NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
Reading Time: 1 min read
A A
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ असोज , काठमाण्डौ ।

विश्व फुटबल स्टार अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी केही महिनापछि नेपालको छिमेकमा आउँदैछन् । दक्षिणी छिमेकी भारतमा यस वर्षको अन्त्यमा उनको भ्रमण हुने भएको हो । यसै छेको पारेर उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको ७५ औं जन्मदिनमा शुभकामना दिएका छन् ।

संगै २०२२ को फिफा विश्वकप विजेता अर्जेन्टिनाको हस्ताक्षरित जर्सी पनि उपहार पठाएका छन् । यो उपहार मेस्सीले भारत भ्रमणको तयारीसँगै आएको हो । खेलकुद उद्यमी तथा मेस्सीको भारत भ्रमणका आयोजक सताद्रु दत्तले भने, ‘मेस्सीले नरेन्द्र मोदीको ७५ औं जन्मदिनका लागि हस्ताक्षरित जर्सी पठाएका छन्। उनी भारत आउँदा नरेन्द्र मोदीसँग भेटाउने प्रयास गर्नेछौँ।’

‘उनले भारतीय प्रशंसकहरूका लागि शुभकामना दिएका छन्। पहिलो पटक नयाँ दिल्ली र मुम्बई आएर प्रशंसकहरूलाई भेट्न उत्साहित छन्,’ दत्तले भने । हिन्दुस्तान टाइम्सका अनुसार मेस्सी डिसेम्बर १३ मा भारत आउनेछन् । उनले कोलकाताबाट भ्रमण सुरु गर्ने जनाइएको छ ।

त्यसपछि उनी मुम्बई हुँदै डिसेम्बर १५ मा नयाँ दिल्लीमा तीनदिने भ्रमण समाप्त गर्नेछन्, जहाँ मोदीसँग भेट हुन सक्छ । उनले कोलकाताको साल्ट लेक स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम र दिल्लीको अरुण जेटली स्टेडियममा कार्यक्रम गर्ने जनाइएको छ ।

यो एक दशकपछि मेस्सीको पहिलो भारत भ्रमण हुनेछ। सन् २०११ मा उनले कोलकातामा भेनेजुएलाविरुद्ध फिफा मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको कप्तानी गरेका थिए । यसैबिच अर्जेन्टिना फुटबल संघले नोभेम्बरमा केरलामा मैत्रीपूर्ण खेल आयोजना गर्ने योजना बनाइरहेको छ ।

केरलाका खेलकुद मन्त्री वी. अब्दुरहिमानले अखिल भारतीय फुटबल महासंघसँग छलफल भइरहेको बताए । यदि मेस्सीले भाग लिए भने दुई महिनामा उनको दुईपटक भारत भ्रमण हुन सक्छ, जसले भारतीय प्रशंसकहरूलाई विश्वकप विजेता कप्तानलाई प्रत्यक्ष हेर्ने अवसर दिनेछ ।

यस्तै भारतीय मैदानमा मेस्सीले फुटबल सुज खोलेर क्रिकेट स्पाइक लगाउन सक्छन् । फुटबल र क्रिकेट दुवैका खेलका समर्थकका लागि यो क्षण रोमाञ्चक हुने अपेक्षा गरिएको छ । मेस्सीको सम्मानमा भारतका महान् क्रिकेटर सचिन तेल्दुलकर, महेन्द्रसिंह धोनी, विराट कोहली, रोहित शर्माजस्ता दिग्गजले ‘गोट कप’ खेल्नेछन् ।

भारतमा बनाइएको मेस्सीको ठूलो सालिकको अनावरण त्यही बेला गरिनेछ । उनले आफू जाने प्रत्येक शहरमा भारतीय बालबालिकाका लागि मास्टर क्लास लिनेछन् । यो रमाइलो प्रदर्शनी खेलमा विश्व फुटबलका महान् खेलाडीलाई भारतका दिग्गज र नयाँ क्रिकेटहरूसँग एउटै मैदानमा देख्न पाइनेछ, जुन भारतीय खेलप्रेमीका लागि ऐतिहासिक क्षण बन्न सक्छ ।

तर, अहिलेसम्म आधिकारिक तालिका सार्वजनिक गरिएको छैन । सबै तयारी पूरा भएपछि मात्र तालिका सार्वजनिक हुने जनाइएको छ । दुई दशकयता लियोनल मेस्सीसँग प्रतिस्पर्धीका रूपमा जोडिएर आउने पोर्चुगिज टाइगर क्रिस्टियानो रोनाल्डोलाई उनका समर्थकहरू संघर्षबाट उदाएको महानायक मान्छन् ।

यता, मेस्सीलाई उनका फ्यान्सले प्राकृतिक जादुगर भन्ने गरेका छन् । नेपालमा पनि दुई खेलाडीका थुप्रै समर्थक छन् । भारतमा अहिले एउटै मञ्चमा देखिन लागेका क्रिकेटका दिग्गज सचिन तेन्दुलकर मेस्सीका प्रशंसक हुन् भने विश्वचर्चित खेलाडी विराट कोहली रोनाल्डोका फ्यान हुन् ।

यसैगरी भारतका क्रिकेट लिजेन्ड युवराज सिंहका पनि बेस्ट प्लेयर क्रिस्टियानो रोनाल्डो हुन् । महेन्द्रसिंह धोनी भने लियोनल मेस्सीको खेललाई उत्कृष्ट मान्छन् । मेस्सी भारत आउन लाग्नुको प्रमुख उद्देश्य भने प्रमोसनल टुर नै हो । यो भ्रमण व्यावसायिक र ब्रान्ड प्रवद्र्धनसँग सम्बन्धित हुन सक्छ ।

उनी विश्वभर विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै; एडिडास, पेप्सी, हार्ड रक क्याफेलगायत प्रतिष्ठित ब्रान्डका ग्लोबल एम्बासडर हुन् । भारतजस्तो ठूलो बजारमा यी ब्रान्डहरूलाई अझ मजबुत बनाउने उद्देश्यले मेस्सीलाई ल्याउन लागिएको हुन सक्छ ।

भारतीय सेलेब्रिटीहरू सहभागी कार्यक्रम जस्तै ’एक्जिबिसन म्याच’मा विशेष पाहुना खेलाडीका रूपमा मेस्सी सहभागी हुनेछन् । मुम्बईको वानखेडे स्टेडियम १३ डिसेम्बरका लागि बुक गर्ने तयारी त्यसैसँग जोडिएको छ । यद्यपि, उनी ब्रान्ड प्रमोसनकै लागि भारत आउन लागेको भनेर आधिकारिक पुष्टि भइसकेको छैन ।

Tags: #मोदीलाई मेस्सीको उपहार#लियोनेल मेस्सी#विश्व फुटबल स्टार अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.