NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट शुक्रबार भदौ २० , २०८२
पुटिन र सी ले किन उत्तराधिकारी छानेनन् ? शुक्रबार भदौ २० , २०८२
सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट शुक्रबार भदौ २० , २०८२
ओलीले सी सँग लिपुलेक बारे बोलेकै हुन्,अडियो र भिडियो नै छ शुक्रबार भदौ २० , २०८२
छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना शुक्रबार भदौ २० , २०८२
Next
Prev

समाचार

ओलीले सी सँग लिपुलेक बारे बोलेकै हुन्,अडियो र भिडियो नै छ

शुक्रबार भदौ २० , २०८२
Reading Time: 1 min read
A A
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

Prime Minister KP Sharma Oli organises a consultation meeting at his official residence in Baluwatar, Kathmandu, on Tuesday, September 8, 2020. The meeting seeks a solution to the psychological effect of COVID-19 pandemic on society. Photo: Rajan Kafle/PM’s Secretariat

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० भदौ , काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भर्खरै सम्पन्न चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाली भूमि लिपुलेकमा चीन र भारतबीच भएको ब्यापार सम्झौताको विरोध गरेको भनिएपनि त्यसमा केही पक्षबाट आशंका ब्यक्त गरिरहेका बेला प्रधानमन्त्रीले लिपुलेकको भूमि प्रयोग गरेर भारत र चीनले गर्न खोजेको व्यापारिक सम्झौताबारे आफूले स्पष्ट रुपमा चीनसँग कुरा राखेको बताएका छन् ।

शुक्रबारबाट सुरु भएको पार्टीको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले आफू जुनसुकै देशको भ्रमणमा जाँदा पनि राष्ट्रको हितलाई फाइदा हुनेगरी मात्रै दृष्टिकोण बनाउने र आफ्ना कुरा प्रष्ट राख्ने गरेको जिकिर गरे ।

‘यसपल्ट म चीन जाँदा पनि चीनका राष्ट्रपति सी जिनपिङसँगको औपचारिक वार्तामा मैले अरु कुरासँगै लिपुलेक सन्दर्भमा भारत र चीनबीच भएको सम्झौता, हाम्रो भूमिबाट दुईवटा देशले व्यापारिक आदानप्रदान गर्ने भन्ने कुरा गर्न मिल्दैन भन्ने कुरा मैले स्पष्ट ढंगले राखेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘यो कुरा रेकर्डेड छ । अडियोमा छ, भिडियोमा छ, नोट, टिपोटहरूमा छ ।’

उनका अनुसार, असहमति राखेपछि राष्ट्रपति जिनपिङले नेपालको सार्वभौमसत्ता प्रभावित नहुने आश्वासन दिएका थिए। ओलीले उद्धृत गर्दै भने, “चीनका राष्ट्रपतिले भन्नुभयो– तपाईंहरूको आशंका हामी बुझ्छौँ। नेपालको सार्वभौमसत्तामा तलमाथि पर्न दिइने छैन। सीमाको विषय नेपाल र भारतबीचको हो, त्यसलाई कूटनीतिक रूपमा समाधान गर्नुस्।” प्रधानमन्त्री ओलीले सीमासम्बन्धी समस्या भारतसँग छलफल गरेर समाधान गर्ने पक्षमा आफूहरू रहेको समेत बताएका छन्।

यस्तै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको सुरक्षा, प्रशासन र जलस्रोतका कतिपय पक्षमा वाह्य शक्ति राष्ट्रहरूले ‘सूक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेण्ट)’ को हदसम्म प्रयास गरेको टिप्पणीसहितको राजनीतिक प्रतिवेदन विधान अधिवेशनमा ल्याएका छन् ।

महाधिवेशनमा उनले पेश गर्ने राजनीतिक प्रस्तावमा राष्ट्रवादको व्याख्या गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले ‘कतिपय असमान–अपमानजनक सन्धि यथावत रहँदा नेपालको सार्वभौमसत्तामा आँच पुगिरहेको र ‘राज्य कमजोर भएको बेला मुलुकको राजनीतिमा वाह्य चासो र हस्तक्षेप हुने गरेको’ निष्कर्ष निकालेका छन् ।

‘नेपालको सुरक्षा, प्रशासन र जलस्रोतका कतिपय पक्षमा बाह्य शक्ति राष्ट्रहरूले “सूक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेन्ट)’ को हदसम्म प्रयास पनि गरेको देखिन्छ’ अध्यक्ष ओलीले भनेका छन्, ‘त्यसैले नेपाललाई स्वतन्त्र, सार्वभौम र आत्मनिर्णयको अधिकारले युक्त राष्ट्रको रूपमा विश्लेषण गरिरहँदा हामीले राष्ट्रिय स्वाधीनताका यी विषयहरूमा स्पष्ट, सजग हुँदै राष्ट्रिय सार्वभौमसत्ता बलियो बनाउने अभियानलाई निरन्तरता दिनुपर्छ ।’

उनले राष्ट्रवादको पनि बदलिँदो परिस्थिति अनुरूप थप व्याख्या गर्नुको आवश्यकता औंल्याएका छन् । उनले राष्ट्रवाद मूलतः आफ्ना राष्ट्रिय हितहरूको रक्षा भएको उल्लेख गरेका छन् । उनले नेपालको राष्ट्रवाद कुनै अमुक राष्ट्रको विरोधमाथि आधारित नरहेको ठहर गरेका छन् ।

‘हामी स्वतन्त्र, सार्वभौम र स्वाधीन राष्ट्रको रूपमा सम्मानित ढङ्गले विश्व राजनीतिक रङ्गमञ्चमा उभिन चाहन्छौं। हाम्रा छिमेकीहरूसँग सार्वभौम समानता, अहस्तक्षेप, पारस्परिक लाभ र स्वतन्त्रतामाथि आधारित सौहाद्र्र सम्बन्ध विकास गर्न चाहन्छौं’ ओलीको प्रतिवेदनमा छ ।

उनले नेपाली भूमि कसैका विरुद्ध पनि प्रयोग हुन नदिने र अरुको भूमिबाट पनि नेपालमाथि कुनै पनि गतिविधि नहोस् भन्ने चाहेको उल्लेख गरेका छन् । ‘छिमेकीहरूसँगको युगौं पुरानो सम्बन्धलाई बदलिंदो समय र परिप्रेक्ष्य अनुरूप पुनर्परिभाषित र नवीकृत गर्न चाहन्छौं । यसलाई आर्थिक समृद्धिका विषयमा केन्द्रित गर्न चाहन्छौं,’ ओलीले भनेका छन् ।

नेपालको प्राकृतिक स्रोतमाथि नेपाली जनताको अधिकारलाई अक्षुण्ण राख्दै यसको लाभ अन्य छिमेकी मुलुकसँग पनि साझेदारी गर्न चाहेको ओलीको प्रतिवेदनमा छ । नेपालको अस्तित्व संधैभरि एउटा सार्वभौम र स्वतन्त्र राष्ट्रको रूपमा रहँदै आएको उल्लेख गर्दै संयुक्त राष्ट्र प्रारम्भिक सदस्यहरूमध्ये एक नेपालले स्वतन्त्र ढङ्गले अन्तर्राष्ट्रिय मञ्चहरूबाट शान्ति स्थापना लगायत क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भनेका छन् ।

विगतका कतिपय शासकहरूले आफ्ना तानाशाही सत्ताको रक्षाका लागि ‘राष्ट्रवाद’ को दुरूपयोग गरेको ओलीको धारणा छ । यस्तै ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् । उनले उक्त निर्वाचनमा आफूहरू पनि सरकारमै हुने भन्दै धाँधली हुन नदिने पनि ठोकुवा गरे ।

‘०८४ मा हामीले एकल बहुमत ल्याउनुपर्छ । कम्तिीमा एकल बहुमत ल्याउनुपर्छ । यदी हामी जनताका बीचमा सक्रियतापूर्वक गयौं भने, हाम्रा सदस्य र समर्थक परिचालन गरेर गयौं भने बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन। हामी बहुमत ल्याउन सक्छौं,’ ओलीले भने ।

उनले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुने पनि बताए । ‘हामी सरकारमा छौं । आउँदो निर्वाचन कसैले धाँधली गर्न सक्दैन । हामी सरकारमा रहेर नै धाँधली रोक्नेछौं । निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेछ,’ प्रधानमन्त्री समेत रहेका ओलीले भने । उनले यस्ता परिस्थितिलाई ध्यानमा राखेर अघि बढ्न नेता कार्यकर्तालाई उनले निर्देशन गरे ।

यस्तै ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै त्यो विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहो¥याएका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरू पार्टीमा अनावश्यक ढङ्गले संवेदनशील बनाइएको जिकिर गरे ।

ओलीले भने, ‘पार्टीमा कतिपय विषयहरू अनावश्यक ढङ्गले संवेदनशील बनाइएका छन् या बनेका छन् । तर, ती कुराहरू विधान संशोधनसँग सम्बन्धित छैनन् । त्यो विधान महाधिवेशनसँग सम्बन्धित विषय होइन । जुन विषय विधानसँग सम्बन्धित छैनन् ती प्रश्नहरू अन्यत्र कमिटीगत छलफलका विषय हुन् । त्यसबारेमा पार्टी कमिटीले छलफल गर्दै जानेछ ।’ उनले विधान महाधिवेशन विधानमा मात्रै केन्द्रित हुने बताए ।

Tags: ##८४ मा एमालेले बहुमत ल्याउने#ओलीले सी सँग लिपुलेक बारे बोलेकै हुन्#प्रधानमन्त्री केपी शर्मा ओलीअडियो र भिडियो

लोकप्रीय

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट

शुक्रबार भदौ २० , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सी ले किन उत्तराधिकारी छानेनन् ?

शुक्रबार भदौ २० , २०८२
सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

शुक्रबार भदौ २० , २०८२

विचार

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट

शुक्रबार भदौ २० , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सी ले किन उत्तराधिकारी छानेनन् ?

शुक्रबार भदौ २० , २०८२
सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

शुक्रबार भदौ २० , २०८२

थप समाचार

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध
ताजा समाचार

जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट

शुक्रबार भदौ २० , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सी ले किन उत्तराधिकारी छानेनन् ?

शुक्रबार भदौ २० , २०८२
सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट
अपराध

सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

शुक्रबार भदौ २० , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
अन्तर्राष्ट्रिय

ओलीले सी सँग लिपुलेक बारे बोलेकै हुन्,अडियो र भिडियो नै छ

शुक्रबार भदौ २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट

शुक्रबार भदौ २० , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सी ले किन उत्तराधिकारी छानेनन् ?

शुक्रबार भदौ २० , २०८२
सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

शुक्रबार भदौ २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.