कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

२७ भदौ , काठमाण्डौ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान वरिपरि सक्रिय रहेको छ। यसको प्रभावले देशभर सामान्यतया बदली भएको छ।

कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा, साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। देशका पहाडी भूभागका केही र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

त्यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, साथै अन्य पहाडी तथा तराईका थोरै स्थानमा मध्यम वर्षा पर्न सक्नेछ।

मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.