NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने बिहिबार भदौ १२ , २०८२
नयाँ अमेरिकी भिसा नीतिः विद्यार्थी र पर्यटकका लागि समय तोकिने बिहिबार भदौ १२ , २०८२
अध्यक्षमा उठे विद्याले ओलीलाई जित्नै नसक्ने, अनि कारबाहीभोग्नुपर्ने बिहिबार भदौ १२ , २०८२
एमाले नेतालाई छाडियो तर रास्वपा नेता अरनिको पाँडेलाई पक्राउ गरियो  बिहिबार भदौ १२ , २०८२
युवा उमेर (१६–४०) हटाएर (१८–३५ )वर्ष कायम बिहिबार भदौ १२ , २०८२
Next
Prev

समाचार

अध्यक्षमा उठे विद्याले ओलीलाई जित्नै नसक्ने, अनि कारबाहीभोग्नुपर्ने

बिहिबार भदौ १२ , २०८२
Reading Time: 1 min read
A A
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१२ भदौ , काठमाण्डौ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरू सँगको अनौपचारिक छलफल र भेटघाट कार्यक्रममा व्यक्त गरेको भनाइ भन्दै प्रकाशित समाचारको प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ ।
सचिवालयले विज्ञप्ति निकाल्दै  अध्यक्षओलीले बोल्दै नबोलेका ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारी बाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषयहरू स्वार्थ पूर्णरुपमा बाहिर ल्याइएको देखिएको उल्लेख गरिएको छ ।
तर यो विषयभने एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले नै सामाजिक संजालबाट सार्वजनिक गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘पूर्व राष्ट्रपति भण्डारीलाई आफूलेजति सम्मान र माया अरू नेताले नगरेको तर उहाँअहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभयो भन्ने आश्चर्यमा परेको उल्लेख गर्दै भन्नुभएको थियो ।’
पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा विधिवत रुपमा सदस्यता प्राप्तिको बाटो नलिएर मिडिया र अरुअरु पार्टीका नेताहरूसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गरेको प्रति ओलीले असन्तुष्टि जनाएका थिए ।
यस्तै विद्याका बारेमाओलीले महाधिवेशनमा अध्यक्ष पदमा हार्ने र हारेपछि पार्टीको विरोधमा लाग्ने दाबी गरेका छन्। सो भेटघाटमा उनले अध्यक्षमा हारेपछि पार्टीको विरोधमा लाग्दा भीम रावललाई झैं स्पष्टीकरण र कारबाहीको प्रक्रियामा जानुपर्ने बताएका हुन्।
अध्यक्ष ओलीले नेतृत्व गर्न क्षमता चाहिने बताए। ओलीले पूर्व राष्ट्रपति भण्डारी अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नु भएको भन्ने आश्चर्यमा परेको बताए।
उनले भने, ‘पूर्व राष्ट्रपति भण्डारीले पार्टीमाविधिपूर्वक सदस्यताप्राप्तिको बाटो नलिएर मिडिया र अरु अरु पार्टीका नेताहरुसँग भेटेर सक्रिय राजनीतिमाआउने कुरा गर्नुभयो। यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामासहयोग पुग्दैन र उहाँ त्यसरुपमाआएर पार्टीको एकतालाई भड्काउनहुँदैन भन्ने पार्टीका आम साथीहरुलाई लागेको छ र केन्द्रीय कमिटीले त्यसअनुसार उहाँलाई सदस्यतादिँदाउहाँ र आन्दोलनको सम्मानमाआँचपुग्ने निष्कर्ष हो।’
ओलीले भने,‘उहाँले पार्टीमाआएर अध्यक्ष उठ्दा जित्नुहुन्न। नेतृत्वलिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन। नेतृत्व क्षमता चाहिन्छ। परिस्थिति अनुसार डटेर सामना गर्नुपर्ने हुन्छ। उहाँ पार्टीमाआएर अध्यक्ष उठेमाहार्नुहुन्छ। हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ, त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारबाहीमाजानुपर्ने हुन्छ।’ 
म सँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्ने गरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ। तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नुभएको छ।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई आफूले जति सम्मान र माया अरु नेताले नगरेको स्मरण गराए। ओलीले अपमान जनक अवस्थामा जानुभन्दा त भण्डारीलाई अहिले नै सम्मानजनक हैसियत भएको बताए।
उनले भने, ‘त्यसैले मसँगको भेटमा पनिउहाँलाई पार्टीमा समस्या खडा गर्ने गरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ। तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नु भएको छ। उहाँलाई उहाँसँग निकट भएका साथीहरुले त्यसो नगर्न सम्झाउनुपर्छ, उल्काउनु हुँदैन।’ 
भेटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हितविपरीत व्यक्तिगत  स्वार्थमा लाग्दा आन्दोलन लाई हुन पुगेका क्षति, अहिले पार्टीले लिएको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, अहिलेको सरकारले विकास र सुशासनका लागि गर्दै आएका सकारात्मक काम लगायत विषयमा आफ्नो दृष्टिकोण राखेका थिए।
केपी शर्मा ओली र भीम रावलको विवाद मुख्य रूपमा दलको नेतृत्व, पार्टी नीति, अभिव्यक्ति स्वतन्त्रता र संगठनात्मक अनुशासनलाई लिएर भएको थियो ।
भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको पार्टी नेतृत्वलाई स्वेच्छाचारी, निरंकुशतथा देशहित विरोधी भन्दै सार्वजनिक रूपमाआलोचना गरेका थिए।
रावलले लोकतान्त्रिक प्रक्रिया अपनाउनु पर्ने भन्दै चितवन महाधिवेशनमा अध्यक्षपदमा ओली विरुद्ध उम्मेदवारी दिएपछि नै उनको आँखाको कसिंगर बनेका थिए ।
यही बाट ओली र रावल बीच तिक्तता र विवाद बढेको थियो । भीम रावललाई नेकपा एमालेले २०८१ पुस १० गते पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।
एमालेको सचिवालय बैठकको निर्णयले उनलाई संगठित सदस्यता बाट पनि मुक्त गरी सचिवालयले अनुशासनहीनता र पार्टी कमजोर बनाउनु पर्ने अभिव्यक्तिहरू दिएका कारण यस्तो कारबाही गरिएको बताएको थियो ।
LS Auto
Tags: #विद्याओलीविरुद्ध

लोकप्रीय

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

नयाँ अमेरिकी भिसा नीतिः विद्यार्थी र पर्यटकका लागि समय तोकिने

बिहिबार भदौ १२ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

अध्यक्षमा उठे विद्याले ओलीलाई जित्नै नसक्ने, अनि कारबाहीभोग्नुपर्ने

बिहिबार भदौ १२ , २०८२

विचार

थप समाचार

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने
अन्तर्राष्ट्रिय

ताजा समाचार

अध्यक्षमा उठे विद्याले ओलीलाई जित्नै नसक्ने, अनि कारबाहीभोग्नुपर्ने

बिहिबार भदौ १२ , २०८२
एमाले नेतालाई छाडियो तर रास्वपा नेता अरनिको पाँडेलाई पक्राउ गरियो 
ताजा समाचार

एमाले नेतालाई छाडियो तर रास्वपा नेता अरनिको पाँडेलाई पक्राउ गरियो 

बिहिबार भदौ १२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Australiaलाई इरानले जवाफ दिने, ऊर्जा र उपकरणमा China विश्वकै पहिलो || Nepal Times

World News: Australiaलाई इरानले जवाफ दिने, ऊर्जा र उपकरणमा China विश्वकै पहिलो || Nepal Times

00:19:22

World News: प्रहरीकै ह*त्या, एप्पल र ओपनएआइविरुद्ध Muskले हाले मुद्दा || Nepal Times

00:15:07

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

नयाँ अमेरिकी भिसा नीतिः विद्यार्थी र पर्यटकका लागि समय तोकिने

बिहिबार भदौ १२ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

अध्यक्षमा उठे विद्याले ओलीलाई जित्नै नसक्ने, अनि कारबाहीभोग्नुपर्ने

बिहिबार भदौ १२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.