NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय बुधबार अशोज १ , २०८२
केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी) बुधबार अशोज १ , २०८२
मंगलग्रहमा जीवनको संकेत फेला, कहिले बस्छ बस्ती ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

मंगलग्रहमा जीवनको संकेत फेला, कहिले बस्छ बस्ती ?

बुधबार अशोज १ , २०८२
Reading Time: 1 min read
A A
मंगलग्रहमा जीवनको संकेत फेला, कहिले बस्छ बस्ती ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१ असोज , काठमाण्डौ ।

मंगल ग्रहमा वस्ती बसाल्ने योजनाहरुका बीच मंगलग्रहमा जीवनका केही थप संकेतहरू फेला परेको नासाले घोषणा गरेको छ । नासाको पर्सिभरेन्स रोभरले जेजेरो क्रेटरको ब्राइट एन्जल फर्मेसन क्षेत्रमा त्यस्ता रासायनिक–खनिज संकेतहरू दर्ता गरेको छ ।

वैज्ञानिकहरूले यसलाई ‘बायोसिग्नेचर’ मानिरहेका छन् । ‘बायोसिग्नेचर’ भनेको भौतिक, रासायनिक वा संरचनात्मक संकेतहरू हुन्, जसले कुन ग्रहमा कहिले जीवनको गतिविधि भएको थियो भन्ने संकत दिन्छ । यो जीवनको निश्चित प्रमाण होइन ।

तर, यदि यो प्रमाण सूक्ष्मजीवहरूसँग जोडिएको पाइएमा यो इतिहासको ठूलो खोज सावित हुन्छ । ब्राइट एन्जल फर्मेसन जेजेरो क्रेटरको मसिनो चट्टानहरूले भरिएको क्षेत्र हो । यी चट्टानहरू अरबौँ वर्ष पहिले बग्ने पानीबाट बनेका थिए ।

यहाँ रोभरले आइरन अक्साइड, फस्फोरस, सल्फर र विशेषगरी जैविक कार्बन फेला पारेको छ । जैविक कार्बन जीवनको आधार हो । अनुसन्धानमा धेरै अनौठा आकृतिहरू देखा परेका छन् । साना गोलो कणहरू (पोपी सिड्स) र धब्बेदार ढाँचा (लेपर्ड स्पोट्स)मा भिभियानाइट र ग्रेगाइटजस्ता खनिजहरू पाइन्छन्, जुन पृथ्वीमा पानीले भरिएको, कम तापक्रम भएको वातावरणमा बन्छन्।

खोजका दुई सम्भावना छन् । पहिलो, यी खनिज र संरचनाहरू केवल भूगर्भीय प्रक्रियाहरूबाट बनेका हुन् । दोस्रो, अरबौँ वर्ष पहिले अवस्थित सूक्ष्मजीवहरूको योगदानले बनेका हुन् । सल्फरमा आधारित संकेतहरू सामान्यतया उच्च तापक्रममा बन्ने गर्छन् । तर, यहाँ उच्च तापक्रमको प्रमाण भेटिएको छैन ।

यो पक्षले सूक्ष्मजीवहरूको भूमिकालाई पूर्णरूपमा अस्वीकार गर्न भने सक्दैन । पर्सिवरेन्स रोभरले ब्राइट एन्जलको सेफायर क्यान्यनबाट एउटा कोर स्याम्पल संकलन गरेको छ । यो नमूना हाल सुरक्षित ट्युबमा राखिएको छ ।

वैज्ञानिकहरू यो नमूना भविष्यमा पृथ्वीमा ल्याएर उन्नत प्रयोगशालाहरूमा विश्लेषण गर्न चाहन्छन् । यसले कार्बन आइसोटोप, खनिज संरचना र सूक्ष्म जीवाश्मजस्ता संकेतहरूको जाँच गर्न सम्भव बनाउनेछ ।

अनुसन्धाताहरूका अनुसार यो खोज जीवनको अन्तिम प्रमाण होइन । तर, यो सम्भावित बायोसिग्नेचर हो । यो एक ठूलो खोज हुनसक्छ । यसले हामीलाई पृथ्वीमा जीवनको सुरुआत कसरी भयो र ब्रह्माण्डमा कतै अरू पनि जीवन छ कि छैन भन्ने पत्ता लगाउन सहयोग गर्नेछ ।

अरबौँ वर्ष पहिले मंगल र पृथ्वीमा समान रासायनिक प्रक्रियाहरू भइरहेका थिए । पृथ्वीमा त्यस समयमा सूक्ष्मजीवहरूले फलाम र सल्फरबाट ऊर्जा लिने गर्थे । फरक के मात्र हो भने पृथ्वीको प्लेट टेक्टोनिक्सले पुरानो चट्टानहरूको संरचना परिवर्तन ग¥यो ।

मंगलग्रहमा ती सुरक्षित छन् । अध्ययन नेचर जर्नलमा प्रकाशित गरिएको छ । मंगलग्रहलाई मानव ब स्ती विका सका लागि प्राथमितामा राखिएको छ । इलोन मस्कले स्पे स एक् स मार्फत सुझाव दिएका छन् कि २०२९ तिर पहिलो मानवयुक्त मिशन हुन सक्छ।

उनीहरूले त्यसपछि लगभग २०५० पछि मंगलग्रहमा आत्मनिर्भर बस्ती विकसित हुने अपेक्षा गरेका छन् । २०४०–५० दशकमै स्थायी आधारहरु निर्माण हुन सुरु हुने सम्भावनाको बढी चर्चा हुँदै आएको छ ।

यसैबीच यता अमेरिकी सहर कोलोराडो स्प्रिङ्समा अप्रिल २०२५ मा भएको अन्तर्राष्ट्रिय अन्तरिक्ष उद्योग सम्मेलनले अन्तरिक्ष अब युद्ध क्षेत्रको दायरामा आएको स्पष्ट पारेको छ । अमेरिका यो क्षेत्रमा एक प्रमुख शक्ति हो र चीन पनि अत्याधुनिक स्याटेलाइट (उपग्रह)सहित एक ठूलो शक्ति बन्दै छ ।

चीनले अन्तरिक्षमा स्याटेलाइट नष्ट गर्नसक्ने हतियारहरूको परीक्षण गरिरहेको छ । रूसले पनि यो क्षमता प्रदर्शन गरिसकेको छ । डा. राजी राजगोपालन अस्ट्रेलियन स्ट्रेटेजिक इन्स्टिच्युटकी वरिष्ठ शोधकर्ता र अन्तरिक्ष सुरक्षा मामिलाकी विज्ञ हुन् ।

उनका अनुसार हाल पृथ्वीको कक्षामा ११ हजार ७०० सक्रिय स्याटेलाइट छन् । यी स्याटेलाइटहरू अरबौँ मानिसहरूको दैनिक संचारका लागि महत्वपूर्ण छन् । तीमध्ये करिब ६३० स्याटेलाइट सेनाको सुरक्षा कारबाहीमा प्रयोग गरिन्छन् ।

लगभग आधा स्याटेलाइट सैन्य प्रयोजनका लागि हुन्, जसमा करिब ३०० अमेरिकाका छन् । रूस र चीनसँग पनि धेरै सैन्य स्याटेलाइट छन् । यी स्याटेलाइटहरूले सेनाको आँखा र कानको रूपमा काम गर्छन्, जसले उनीहरूको क्षमतालाई निकै बढाउँछ ।

सन् १९९० को खाडी युद्धमा स्याटेलाइटहरूको भूमिका महत्वपूर्ण थियो, जहाँ जीपीएसले सैनिकहरू, ट्यांक र बख्तरबन्द गाडीहरूलाई सही बाटो देखाउन मद्दत ग¥यो । यसलाई विश्वको पहिलो अन्तरिक्ष युद्ध पनि भनिन्छ ।

कुनै पनि देशले स्याटेलाइट प्रक्षेपण गर्नुअघि संयुक्त राष्ट्रकसंघको अन्तरिक्षसम्बन्धी संस्थालाई जानकारी दिनुपर्छ । स्याटेलाइटहरू आपसमा ठोक्किनबाट रोक्न सकियोस् भनेर यसमा स्याटेलाइटको प्रकार, प्रयोग, आयु र प्रक्षेपणस्थलको विवरण समावेश हुन्छ ।

यद्यपि, केही देशहरूले अहिले स्याटेलाइटको पूर्ण जानकारी दिन छोडेका छन् । सन् १९६२ मा अमेरिकाले अन्तरिक्षमा परमाणु बम परीक्षण गरेको थियो, जसले धेरै सञ्चार स्याटेलाइटहरूलाई क्षति पु¥याएको थियो ।

त्यसको पाँच वर्षपछि भएको बहुपक्षीय सन्धिले अन्तरिक्षमा परमाणु र रासायनिक हतियारहरूको तैनाथीमा प्रतिबन्ध लगाएको छ । अन्तरिक्षलाई सुरक्षित राख्न यो संस्थाले काम गरेको छ । तर पारम्परिक हतियारहरूको तैनाथी रोक्ने कुनै प्रावधान छैन, जुन एक ठूलो खतरा हो ।

पछिल्ला वर्षहरूमा अन्तरिक्षमा व्यावसायिक स्याटेलाइटहरूको संख्या बढेको छ । एलन मस्कको स्पेस एक्सजस्ता कम्पनीहरूका आठ हजारभन्दा बढी स्याटेलाइटहरू ब्रोडब्यान्ड इन्टरनेट र अन्य सुविधाहरूका लागि कार्यरत छन् ।

स्याटेलाइटहरूको बढ्दो संख्यासँगै देशहरूबीचको तनाव पनि बढिरहेको छ । जर्मन इन्स्टिच्युट फर इन्टरनेशनल एन्ड सेक्युरिटी अफेयर्सकी शोधकर्ता डा. जुलियन सुजका अनुसार, पृथ्वीमा हुने आक्रमण देख्न सकिन्छ ।

तर, अन्तरिक्षमा स्याटेलाइटहरूले के गरिरहेका छन् भन्ने जानकारी स्याटेलाइटबाट खिचिएका तस्बिर, रडार वा स्याटेलाइट ट्रयाकिङ डेटाबाट प्राप्त हुन्छ । अमेरिका, रूस, चीन र भारतजस्ता देशहरूसँग ठूलो संख्यामा सेनाहरू छन् ।

सबैले अन्तरिक्षमा अन्य स्याटेलाइटहरू नष्ट गर्नसक्ने हतियारहरू विकास गरिसकेका छन् । यी हतियारहरू व्यापक संहारका हतियार नभएकाले अन्तरिक्षमा तिनको परीक्षणमा प्रतिबन्ध छैन । अन्तरिक्षमा सबैभन्दा ठूलो शक्ति अमेरिका हो ।

यसले सन् २००८ मा आफ्नै स्याटेलाइट नष्ट गरेको थियो । ३७ अन्तरिक्ष विमानजस्ता योजनाहरूमा लगानी गरिरहेको छ । यसले जीपीएसको विकल्पको रूपमा लेजर प्रविधि पनि विकास गरिरहेको छ ।

सन् १९५७ मा पहिलो स्याटेलाइट छोडेर अमेरिकालाई पछि पारेको भए पनि रूस अहिले आफ्नो अन्तरिक्ष कार्यक्रममा अमेरिकाभन्दा पछि छ । युक्रेन युद्धपछि लागेका प्रतिबन्धले पनि यसको योजनालाई असर पारेको छ ।

अमेरिकाको स्याटेलाइटमाथिको निर्भरतालाई रूसले आफ्नो कमजोरी ठानेर स्याटेलाइटलक्षित हतियारहरू विकास गरिरहेको छ । सन् २०२४ मा १०० स्याटेलाइट छोड्ने लक्ष्य राखे पनि चीनले ३० मात्र पठाउन सक्यो ।

चीनले तीव्र गतिमा स्याटेलाइटलक्षित हतियारहरू विकास गरिरहेको छ । यसका स्याटेलाइटहरूमा अन्य स्याटेलाइटहरूको नजिक पुग्ने क्षमता विकसित भएको छ । अन्तरिक्षमा स्याटेलाइटहरू उच्च गतिमा घुमिरहेका हुन्छन् ।

यदि, तिनीहरू एकअर्कासँग ठोक्किए भने तिनीहरूका टुक्रा अन्तरिक्षमा फैलिन्छन् । एक सेन्टिमिटरको सानो टुक्रा पनि यदि तीव्र गतिमा घुमिरहेको छ भने त्यो ग्रेनेड जत्तिकै खतरनाक हुनसक्छ। यसले अन्तरिक्षको वातावरणलाई धेरै खतरनाक बनाउन सक्छ ।

वासिङ्टन युनिभर्सिटीको स्पेस ल एन्ड डेटा प्रोग्रामकी निर्देशक सादिया प्याकरनेनका अनुसार, अन्तरिक्ष प्रविधि केवल रकेट र अन्तरिक्ष यानमा सीमित छैन । यसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र अटोनोमस रोबोटिक्सजस्ता नयाँ प्रविधिहरू समावेश छन् ।

एआइको मद्दतले सेनाले स्याटेलाइटबाट प्राप्त डाटाको द्रूत विश्लेषण गरी कारबाही गर्ने क्षमता हासिल गर्नेछ, जसले रक्षा क्षेत्रमा नयाँ आयाम थप्नेछ । अमेरिका र चीन यो प्रविधि विकासमा अरू देशहरूभन्दा धेरै अगाडि छन् ।

डरहम युनिभर्सिटीका एस्ट्रो–पोलिटिक्सका एसोसिएट प्रोफेसर डा. ब्लेविन बोवेनका अनुसार अन्तरिक्षमा स्याटेलाइट युद्ध भएमा यसको नोक्सान र प्रभावको सही अनुमान लगाउन गाह्रो छ । जीपीएसजस्ता स्याटेलाइटहरू नष्ट भएमा, यातायात, वित्तीय सेवाहरू, मौसम पूर्वानुमान र कृषिमा गम्भीर असर पर्नेछ ।

यदि, कसैको स्याटेलाइटलाई जाम वा ह्याक गरियो भने यसको समाधान हुन सक्छ । तर, अन्तरिक्षमा सीधा आक्रमणको विकल्प सीमित छ । यस्तो अवस्थाको सामना गर्न देशहरूलाई वैकल्पिक स्याटेलाइटहरू तैनाथ गर्न वा पृथ्वीमा स्याटेलाइटबिना काम गर्नसक्ने उपकरणहरूको नेटवर्क बनाउन आवश्यक पर्नेछ ।

Tags: #अब अन्तरिक्षमा हुनेछ युद्ध ?#मंगल ग्रहमा वस्ती#मंगलग्रहमा जीवनको संकेत फेला

लोकप्रीय

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ?

बुधबार अशोज १ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

बुधबार अशोज १ , २०८२

विचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ?

बुधबार अशोज १ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

बुधबार अशोज १ , २०८२

थप समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर
ताजा समाचार

मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ?

बुधबार अशोज १ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय
आर्थिक

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

बुधबार अशोज १ , २०८२
केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)
ताजा समाचार

केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ?

बुधबार अशोज १ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.