NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन सोमवार मंसिर ८ , २०८२
Next
Prev

समाचार

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
Reading Time: 1 min read
A A
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३१ भदौ , काठमाण्डौ ।

विश्वलाई नै चकित पार्दै नेपालका जेनजी पुस्ताले २ दिन नबित्दै सत्ता उलटपुलट बनाइ दिए । भदौ २२ गते बिहानबाट ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ भन्दै भदौ २३ गतेको मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ताले माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन छेड्ने घोषणा ग¥यो ।

ओली सरकारले सामाजिक सञ्जालमा त रोक लगाएको थियो । तर जेनजीहरुको आक्रोशलाई सरकारको प्रतिबन्धले रोक्न सकेन । यो क्षण भरमा नै देशभर फैलियो । सबैका मोबाइलका स्क्रीनमा जेनजीका विद्रोह पोस्टरहरू आउन थाले । य

सको नेतृत्व कसले गदैछ भन्ने पनि अन्योल थियो । सबैलाई यति मात्र थाहा थियो कि यो सत्ताको मनोमानी विरुद्ध ‘जेनजी विद्रोह’ हो । टिकटकदेखि सबैतिर चाहे नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेन्ड’ होस् या सडक आन्दोलन यो भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध नयाँ सङ्घर्ष हुनेछ भन्ने सबैलाई जानकारी भइसकेका् थियो ।

जेनजी पुस्तालाई नपत्याएका धेरैले यस बारे खासै टिप्पणी गरेनन् । उता सरकारले पनि जेनजीको विद्रोहलाई मजाकमा उडायो । प्रधानमन्त्री र सूचना तथा सञ्चार मन्त्रीको अभिव्यक्तिले झनै आगोमा घ्यु थप्ने काम ग¥यो ।

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय समूह ‘एमआरआर’लगायतका पेजबाट एकै दिनमा देशका प्रमुख सहरहरूमा यसका छिटा पुगिसकेका थिए । स्वतःस्फूर्त उठिरहेको यो आन्दोलनले ‘वेक अप युथ, वेक अप जेनजीज्’ लगायतका नाराका स्वर सुनिन थालेका थिए ।

‘नेतृत्वविना आन्दोलन हुँदा धेरै समस्या आउन सक्छ, त्यसैले यो आन्दोलनलाई सफल बनाउन नेतृत्व चाहिन्छ,’ टिकटक प्रयोगकर्ता मिरज ढुङ्गाना भन्दै थिए । त्यसैले यो प्रोटेस्ट हाइज्याक हुने जोखिम देखिन्छ, जसबारे हामी सचेत हुनुपर्छ । यदि यिनै पार्टीले हामी यो मुमेन्ट लिड गर्छौँ भनेर आए भने त्यो दिनुहुँदैन ।’

यसरी स्वतःस्फूर्त रूपमा सामाजिक सञ्जालबाट उठेको यो विद्रोहका पछाडि भदौ २२ गते दिउँसोबाट काठमाण्डौंका मेयर बालेन्द्र शाह बालेन देखा पर्न थाले । आन्दोलनमा राजावादी दुर्गा प्रसाईँले समर्थन गर्दै आफू पनि सहभागी हुने भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिन थालेपछि भदौ २२ गते बिहान सवा १० बजे तिर मेयर बालेन साहले आफ्नो फेस बुक पेजमा लेखे, ‘भोलीको ¥याली स्पष्ट स्वतस्फुर्तरुपमा जेनजीहरुकोे हो, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसकोलागि म पनि अझै बुढो देखिन्छु ।

मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ । भोलि यो स्वतःस्फूर्त ¥यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।

बालेनको यो स्टाटसपछि साझ प्रसाईँले पनि आफू प्रर्दशनमा सहभागी नहुने बताएको खबर बाहिरियो । भदौ २३ गते प्रदर्शन सुरु भयो । सरकारले बर्बरता पूर्ण दमन ग¥यो । बानेश्वरमा नै १७ जना जेनजी मारिए । देशका विभिन्न स्थानमा गोली चल्यो । इटहरीमा २ जना मारिए ।

आन्दोलनमा चरम दमनबाट १९ जना युवाहरु मारिएपछि मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै बालेनले अर्को स्ट्याटस लेखे तिम्रा भरौटेहरूको पो बा भयौ त । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थ्यौ ।

यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन । तिमी नेता त के मान्छे पनि बन्न सकेनउ, आतङ्कबादी हौं । भन्दै आक्रोश पूर्ण अभिव्यक्ति दिए । भदौ २४ गते बिहानै बाट हत्याको आक्रोशमा देशभर आगो बल्न थाल्यो । आन्दोलनकारीले प्रमुख राजनीतिक दलका घर घेरे । सिंहदरबार घेरे ।

संसद भवनमा आगो लगाइ रहेका थिए । देश नै जली रहेको थियो । प्रमुख दलका नेताहरूले घरमा नै कुटाइ खाइ रहेका थिए । सबै जसो सरकारी कार्यालयहरू आन्दोलनकारीको नियन्त्रणमा थिए । काठमाडौंसहित देशका प्रमुख शहर प्रर्दशनकारीको कब्जामा थियो।

मध्यान्न हुन नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा मात्र दिएनन् त्यही बाट सेनाको हेलिकप्टरमा भाग्न बाध्य भए । त्यसै दिन भदौ २४ गते दिउँसो सवा तिन बजे तिर बालेनले फेरी अर्को स्टार्टस लेखे ‘हामीले स्पष्ट रूपमा भनेका थियौँ । यो नितान्त जेनजीहरुको आन्दोलन हो ।

प्रिय जेनजीहरु, तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति हो । तपाईँ–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईँको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला ! साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ । प्रिय जेनजी भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ?

देश आगोको भुंग्रोमा जल्ने क्रम नरोकिएपछि उनको अर्काे स्टाटस आयो प्लीज जेनजी देश तपाइँहरुकै हातमा हो ,तपाईं हरुले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर पÞmर्कनुहोस । आन्दोलनबाटै राज्य सत्ताले घुँडा टेकेपछि देशको अन्तरिम सरकारको प्रधानमन्त्रीमा बालेनको नाम आउन थाल्यो ।

यसपछि २५ गते राती बालेन फेरि बोले प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह, अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ। यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।

अब देश अन्तरिम सरकारमा जाँदै छ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने, देशलाई नयाँ जनादेश दिने हो। यो अन्तरिम ÷ चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ ।

तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु। तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ। अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोस, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारिता देशलाई स्थायी रूपमा चाहिएको हो,अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै।

कृपया हतार नगर्नु होला। सम्माननीय राष्ट्रपति ज्यु, जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद्को विघटन अविलम्ब गर्नु होला । यही स्टाटसबाट बालेनले आफू किन अहिले प्रधानमन्त्री बनिन् र प्रधानमन्त्री र मन्त्रीका लागि दौड लगाइरहेका हर्कहरुले पनि किन प्रतिक्षा गर्नुपर्छ भन्ने प्रष्ट जवाफ दिएका छन् ।

बालेन ६ महिनाको अन्तरिम सरकार प्रमुख होेइन एकै पटक देशको कार्यकारी बन्ने लक्ष्यमा छन् । जसको बाटो कोर्न आफ्ना विश्वासपात्र रहेका कानूनी सल्लाहकारलाई देशको कानून र गृहमन्त्री बनाइसकेका छन् । सुशीलालाई समर्थन गरेको स्टाट पछि जेनजी सहिदहरूलाई श्रद्धाञ्जली दिँदै बालेन फेसबुकबाट पनि हराएका थिए ।

देशको प्रधानमन्त्री बालेनलाई बनाउनु पर्छ भन्ने चर्को आवाज उठी रहेको थियो । बालेनले आफ्नो मोवाइल पनि अफ गरे । बालेनले भने झैँ नेपाली सेनासँग नै वार्ता भयो । सुशीला कार्की नै प्रधानमन्त्री भइन । बालेनले प्रतिनिधि सभा भङ्गको माग गरेका थिए त्यो पनि पुरा भयो ।

धरान मेयर हर्क साम्पाङ प्रधानमन्त्री माग्दै सेनाको हेड्क्वाटरसम्म धाए । तर बालेन प्रधानमन्त्री बन्नु पर्ला कि भनेर मोबाइल अफ गरेर बसे । यसैलाई आधार मानेर प्रधानमन्त्री बन्न हौसिएका हिजोका बालेनका समर्थक धरानका मेयर हर्क आज उनकै विरुद्धमा उभिएका छन् ।

उनले पटक पटक बालेनतर्फ लक्षित गर्दै भगौडा भनेका छन् । उनले आज मात्रै पनि बालेनतर्फ लक्षित गर्दै भनेका छन्, लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ ! लिडर भनिंदैन ! उनी आज धरान फर्किएर पत्रकार सम्मेलन गर्दै देश बनाउन गएपनि नपत्याएको भन्दै धुरुधुरु रोए ।

यसरी लगातार आफूविरुद्ध हर्क आक्रोशित रुपमा खनिएपछि बालेनले फेरि हर्कलाई ठटौली रुपमा जवाफ फर्काएका छन् । उनले सामाजिक संजालमा हर्कलाई नै सम्बोधन गर्दै लेखेका छन्, डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । यू आर माई ट्रु लभ ।

यति बेला जेनजीहरु बिच असली जेनजीको भन्ने विवाद पनि बाहिर आइरहेको छ । तर बालेन मौन छन् । जेनजी आन्दोलनका सूत्रधार गर्ने व्यक्तिहरु नै पर्दामा देखिएका छैन । हामी नेपाली अभियानका अभियान्ता सुदन गुरुङ चर्चामा छन् ।

अर्का अभियान्ता मिराज ढुंगानाले पनि सुदनको योगदान ठूलो रहेको बताइसकेका छन् । सुदनको भूकम्पको समयदेखि नै बालेनसँग निकट सम्बन्ध रहेको खबरहरु बाहिरिरहेका छन् । यद्यपि बालेनका कानुनी सल्लाकारलाई गृहमन्त्री बनाएको भन्दै गुरुङले आक्रोश पोखेका भिडियोहरु समेत बाहिरिरहेका छन् ।

वास्तविकता अहिले सम्म बाहिर आइसकेको छैन । धेरैको मनमा यो आन्दोलनका प्रमुख पात्र बालेन शाह नै भएको अनुमान छ । त्यसपछिको प्रमुख कारण भनेको बालेनले सामाजिक सञ्जालमा जे जे लेखे घटना क्रम त्यही त्यही भएको छ ।

सोमबार मात्र बालेन साहका कानुनी सल्लाहकार तथा जेनजी समूहका पनि सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्याल गृह तथा कानुन मन्त्रीको पदभार समालेका छन् । आन्दोलनपछि सेना र राष्ट्रपतिसँगको हरेक वार्तामा उनै बसेका थिए ।

बालेन शाहका विश्वास पात्र मानिएका अर्यालका सामु धेरै चुनौती मात्र छैनन् उनले गर्ने हरेक निर्णयको जस र अपजसको भार बालेन साहसम्म ठोक्किने छ ।

Tags: #बालेन#बालेन प्रधानमन्त्री नबन्ने रहस्य यस्तो

लोकप्रीय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने

मङ्लबार मंसिर ९ , २०८२
तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

मङ्लबार मंसिर ९ , २०८२

विचार

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने

मङ्लबार मंसिर ९ , २०८२
तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने

मङ्लबार मंसिर ९ , २०८२
तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर
ताजा समाचार

तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने

मङ्लबार मंसिर ९ , २०८२
तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.