११ भदौ , काठमाण्डौ ।
स्वास्थ्य उपचारका लागि छिमेकी राष्ट्र भारतका विभिन्न शहरहरूमा जानुपर्ने नेपालीहरूको बाध्यता हट्दै गएको छ। पछिल्लो समय त सर्वसुलभ र प्रभावकारी उपचारका लागि भारतीयहरू नै सीमावर्ती विराटनगरमा रहेका अस्पतालहरूमा आउन थालेका छन्।
कोशीप्रदेशकै स्वास्थ्य हबका रूपमा स्थापित मोरङको बुढीगंगामा अवस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले यस दिशामा महत्त्वपूर्ण फड्को मारेको छ।
अस्पतालले स्त्री रोग तथा प्रसूति सेवालाई थप सशक्त र प्रभावकारी बनाउन छुट्टै भवनमा एकैपटक पाँचवटा अत्याधुनिकअप्रेशन थिएटर सञ्चालनमा ल्याएको छ।
मंगलबार एक विशेष कार्यक्रमका बीच काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले यी नयाँ अप्रेशन थिएटरहरू को समुद्घाटन गरेका छन् ।

नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपिक स्त्री तथा प्रसूति केन्द्रका रूपमा रहेको यस अस्पतालमा अब अप्रेशन थिएटरको संख्या २४ पुगेको छ। यसअघि विभिन्न शल्यक्रियाका लागि १९ वटा अप्रेशन थिएटर सञ्चालनमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।
नयाँ थपिएका ५ वटा अत्याधुनिकअप्रेशन थिएटर सहित स्त्री तथा प्रसूति सेवाका लागि छुट्टै भवनबाट २०० बेड क्षमताको वार्ड, ३० बेडको डिलक्स क्याबिन र छुट्टै गाइनो आईसीयूको सुविधा समेत विस्तार गरिएको अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए ।

हाल अस्पतालमा २० जना भन्दा बढी स्त्री रोग तथा प्रसूति विशेषज्ञ चिकित्सक हरूको टोलीले चौबीसै घण्टा उच्चस्तरीय उपचार सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ ।
सन् २०१४ मा स्थापित विराट मेडिकल कलेज टिचिङ हस्पिटल हाल कोशी प्रदेशकै अग्रणी स्वास्थ्य संस्थाका रूपमा परिचित छ। यस अस्पतालमा नेपालकै सबैभन्दा ठूलो, १०० बेड क्षमताको इमरजेन्सी विभाग सञ्चालनमा छ, जसमा स्त्रीतथा प्रसूति आपतकालीन सेवा पनि समावेश गरिएको छ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्ले सँग अस्पतालका चिकित्सक तथा विद्यार्थीहरू बीच अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा डाक्टर पढ्दै गरेका विद्यार्थीहरूले स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरूबारे आफ्ना जिज्ञासा राखेका थिए। उपकुलपतिप्रा.डा. वाग्लेले विराट टिचिङ हस्पिटलले पूर्वी क्षेत्रमा बिरामीहरूका लागि राम्रो सेवाप्रदान गरेको भन्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्यलाई निरन्तरता दिन सुझाव दिएका छन् ।

विराट मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य सेवामा गरेको यो विस्तारले कोशी प्रदेश मात्र नभई समग्र नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने र भारतीय बिरामीहरूका लागि समेत एक विश्वसनीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
अस्पतालले आफ्ना कर्मचारी, बिरामीतथा कुरुवाहरूको सुविधा लाई ध्यानमा राख्दै आधुनिक सुविधा सम्पन्न’विराट खाजा घर’ समेत सञ्चालनमा ल्याएको छ।