्तर संवाद गरिरहेको छ।’
हमास समूहको नियन्त्रण मा रहेका नेपाली विपिनको शीघ्र रिहाइको पहलगर्नु सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान सँग गत चैत ७गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिल सँग गत फागुन २८ गते आफूले यस विषयमा फोन संवाद गरी ध्यानाकर्षण गराएको जानकारी गराएका छन्।
उनले भनेका छन्, ‘सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ।’ यस क्रममा प्रधानमन्त्रीओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैलाई विशेष धन्यवाद पनि दिएका छन्।
विपिन जोशी ’पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल गएका थिए।  ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलको किबुजमा गरेको आक्रमणपछि उनी सम्पर्क विहीन भएका हुन्।
सोही आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। अहिले हमासको नियन्त्रणमा करिब ५० जनाबन्धक रहेको अनुमान गरिएको छ। यद्यपि केही मृतक  रहेको अनुमान छ ।
अक्टोबर ७, २०२३ माहमासले गरेको आक्रमणमा २५१ जनालाई अपहरण गरिएको थियो । तीमध्ये केही जीवित रहेको र केहीको मृत्यु भइसकेको आशंका गरिएको छ। इजरायली अधिकारीहरूका अनुसार करिब २० जना बन्धक जीवित रहेको विश्वास  छ।
विगतमा भएका युद्धविराम र सम्झौता हरू अन्तर्गत इजरायली नागरिकका साथै विभिन्न देशका विदेशी नागरिकहरूलाई पनि रिहा गरिएको छ।  तर  कमजोर कुटनीतिका कारण विपिनको भने रिहाइहुन सकेको छैन् ।
अर्काेतर्फ इजरायलले गाजामा आक्रमण तीव्र पारेको छ । गाजाको नागरिक सुरक्षा विभागले आइतबार इजरायली हवाई आक्रमण र गोली बारीमा कम्तीमा १८ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ ।
प्रवक्ता महमुद बासलका अनुसार, गाजा सिटीको एक अस्पताल परिसरमा ड्रोन आक्रमण हुँदा ७जनाको ज्यानगएको हो । ती मृतकहरू हमासका सदस्य रहेको जनाइएको छ, जो खाद्यान्न वितरण र सुरक्षाको जिम्मेवारीमा रहेका थिए ।
दक्षिण गाजाको खान युनिस क्षेत्रमा विस्थापितहरू बसोबास गरिरहेको एउटा टेन्टमा आक्रमण हुँदाथप ४ जनाको ज्यान गएको छ । त्यस्तै, सहायता वितरण केन्द्र नजिकै इजरायली सेनाको गोलीलागेर दक्षिण गाजामा ६ जनाको मृत्यु भएको प्रवक्ता बासलले बताएका छन् ।
मध्य गाजामा पनि एक व्यक्ति सहायता लिन गएका बेला मारिएका छन् । इजरायली सेनाले हाल गाजा सिटीको जैतुन क्षेत्रमा ठूलो सैन्य कारबाही गरिरहेको छ ।
एक साता देखिको यो कारबाहीले ठूलो जनधनको क्षति गराएको बताइए पनि उद्धार टोलीहरू निरन्तर आक्रमण र साधनको अभावका कारण पीडितहरू सम्म पुग्न सकिरहेका छैनन् ।
LS Auto
Tags: #दाजु विपिनको रिहाइ#बहिनीको आँसुले हल्लायो इजरायल#विपिनको रिहाइ

लोकप्रीय

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

सोमवार भदौ २ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

सोमवार भदौ २ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

सोमवार भदौ २ , २०८२

विचार

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

सोमवार भदौ २ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

सोमवार भदौ २ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

सोमवार भदौ २ , २०८२

थप समाचार

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
ताजा समाचार

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

सोमवार भदौ २ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

सोमवार भदौ २ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे
अन्तर्राष्ट्रिय

बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

सोमवार भदौ २ , २०८२
पुटिन सुरक्षा ग्यारेन्टी दिन राजी, जेलेन्स्कीले नेटोमा जान नपाउने
अन्तर्राष्ट्रिय

पुटिन सुरक्षा ग्यारेन्टी दिन राजी, जेलेन्स्कीले नेटोमा जान नपाउने

सोमवार भदौ २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

00:12:41

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

00:16:16

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

सोमवार भदौ २ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

सोमवार भदौ २ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

सोमवार भदौ २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.