NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

सी–पुटिनबीच अमर हुने चर्चा, लिक भयो आयुबारेको कुरा

बिहिबार भदौ १९ , २०८२
Reading Time: 1 min read
A A
पुटिन र सी बीच भेट, के भयो कुरा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ भदौ , काठमाण्डौ ।

के मानिसले १५० वर्षसम्म सामान्य जीवन बिताउन सक्नछन् ? के मानिसको अमर हुने चाहाना कहिल्यै पूरा होला ? यो प्रश्न अहिले विश्वभर सोधिन थालिएको छ र यो एकाएक आएको पनि होइन । विश्वका दुई शक्तिशाली देशका शक्तिशाली नेताबीच अमर रहने विकल्पबारे कुराकानी भएपछि यसको विश्वभर चर्चा भइरहेको छ ।

बेजिंगमा चिनियाँ राष्ट्रपति सि जिंगपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमर रहने विकल्पबारे कुराकानी गरेको खुलेको छ । उनीहरुबीच भएको गोप्य कुराकानी माइक्रोफोनमा रेकर्ड भएपछि यो छलफल चर्किएको हो । बुधबार, जब भ्लादिमिर पुटिन चिनियाँ राष्ट्रपति सी जिनपिङसँग काँधमा काँध मिलाएर हिँडिरहेका थिए, लाइभ टेलिकास्ट माइकले उनीहरूको कुराकानी कैद गर्यो ।

LS Auto

जसमा दुवै नेताबीच मानव अंग प्रत्यारोपण र १५० वर्षसम्म मानिस बाँच्ने सम्भावनाबारे छलफल भएको थियो । बुधवार पुटिन, सी जिनपिङ र उत्तर कोरियाली तानाशाह किम जोङ उन दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षको सम्झनामा बेइजिङमा आयोजित सैन्य परेडमा हिँडिरहेका बेला उक्त कुराकानी रेकर्ड गरिएको थियो ।

चीनको राज्य प्रसारक सीसीटीभीले समाचार एजेन्सी एसोसिएटेड प्रेस र रोयटर्सको साथसाथै विश्वव्यापी मिडिया आउटलेटहरूमा घटनाको प्रत्यक्ष प्रसारण गरेको थियो । सीसीटीभीले यो कभरेजलाई टिभीमा ४० करोडभन्दा भन्दा बढी पटक हेरिएको बताएको छ ।

जबकि अनलाइनमा १.९ अर्ब पटक हेरिएको थियो । पुटिन र सी जिनपिङ तियानमिन स्क्वायरको मञ्चमा पुग्दा पुटिनका दोभाषेले चिनियाँ भाषामा भनेका छन्, ‘बायोटेक्नोलोजी निरन्तर विकास भइरहेको छ । मानव अंगहरू लगातार प्रत्यारोपण गर्न सकिन्छ । तपाईं जति लामो समय बाँच्नुहुन्छ, त्यति नै जवान रहनुहुनेछ र अमरता पनि प्राप्त गर्न सक्नुहुन्छ।’

यसको जवाफमा सी जिनपिङले भने, ‘केही मानिसहरु यस शताब्दीमा मानिस १५० वर्षसम्म बाँच्न सक्ने अनुमान गर्छन्।’ यस कुराकानीका क्रममा किम जोङ उन मुस्कुराउँदै पुटिन र सीलाई हेर्दै थिए । सीसीटीभीबाट प्रशारण भएको भिडियोमा पुटिनले रुसी भाषामा स्पष्ट रूपमा बोलेको सुन्न सकिँदैन । तर, पुटिनले पछि आफू र चिनियाँ राष्ट्रपतिबीच बुधबार यस विषयमा छलफल भएको पुष्टि गरे ।

बेइजिङमा पत्रकारहरूले लीक भएको कुराकानीबारे सोध्दा पुटिनले भने, ‘मलाई लाग्छ कि हामी परेड हेर्न गएका बेला अध्यक्षले यस विषयमा कुरा गर्नुभएको हो । स्वास्थ्य सुधारका आधुनिक साधनहरू, चिकित्सा उपकरणहरू, अंगहरू प्रतिस्थापन गर्ने शल्यक्रियाहरू पनि, मानवतालाई आशा दिन्छ कि सक्रिय जीवन आजको भन्दा फरक तरिकामा जारी रहनेछ।’

यसमा अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार पुटिन र सीले कुराकानी गर्दा उनीहरूको माइक अन नै थियो । तर माइक अन छ भन्ने विषयमा पुटिन र सीले हेक्का नराखेको भनिएको छ । सीले अहिलेको प्रविधिको युगमा ७० वर्षको मान्छे पनि बच्चै हुने बताएका थिए ।

’उहिले मानिसहरू मुस्किलले ७० वर्ष बाँच्थे। तर यो आधुनिक समयमा ७० वर्षमा पनि बच्चा नै हो,’ उनले भनेका थिए । जबाफमा पुटिनले मानव अंग प्रत्यारोपण गरी मानिसलाई अमर बनाउन सकिने भनेका थिए । ’स्वास्थ्य विज्ञानसम्बन्धी प्रविधि धेरै विकसित भइसक्यो। तत्काल मानव अंग प्रत्यारोपण गर्न सकिन्छ।अंग प्रत्यारोपणले मानिसहरूलाई उनीहरूको उमेरभन्दा कमको देखाउँछ। अमरत्व नै पनि सम्भव हुन सक्छ,’ पुटिनले भनेका थिए ।

त्यसपछि सीले चाँडै नै मानिसहरूलाई १५० वर्षसम्म बाँच्न सक्ने र त्यो अनुसारको प्रविधिको विकास गर्न सकिने बताएका थिए । दुवै जनाले अनुवादकमार्फत एक अर्कालाई आफूले भन्न खोजेको कुरा बुझाइरहेका थिए । एकै लहरमा हिँडेका उत्तर कोरियाली नेता किम जोङले पनि उनीहरुको कुरालाई आफ्नो अनुवादकमार्फत बुझिरहेका थिए ।

किमले उनीहरूको कुरा चासो दिएर सुने पनि कुनै प्रतिक्रिया दिएनन् । दीर्घजीवनबारे पछिल्लो समय पुटिनले अत्यधिक चासो देखाउँदै आएका छन्। उनले आफ्नो स्वास्थ्य मन्त्रालयलाई जीवन बढाउने विषयलाई मुख्य प्राथमिकता दिन निर्देशन दिएका छन् ।

रूसको प्रमुख ऊर्जा कम्पनी रोसआटमले अघिल्लो वर्ष मानव अङ्ग ’प्रिन्ट’ गर्ने प्रविधि विकास गरिरहेको जनाएको भनेर न्युयोर्क टाइम्सले लेखेको छ । तर वैज्ञानिकहरूले अंग प्रतिस्थापनमार्फत मात्र जीवन दीर्घ बनाउन सकिने कुनै प्रमाण नभएको बताएका छन् ।

मानवीय मस्तिष्क भने उमेरसँगै प्राकृतिक रूपमा परिवर्तन भइरहने भएकाले त्यसको विकल्प नभएको भनिएको छ । पुटिन र सी दुवै ७२ वर्षका भए । यो संवादले उनीहरूमा अझै लामो समयसम्म सत्तामा रहने चाहना रहेको संकेत गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

चीनका शासकहरू सामान्यतया लामो समयसम्म बाँचेका छन् । अघिल्ला नेता देङ स्याओपिङको ९२ वर्षको उमेरमा निधन भएका थिए भने उनका उत्तराधिकारी च्याङ चेमिन ९६ वर्षसम्म बाँचेका थिए । पुटिनले भने २०२० मा संविधान संशोधन गरी सन् २०३६ सम्म सत्तामा रहन सक्ने व्यवस्था मिलाएका छन्।

त्यतिबेला उनको उमेर ८३ वर्ष पुग्नेछ । कोभिड–१९ महामारीका बेला उनले आफूलाई भेट्न चाहनेहरूलाई दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने शर्तसमेत लगाएका थिए । यसले पनि उनको स्वास्थ्यप्रतिको असाधारण ध्यान रहेको देखाउँछ ।

Tags: #सी–पुटिन#सी–पुटिनबीच अमर हुने चर्चा

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.